Author: Transparentgroup
थाइल्याण्ड । थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा तानिएकी सिनावात्राले नैतिकताको उल्लंघन गरेको भन्दै शुक्रबार पदमुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।हुन सेन कम्बोडियाका प्रभावशाली नेता हुन्। सेनसँगको फोन कलमा सिनावात्राले ‘अंकल’ भनेर सम्बोधन गरेकी थिइन्। थाइल्याण्डको इतिहासमा कम उमेरमै प्रधानमन्त्री बनेकी सिनावात्रा करिब एक वर्ष प्रधानमन्त्री भइन्। फोनवार्ताको अडिओ बाहिरिएपछि संवैधानिक अदालतले नै जुलाइ १ मा उनलाई निलम्बन गरेको थियो। उनीहरूबीच सीमा विवादबारे कुराकानी भएको थियो। तर फोन कलमा हुन सेनलाई ‘अंकल’ भनेर थाइल्याण्डको नीति विपरित काम गरेको आरोप लागेको थियो। फोन कलमा सिनावात्राले थाइल्याण्डकै सैनिक…
काठमाण्डौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ ( एफएटिएफ ) को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिंदै अर्थमन्त्री पौडेलले ‘ग्रे लिस्ट’मा पर्नु मुलुकका लागि आर्थिक, वित्तीय र कूटनीतिक दृष्टिले हानिकारक भएको स्वीकार गर्दै तत्काल सुधारात्मक कार्ययोजना बनाएर कार्यान्वयनमा लगिएको बताएका हुन्। ‘कुनै पनि कारणले मुलुक ग्रे लिस्टमा पर्नु आर्थिक, वित्तीय एवं प्रतिष्ठाको दृष्टिकोणले उचित होइन। सरकार यो विषयमा स्पष्ट छ र यथासक्य छिटो त्यसबाट बाहिर निस्कन सुधारात्मक कार्ययोजना बनाएर २०८२ सालदेखि लागू गरिसकेको छ,’ उनले भने। अर्थमन्त्री पौडेलका अनुसार…
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै यो विवादको समाधानका लागि गम्भीर भएर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । छिमेकी देश चीन र भारततर्फ निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको औपचारिक भ्रमणका क्रममा सीमा विवादको विषयलाई त्रिपक्षीय सहमतिबाट टुङ्ग्याउने गरी पहल थाल्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । त्यस्तै, नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी मुलुकको सार्वभौमिकता र अखण्डतासँग जोडिएको विषय भएकाले यसमा राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक बोलाएर सुझाव लिनुपर्ने धारणा राख्दै उनीहरूले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्दा देवनागरिक लिपि उल्लेख गर्न सरकारको ध्यानाकर्षण गरे…
काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी०का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाललाई जानकारी नै नदिइ चीन र भारतबीच लिपुलेक, लिम्पियाधुरा र कालापानीका सन्दर्भमा भएको सहमतिबारे प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा स्पष्ट धारणा राख्न आग्रह गरे ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सुगौली सन्धीदेखि नै कायम भएको नेपालको भूमिको जग्गाधनी प्रमाणपत्रसमेत रहेको र अमेरिकी तथा बेलायतको पुस्तकालयमा रहेको नक्साबाट पनि त्यो प्रमाणित हुने स्पष्ट पारे । सांसद पाण्डेले भू–भागका हिसाबले देश सानो तथा ठूलो हुनसक्ने भए पनि सार्वभौमसत्ताका सन्दर्भमा कुनै पनि सम्झौता हुन नसक्ने धारणा राखे । उनले राष्ट्रिय सहमतिका साथ नेपालको भूमि फिर्ता गराउन सरकारले विशेष पहल गरोस् भन्ने कामना गरे । जनता समाजवादी…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) का सांसद तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले उखु किसानलाई अनुदान रकम सरकारले आजसम्म भुक्तानी नगरेकोमा आक्रोश पोखेका छन् । उनले वर्तमान सरकार उखु किसानका मागप्रति गम्भीर नबनेको पनि आरोप लगाए । आज ९शुक्रबार० को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद बस्नेतले उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेकोमा असन्तुष्टि पोखेका हुन् । उनले वर्तमान सरकारलाई किसानविरोधी सरकारको संज्ञा दिए । उनले भने,‘आत्मनिर्भर अर्थतन्त्र, गरिबी निवारण र सामाजिक न्यायका एजेण्डा आजका राष्ट्रिय महत्वको आवश्यकता हुन् । विडम्बना, गतवर्ष उखु किसानले भुक्तानी…
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले सो विधेयक टेबुल गरेका हुन् । यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ । उपसभामुख इन्दिरा रानामगरले राखेको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो । यसअघि सो समितिको सभापति रहेकी ईश्वरी न्यौपानेले राजीनामा दिइ राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएकी छन् । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले राजीनामा दिएका थिए ।
काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सार्वजनिक बिदा दिनेमा नेपाल संसारमै पहिलो देश भएको भएको भनेर सरकारलाई कटाक्ष गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले सार्वजनिक बिदा कम गर्न पनि सरकारलाई आग्रह गरेका छन् । ‘आज एउटा खुसीको कुरा पनि भएको छ सभामुख महोदय । नेपाल सार्वजनिक बिदा दिनेमा संसारमै पहिलो नम्बरमा परेछ’ रामहरिले ब्यङ्ग्य गरे। उनका अनुसार संसारमा रहेका देशहरूमध्ये सबैभन्दा धेरै सार्वजनिक बिदा दिने दोस्रो देश इरान हो। तेस्रोमा म्यानमार, चौथोमा श्रीलंका, पाचौंमा बंगलादेश, छैठौंमा कम्बोडिया, सातौंमा भारत, आठौंमा चिली, नवौंमा म्यानमार रहेको उनले बताए। यसपछाडि मलेसिया हुँदै इस्ट इमोर १५ औं नम्बरमा रहेको बताए।…
काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको हो । उक्त स्थानमा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे भन्ने राजीव गुरुङ निर्वाचित भएका थिए । तर,उनीविरुद्ध मुद्दा परेपछि उनको पद गएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । आयोगले सोही दिन रिक्त रुपन्देही क्षेत्र नम्बर ३ मा पनि उपनिर्वाचन गर्दै छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गरिरहेका छन् । चीन भ्रमणको पूर्वसन्ध्यामा उनले संसदमा मन्तव्य राखेका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार प्रस्थान गर्ने कार्यक्रम छ । साङघाई सहयोग संगठन ( एससीओ ) शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । चीनपछि भारत भ्रमणमा जाने तालिका रहेको छ । आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक(कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री अोलीले राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास लिएर लिपुलेक मामिलामा सी र मोदीसँग…
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो बरियतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक बनाउने निर्णय गरेको हो । वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि खापुङलाई नयाँ आईजीपी नियुक्त गरिएको हो । नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शनिबार) छिमेकी राष्ट्र चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमणमा जानुपर्ने भएकाले केही दिनअघि नै नयाँ आईजीपी नियुक्त गरिएको हो ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क