Author: Transparentgroup

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती र संवैधानिक परिषद् विधेयक पारित गर्ने संसद्को तालिका तय गरिएको जानकारी दिए । उनका अनुसार, शुक्रबार प्रतिनिधि सभाले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्नेछ । शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलमा यसबारे जानकारी गराइएको हो। प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ‌ओली भदौ १४ गते चीन भ्रमणमा गएर भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ। सभामुखले राखेको छलफलपछि नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डे शुक्रबार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए। साथै शुक्रबार पछि भदौ १८ गते र २५,२६ र २७ गते प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।

Read More

काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूले शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टिसहित ५ माग राख्दै संयुक्त आन्दोलनलाई जारी राखेका छन् । संयुक्त विज्ञप्तिमा भोलिदेखि १८ गतेसम्मलाई चरणबद्ध आन्दोलन घोषणा गरिएको छ । जसमा देशभरका विद्यालयमा आन्तरिक छलफल र अभिभावकसँग परामर्श, निजी विद्यालय आंशिक बन्ददेखि त्यसपछि पनि माग सम्बोधन नभए १८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्दका कार्यक्रम राखिएको छ ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० को जनतासँग माओवादी अभियान पूनः सुरु हुने भएको छ । यही भदौ २१ गतेदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु हुने भएको हो । यो अभियान अब लमजुङबाट सुरु हुने भएको छ । अभियानमा सहभागी हुने नेताहरुको पनि टुँगो लगाईएको छ । पार्टीले जारी गरेको सर्कुलरमा अभियानमा महासचिवसम्मका नेतालाई मात्रै सहभागी गराईने भएको छ । उक्त अभियानमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु र महासचिव देवप्रसाद गुरुङमात्रै नेताको रुपमा सहभागी हुनेछन् । यसअघि पनि अभियानमा महासचिवसम्मका नेतालाई मात्रै सहभागी गराईएको थियो । कतिपयले यस्तो निर्णय लिनुमा उपमहासचिव जनार्दन शर्मालाई अभियानमा सहभागी हुनबाट…

Read More

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्र उपभोक्तालाई दिइने बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’ सम्बन्धी आज यहाँ अन्तरक्रिया कार्यक्रममा उनले जनस्वास्थ्यलाई प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिइने बताएका हुन्। मन्त्री भण्डारीले भने, ‘मुलुकभित्र अन्तर्राष्ट्रियस्तरको मापदण्डसहितका उद्योग, कलकारखाना स्थापना गर्नेछौँ। यसले नेपालको उद्योगको विकास, नागरिकको जीवनस्तरमा सुधारमा दीर्घकालीन महत्त्व राख्ने छ।’ उनले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेकाले नेपाल व्यापार प्राथमिकता कार्यक्रम ९एनटिपिपी० मार्फत ७७ वस्तुका लागि…

Read More

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै सो अल्टिमेटम दिएको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताए । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन,…

Read More

सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिएका छन् । मादी माध्यमिक विद्यालय सङ्खुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए । उनले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान÷अन्वेषण लक्षित बनाउन पाठ्यक्रम, सिकाइ पद्दति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताए । “गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतःउद्यमशीलतासँग जोड्नुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत…

Read More

काठमाडौं । रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ । बुधबार आफूविरुद्ध उजुरी परेपछि पाण्डे छलफलका लागि भोटाहिटीस्थित साइबर ब्युरो पुगेका थिए । प्रहरीले उनलाई अदालतमा पेस गन ढिला भएको भन्दै एक रात राखेको थियो । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पाण्डेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको थियो । अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश…

Read More

काठमाण्डौं । सरकारले विगतमा गरेका सहमतिहरूलाई पूर्णतः बेवास्ता गर्दै विद्यालय शिक्षा विधेयक–२०८० अघि बढाएको आरोप लगाउँदै नेपाल शिक्षक महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। आफ्ना मागहरू सम्बोधनका लागि राजनीतिक दबाब सिर्जना गर्ने उद्देश्यले महासङ्घले बिहीबार नेकपा ९एमाले० कार्यालयमा दुई घण्टा धर्ना दियो। शिक्षकहरूको एक हुल टोली पार्टी कार्यालय च्यासल पुगेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय घेराउ गरेका थिए। यसअघि बुधबार प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पनि महासङ्घले दुई घण्टा धर्ना दिएको थियो। सरकारसँग भएका सहमति र संसदीय समितिबाट पारित विधेयकको व्यवस्थामा ठूलो अन्तर देखिएपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको महासङ्घको भनाइ छ। भदौ १३ गते नेकपा…

Read More

काठमाण्डौं । अब युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ। सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो। सरकारले नयाँ युवा नीति जारी गरेको हो। राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिने, भनेर उल्लेख छ। विसं २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मको जनसङ्ख्या ४२।५६ प्रतिशत थियो। परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति…

Read More