Author: Transparentgroup
काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा आज धर्ना दिएका छन। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ । शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय र आज माओवादीको कार्यालयमा धर्ना बसेका हुन् । महासंघका अनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । महासंघकी सहअध्यक्ष तथा आन्दोलन…
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो । यो मूल्य हालसम्मकै उच्च हो । सुनको मुल्य तोलामा १२ सयले बढेको छ भने चाँदी ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको छ । चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । हिजो एक तोला सुन एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने चाँदी रु दुई हजार ३५० मा कारोबार भएको थियो ।
काठमाडौँ । विभिन्न सात राजनीतिक दलले विदेशी हस्तक्षेप र साम्राज्यवाद विरुद्ध संयुक्त आन्दोलनमा आउन अपिल गरेका छन् । सन् १८१६ मा भएको सुगौली सन्धि हुँदै एमसीसी सम्झौतासम्म आइपुग्दा नेपालका शासकहरूको प्रत्यक्ष र परोक्ष सहभागिता रहेको भन्दै उनीहरूले विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन् । यस्तै भदौ ३ गते नेपाललाई कुनै जानकारी नदिई भारत र चीनले लिपुलेक मार्गबाट हुने सीमा पार व्यापार सम्झौता खारेज गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी, नेपाल, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी०, नेकपा ९विद्रोही०, नयाँ जनवादी मोर्चा नेपालले शुक्रबार संयुक्त विरोध कार्यक्रम गर्दैछ ।…
काठमाडौं । प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई बहिष्कार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज १ बजेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय समितिको माग गर्दै आन्दोलनरत रास्वपा र राप्रपाले आज पनि आफ्नो विरोध जारी राख्ने भएको हो । रास्वपाका प्रवक्ता मनिष झाले अफूहरुको आन्दोलन जारी रहने बताए । ‘हाम्रो आन्दोलन निरन्तर छ, आज पनि रहन्छ । हामी प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं ।’ त्यस्तै, राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरिने बताए । प्रधानमन्त्री ओलीले…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहिबारबाट देशभरका गाउँपालिका र नगरपालिका ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ विहिन बनाइएको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सुशासनलाई सुदृढ बनाउन र स्थानीय तहलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताइन्। “सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यही क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु,” मन्त्री न्यौपानेले लेखेकी छन्। उनका अनुसार उनले मन्त्रालयको नेतृत्व सम्हाल्दा ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए। “आजदेखि सबै गाउँपालिका र नगरपालिका…
काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ । बिहीबार बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकपछि सम्भावित कार्यसूची सार्वजनिक भएको हो । जसअनुसार शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । छलफलमा सांसदहरूले उठाएका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले जवाफ दिनेछन् । त्यसपछि मन्त्री अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, लाई पारित गरियोस् भन्ने…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् । चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्ने स्रोतले जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने…
काठमाण्डौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बैठक बस्ने छ। आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्था समितिको प्रतिवेदन पेस गर्ने छन्। राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्षा टेबुल गर्ने छन् भने संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ लाइ दफावार छलफलका लागि विधायन…
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् । पत्रकारलाई २४० दिनको मात्र बसाइमा सीमित गरिनेछ, यद्यपि उनीहरूले थप २४० दिनको समयावधि बढाउन आवेदन दिन सक्नेछन् । यद्यपि, चिनियाँ पत्रकारहरूले केवल ९० दिनको भिसा मात्र पाउनेछन्। संयुक्त राज्य अमेरिकाले अहिलेसम्म सामान्यतया विद्यार्थीको शैक्षिक कार्यक्रम वा पत्रकारको कामको अवधिको लागि भिसा जारी गर्दै आएको छ, यद्यपि कुनै पनि गैर–आप्रवासी भिसा १० वर्षभन्दा बढीको लागि मान्य हुँदैन। प्रस्तावित परिवर्तनहरू फेडरल…
काठमाडौँ । नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा ९कोलेरा० को प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर, इनारमा ढलको पानी मिसावट भएर, पानीका पाइप फुट्न गई हैजाको भाइरस मिसिएर, भिब्रियो कोलेरा भएको तरकारी नपखाली खाँदा हैजा महामारीका रूपमा फैलने गरेको छ । गत वर्ष ललितपुरको पुनस्र्थापना केन्द्रमा हैजाले महामारीको रूप लिएको थियो । काठमाडौँमा पनि हैजाका कारण धेरै मानिस प्रभावित भएका थिए । बर्खाको पानी मिसावट भएर हैजा फैलिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चन्द्रभाल झाले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू हुन नसक्ने बताउनुभयो । ढलको पानी पिउने, पानी नतताई पिउने, सागसब्जी नपखाली खाएका कारण…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क