Author: Transparentgroup
पोखरा । आम जनता पार्टी ९आजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भदौ २३ गतेको जेनजी आन्दोलनमा युवाहरुमाथि गोली बर्साएर हत्या गर्ने हत्याराहरूलाई अहिलेसम्म कारबाही नगरिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै साहले जिम्मेवारी पूरा नगर्ने हो भने मार्गप्रस्त गर्नुपर्ने बताएका हुन् । आज ९बुधवार ० पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले एक साताभित्र जेनजी आन्दोलनमा दमन गर्नेहरु र युवाहरुको हत्यामा संलग्न अपराधीलाई कारबाही नगरे काठमाडौंबाहिर निस्किन नदिने चेतावनी दिएका हुन् । उनले भने,‘जेन–जी हत्याराहरूलाई एक साताभित्र बयान नलिए र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौंबाट बाहिर निस्कन दिनुहुँदैन् । यी…
काठमाडौँ, २६ कात्तिक । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूरा गर्नुपर्ने बताएका छन् । आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र समृद्धिको ढोका उघार्ने जिम्मेवारी यसै पार्टीको भएको बताए । “नेपालमा अपार सम्पदा छन्, त्यसमा नेपालीको हकअधिकार स्थापित गर्दै समृद्धिको रेखा कोर्नुपर्छ”, प्रस्तावक रावलले भने, “देशको रक्षा, जनताको सुरक्षा पहिलो कर्तव्य हुनुपर्छ, यस पार्टीले राष्ट्रिय सुरक्षा नीति ल्याउनुपर्छ, यसबाट हाम्रो सीमानाको रक्षा गर्नुपर्छ । सरकारी र निजी सम्पत्ति अब जल्ने छैन भन्ने विश्वास…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका नेता डा। भीमबहादुर रावलले केपी ओलीकै कारण तत्कालिन नेकपा फुटेको दाबी गरेका छन् । आज ९बुधबार० प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हिजो हामीले कम्युनिस्ट पार्टी त बनाएकै थियौ। केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, मलाई पनि लागेको थियो, अब देश समृद्धितिर जानेछ। हेर्नुस् त दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधिसभा विघटन पो गरेछन्। सर्वोच्चले संविधानविरीत भन्यो, मैले सुनेको त्यतिबेला प्रधान्यायाधीश उहाँकै निकट नै हुनुहुन्थ्यो रे।’ ओलीको बारेमा आलोचना गरेका रावलले नेकपालाई ओलीले नै धाराशयी बनाएको दाबी गरे…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरुले चुनाव जित्नको लागि तत्काल एकता नगरेको दाबी गरेका छन् । भीम रावल र प्रमोद नारायण यादवलाई नेकपामा स्वागत गर्दै दाहालले यस्तो बताएका हुन् । उनले मुलुक यतिवेला असाध्यै ठूलो संकटमा परेको स्मरण गराए । उनले भने,‘हाम्रो देश इतिहासमा यति संकटमा देश सायदै परेको थियो, मैले भन्ने गरेको छु, सुगौली सन्धियताको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । यो एकता कुनै ट्याक्टिल होईन, यो तत्काल गरिहालौं न चुनाव जित्नको लागि भनेर गरिएको एकतापनि होईन । त्यसरी नबुझियोस । यो एकता राष्ट्र बचाउनुपर्ने आवश्यकता आईपर्यो, राष्ट्र बचाउनैपर्ने ऐतिहासिक वस्तुगत कारणले…
सिन्धुपाल्चोक । एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने भएको छ। आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो । कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए । वार्तामा शहरी विकास, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङ स्वयम् उपस्थित थिए । उनको संयोजनमा भएको वार्तामा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, सडक विभागका प्रतिनिधिहरू र स्थानीय पीडितहरूबीच सहमति जुटेको हो । सहमति अनुसार, २०७८ असारमा आएको विनाशकारी बाढीले क्षति पु¥याएका…
काठमाण्डौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यमा देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न दर्ता स्थलहरूमा सेवा प्रवाहको समय बढाएको छ। फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई मात्र नामावलीमा सहभागी हुन अपिल गर्दै आयोगले काठमाडौं उपत्यका लगायतका बढी चाप भएका जिल्लामा दुई सिफ्टमा काम गर्ने र थप कर्मचारी खटाउने व्यवस्था मिलाएको हो। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार, दैनिक ८०० भन्दा बढीले नाम दर्ता गराइरहेका जिल्लाहरूमा अब ६(६ घण्टाको दुई सिफ्टमा गरी दैनिक १२ घण्टा सेवा सञ्चालन गरिनेछ। यसले सेवाग्राहीलाई सहज रूपमा नाम दर्ता गराउन मद्दत पुग्ने आयोगको…
काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । गत आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको थियो । यसका लागि आज दिउसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध सांसदहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् । यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय…
काठमाण्डौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको आधिकारिक वर्गीकरण प्रक्रिया सुरु गरेको छ। गृह मन्त्रालयले मंगलबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो। गृह मन्त्रालयको राहत तथा सध्या व्यवस्थापन शाखाले जारी गरेको परिपत्र अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेन(जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्न निर्देशन दिइएको हो। परिपत्रमा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समिति गठन गरी सात दिनको सार्वजनिक सूचना जारी गरेर घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरणको काम तत्काल सम्पन्न गर्न भनिएको छ। शाखा अधिकृत भुवन राज पाण्डेयद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘कार्यविधिअनुसार गठन हुने…
काठमाण्डौं । मधेस प्रवेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार कार्यभार सम्हालेका छन्। मुख्यमन्त्री कार्यालयभित्र उनले कार्यभार सम्हाल्दै गर्दा बाहिर भने प्रदर्शन भएको छ । यादवले पदभार ग्रहण गरिरहँदा बाहिर भने नेकपा ( एमाले ) बाहेकका सात दलका नेताकार्यकताएले नाराबाजीसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो भने प्रहरीले लाठीचार्ज गरेको थियो। प्रदर्शनका कारण मधेस प्रदेश भवन क्षेत्र अहिले तनावपूर्ण बनेको छ । मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिदहरूलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । मुलुकमा सङ्घीयता ल्याउन उनीहरुको अतुलनीय योगदान रहेको बताउँदै मुख्यमन्त्री यादवले शहीदका परिवारलाई मधेसमा आर्थिक सहयोग दिइएको भएपनि मधेसका शहीदहरूलाई…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क