Author: Transparentgroup
काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन् । यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१र८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष सदस्य एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र…
वासिङ्टन डिसी । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ । यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९स्४५ बजेदेखि लागू भएको हो । पहिले भन्सार दर २५ प्रतिशत थियो । अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ। सूचनामा भनिएको छ, ‘अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगको लागि आइपुगेका वा गोदामबाट हटाइएका कुनै पनि भारतीय सामानहरूमा यो बढेको शुल्क लाग्नेछ।’ भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको कारण ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएको छ। यता, भारतले ट्रम्पको यो निर्णयलाई ुअनुचित, अनुचित र तर्कहीनु भनेको थियो। अमेरिकी…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताउनु भएको छ । साथै उहाँले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न…
दार्चुला । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको बैठक दार्चुलामा सम्पन्न भएको छ । सीमा सुरक्षा सम्बन्धी १० औँ डीआईजी स्तरीय बैठक सम्पन्न भएको हो । बैठकमा सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलका अधिकारीहरूको बिचमा सीमा स्तम्भको अभिलेखीकरण गर्ने र मर्मतमा सहकार्य गर्ने सहमति भएको छ । सोमबार सम्पन्न बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–७ वैद्यनाथ बाहिनीका डीआईजी प्रदीपकुमार पाल र भारत अल्मोडा सेक्टर मुख्यालयका डीआईजी सुधांशु नौटियाल, सेक्टर मुख्यालयका डीआईजी अनिलकुमार शर्मा लगायत उपस्थित थिए । बैठकमा दुई देशको सीमा सुरक्षाबारे छलफल भएको वैद्यनाथ बाहिनीका बाहिनीपति डीआईजी प्रदिप कुमार पालले बताए । उनले भने, ‘यो नियमित बैठक हो ।’ बैठकमा…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन सो आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले…
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज उम्मेदवारी दर्ताको तालिका थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो । निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् । राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ । न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापति…
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वतस् स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ । मगंलबार विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्डरजरिवाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । ‘इस्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनमा क्रमशस् जोड्दै लैजाने निर्णय भएको तर, मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने…
काठमाडौं । कवाड व्यवसायीहरु आज दोस्रो दिनपनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरले ज्यादती गरेको भन्दै उनीहरु वारपारको लडाईंमा उत्रिएको बताईन्छ । हिजोबाट सुरु भएको आन्दोलन अब नरोकिने कवाड व्यवसायी समाज नेपालका अध्यक्ष राम केवल गुप्ताले चेतावनी दिएका छन् । उनीहरु संधिवानले दिएको पेशा तथा व्यवसाय गर्न पाउने हकअधिकारको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् । कवाड व्यवसायी, संकलक र मजदुरहरुमाथि भइरहेका कुटपिट, अपहरण, ज्यादत र भौतिक संरचना भत्काउने कार्यहरुका तत्काल रोक्नुपर्नेपनि माग गरेका छन् । उनीहरुले आफूहरुमाथि ज्यादती गर्ने काठमाडौं महानगरका प्रहरीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । आन्दोलनमा उत्रिएकाहरुले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध नाराबाजी गरेका छन्…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोष अध्यक्ष बद्री पाण्डेले हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर परिसर अवलोकन गरेका छन् । मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाए । उनले दर्शनका लागि भक्तजनलाई सहज वातावरण मिलाउन कोषले गरेको प्रयासप्रति सन्तोष व्यक्त गरे । मन्दिर दर्शन गर्न आउने जो कोहीलाई पनि छिटोछरितो तथा व्यवस्थित रूपमा दर्शन गर्न पाउने वातावरण कायम गर्न कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिए । पशुपति मन्दिर पुगेका भक्तजनको सहज पूजाअर्चना सुनिश्चित गर्न विशेष ध्यान दिएका मन्त्री पाण्डेले शान्ति–सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूसँग समेत प्रत्यक्ष जानकारी लिए । यस वर्ष विगतका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क