Author: Transparentgroup
काठमाण्डौं । सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको छ।
कैलाली । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ। हिजो ९शनिबार० साँझ गौराघरमा भित्र्याएको गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला अर्थात् आँगनमा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए। व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा अर्थात् विभिन्न पाँच थरिका अन्नले गौरादेवीको पूजा गर्ने गरेका छन्। हिजो गौरादेवीमा चढाएको दुबधागो पनि आजै महिलाहरूले धारण गर्ने गर्छन्। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्। गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लैजाने गरिन्छ। सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने प्रचलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग व्रतालु महिलाले फागमार्फत…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । गौरापर्व, २०८२ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी परिवार तथा समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न सहयोग गर्ने उल्लेख गरे । उनले गौरापर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मुलतः पश्चिमी क्षेत्रमा विशेष…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन् । गौरापर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विशेषगरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइने यस पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छाड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको उल्लेख गरे । देवी गौरी ९गौरा० र भगवान् शिव ९महेश्वर० को पूजा गरी मनाइने यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्दछ । विविध सांस्कृतिक र धार्मिक परम्पराले भरिएको हाम्रो नेपाली समाजमा गर्व गर्न लायक थुप्रै मौलिक रीतिरिवाज र परम्पराहरू रहेका छन्…
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याउनुभएको छ । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याउनुभएको हो । यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उहाँ धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौँमै गौरा भित्र्याउनु भएको हो । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ । उहाँले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ठ सांस्कृतिक गौरव भएको र आफू प्रत्येक वर्ष निष्ठापूर्वक ब्रत बसी गौरा पूजा गर्ने गरेको…
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताएका हुन् । भेटवार्तामा दुई राष्ट्रबिचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको र द्विपक्षीय सहयोग बढाउन सहमति भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा आमन्त्रित गरेकोमा राष्ट्रपति सीलाई धन्यवाद समेत दिएका छन् । प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुगेका थिए । उनीसँग नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत रहेको छ । साथै नेपाली भूमि लिपुलेकलाई…
जनकपुरधाम । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव कायमै रहेको जनाएका छन् । उनले मधेसी समुदायमाथिको भेदभाव अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे । शनिबार जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै यादवले मधेसप्रति राज्यको व्यवहार अझै पनि भेदभावपूर्ण रहेको आरोप लगाए । मधेसलाई आर्थिक विकासमा कमजोर बनाइएको र कतिपय सरकारी निकायमा मधेसीहरूको प्रतिनिधित्व न्यून रहँदै आएको उनको भनाइ छ । ‘मुलुकमा आधाभन्दा बढी मधेसी समुदाय भए पनि कुनै निकायमा समावेशीता अत्यन्तै न्यून छ । प्रतिनिधि सभामा केही हदसम्म प्रतिनिधित्व भए पनि राष्ट्रिय सभामा ५९ सदस्यमध्ये जम्मा ६…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। शाङ्घाई सहयोग संगठन ९एससीओ० को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो। राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३स्१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा…
कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएकाहरु पनि घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती ९गौरी० लाई गौरादेवीका रुपमा पूजा गरिँदै आएको छ । भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन ( एससिओ ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा आइपुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३स् १५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए। तस्बिर – दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क