Author: Transparentgroup

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्। चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने उनको भनाइ छ। उनले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापन लगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार सरकारको तयारी रहेको बताए। उनले कृत्रिम बुद्धिमत्ता ( एआई ) को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि ९फाइभजी० आवश्यक रहेको उल्लेख गर्दै काठमाडौँ उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत बताए।…

Read More

बारा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको विषय दोहोर्‍याएकी छिन् । मदन भण्डारी फाउन्डेसन बारा जिल्ला कमिटीले मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आइतबार कलैयामा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले उक्त कुरा दोहोर्‍याएकी हुन् । एमालेले मदन भण्डारीलाई जननेताका रूपमा स्वीकार गरिसकेको उनले बताइन् । मदन भण्डारीको मार्गदर्शन सिद्धान्तमै एमाले अघि बढेको उनले बताइन् । मदन भण्डारीको दासढुंगामा रहस्यमय निधन भएको भन्दै मार्गदर्शन सिद्धान्त पालना गर्नु पार्टी, नेता र कार्यकर्ताको पकर्तव्य रहेको उनले बताइन् । उनी सहभागी कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलबाहेक पार्टीका जिल्लाका नेता–कार्यकर्ताको पार्टीको हैसियतमा सहभागिता थिएन । पार्टीको झण्डा पनि थिएन ।…

Read More

चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह दुई एसियाली मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग तियान्जिनमा भेटवार्ता गर्ने भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन ( ससीओ )  को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले एससीओ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने रात्रिभोजअघि प्रधानमन्त्री ओलीले दुई राष्ट्राध्यक्ष–सरकार प्रमुखसँग भेटवार्ता गर्न लागेका हुन्। यसमध्ये दक्षिण–पूर्वी एसियाली मुलुक भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्ह र दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग प्रधानमन्त्री ओलीको भेटवार्ता…

Read More

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज असम क्रिकेट एसोसिएसनसँग चौथो टी–ट्वेन्टी खेल्दैछ। चौथो खेल पनि डे–नाइट मोडलमा हुँदैछ। नेपाल ए र असमबीचको खेल असम क्रिकेट एसोसिएसन एसीए स्टेडियम गुवाहटीमा साँझ ५ बजे सुरु हुनेछ। पाँच खेलको टी–ट्वेन्टीमा नेपालले २–१ अंकको अग्रता लिएको छ। पहिलो खेलमा पराजित भएको नेपाल एले त्यसपछिका दुई खेलमा लगातार जित निकालेको हो। शनिबार तेस्रो खेलमा नेपाल एले ९ रनको जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो। जसमा सन्दीप जोराले ४८ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले। जवाफी ब्याटिङमा आएको…

Read More

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। आइतवार झापामा सञ्चारकर्मीमाझ उनले आफूले उक्त माग सम्बोधन नभएसम्म निरन्तर संसद् अवरुद्ध गर्ने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन्। अध्यक्ष लिङदेनले आफूहरूले सदन अवरुद्ध गरे पनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। आफूहरूको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे। अध्यक्ष लिङदेनले उक्त प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले…

Read More

वीरगञ्ज ( पर्सा ) , । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए । “राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उनले भने, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ ।” गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी…

Read More

काठमाडौ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ( टान ) को ४७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ । उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए । उनले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै भने, “अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार संहाल्दा अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए ।” त्यसैगरी उपप्रधानमन्त्री पौडेलले…

Read More

काठमाडौं । डाक्टर गोविन्द केसीले २३औं सत्याग्रह सुरु गरेका छन् । आज ९आइतबार० कैलालीको धनगढीबाट उनले सत्याग्रह सुरु गरेका हुन् । चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्रीले गलत ढंगले ९निजी मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन भनेका छन् । यस्तै, उनले शुल्क वृद्धि नगर्न, सम्झौताअनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्नेपनि माग गरेका छन् । डा।केसीका अनुसार हालै चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपमा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय चिकित्सा शिक्षा ऐनको मर्मविपरीत रहेको बताएका छन्। इलाम,…

Read More

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कुल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् । बाढीका दुई सय…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यस प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा भएको हो। नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन अर्थात भदौ १६ गते गौरा पर्वको बिदा प्रदेश सरकारको राजपत्रमा उल्लेख गरिएको छ। बिहीबारदेखि गौरा पर्व मनाइँदै आएको सुदूरपश्चिम प्रदेशमा उक्त पर्वलाई विशेष बनाउन पनि सार्वजनिक बिदा दिइएको हो।

Read More