Author: Transparentgroup

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले अहिलेको सरकार दुईभन्दा बढी दलको सहमतिमा बनेको हुँदा सहयात्री सबै दललाई समेटेर अघि बढ्न जरुरी रहेको आवश्यकत्ता औंल्याएका छन् । तर, तत्काल सरकार परिवर्तन नहुने थापाको भनाई छ । सर्लाहीमा हुने कार्यक्रममा सहभागी हुन आज जनकपुर विमानस्थल ओर्लिएका थापाले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । पार्टीको १५औं महाधिवेशनको मिति दशैंलगत्तै टुँगो लाग्नेपनि थापाले स्पष्ट पारे । उनले नयाँ क्रियाशील सदस्यता वितरण र पार्टी विधान संशोधनको कामसमेत आगामी महाधिवेशनअन्तर्गत हुने बताए । उनले १५औं महाधिवेशनमा आफ्नो दाबी कुन पदमा रहने भन्ने कुरा अहिले नभन्ने पनि…

Read More

पोखरा  । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए । आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ । “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको…

Read More

विराटनगर । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानसम्मत रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने अन्तर्राष्ट्रिय अभ्याससमेत रहेको बताएका हुन् । संविधान, ऐन, कानुन कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन हुँदैन नभनेको उनले बताए । राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने प्रचण्डले बताए । माओवादीले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई पार्टीमा फर्काएपछि पूर्व राष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खुला भएको उनले बताए…

Read More

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् । एमाले काठमाडौं जिल्लाका अगुवा नेताहरुसँग बालुवाटार भेटमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा दुवै देशका नेतासँग बलियो कुरा राख्ने बताएको भेटमा सहभागी एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए । काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर केही निर्देशनात्मक प्रशिक्षण दिएका छन् । नेताहरूले प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणका क्रममा लिपुलेकका…

Read More

बिराटनगर । कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३ गते संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार भएको बैठकले उक्त निर्णय गरेको हो। साथै, बैठकले त्यसनिम्ति ५०१ सदस्यीय मूल समारोह समिति पनि गठन गरेको छ। समितिमा स्थानीय तहका सबै निकायको प्रतिनिधित्व छ। दिवसलाई उत्सवका रूपमा मनाउन वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनीलगायत कार्यक्रम आयोजना हुने जनाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा यो दिवस मनाइने छ।

Read More

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान एक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।नवदुर्गा गाउँपालिका(५, चौडस्थित कच्ची सडकबाट जिप खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ठाडाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको जिप बिहान सवा ९ बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेको थियो। घाइते ६ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, डडेल्धुरा पठाइएको छ। मृतक चारै जनाको शव पनि घटनास्थलबाट निकालेर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन र भारत भ्रमणमा ती दुई देशबिच लिपुलेक सम्बन्धमा भएको सहमतिको विषय उठाइने बताउनुभएको छ । भदौ ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता गुरुङले चीन र भारत दुई देशले नेपालको सहमतिविपरीत लिपुलेक प्रयोग गर्ने सहमति गरेको प्रस्ट पार्नुभयो । मन्त्री गुरुङले लिपुलेक सहमतिको विषयमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मात्रै नभएर चीन सरकार प्रमुख र राष्ट्रप्रमुखसमक्ष आफ्ना कुरा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका प्रधानमन्त्री चीन र भारत जान लागेकाले उक्त विषयमा आफ्नो कुरा राख्नुहुन्छ । उक्त विषय यस्ता…

Read More

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ। सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबिच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ बलियो बनाउन जोड दिए। उनले कृषि, श्रम, रोजगार, स्वास्थ्य लगायत क्षेत्रमा इजरायलसँग सहकार्य भइरहेको बताउँदै नेपाली मुख्य रूपमा कृषि र ‘केयर गिभर’ ( हेरचाहकर्ता )  का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे। नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। इजरायलको…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय सचिवालय बैठक बुधबार पार्टी कार्यालय, वनस्थलीमा सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टी संगठनको सुदृढीकरण, विभागहरूको क्रियाशीलता र प्रदेश इन्चार्जहरूको कार्यसम्पादनसहित चार प्रमुख कार्यसूचीमा विस्तृत छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। पार्टीका आन्तरिक संरचनालाई थप मजबुत बनाउने र जनस्तरमा पार्टीको पहुँच विस्तार गर्ने उद्देश्यमा बैठक केन्द्रित रहेको थियो। छलफलमा हस्ताक्षर अभियान, आगामी पार्टी प्रशिक्षण कार्यक्रमहरू र समग्र संगठन सम्बन्धी गतिविधिहरूको जानकारी र भावी योजनाबारे समीक्षा गरिएको थियो। बैठकको दोस्रो महत्त्वपूर्ण एजेन्डाका रूपमा केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभाग लगायतका…

Read More