Author: Transparentgroup

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कूटनीतिक माध्यमबाट संवाद गरी भारत र चीनबिच भएको ‘लिपुलेक समझदारी’ को विषय समाधान गरिने प्रस्ट पार्नुभएको छ । भदौ १३ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले भारत र चीनबिच नेपालको भूमि लिपुलेक प्रयोग गर्ने समझदारीको विषय संवादबाटै हल गरिने उल्लेख गर्नुभयो । मन्त्री गुरुङले महाकालीपूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै हो भन्नेमा कुनै विवाद नरहेको प्रस्ट पार्नुभयो । “भारत र चीनले व्यापारिक समझदारीका लागि तीन नाकाबाट गर्ने सहमति गरे । त्यसमध्ये एक नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति भयो,” उहाँले भन्नुभयो, “नेपालका महाकालीपूर्वका लिपुलेक, लिम्पियाधुरा र…

Read More

काठमाडौ। गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ । रासस

Read More

पर्सा । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूिम लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए। “लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,” उनले भने, “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो ।…

Read More

काठमाण्डौं । विद्यालय शिक्षा विद्येयकको बिरोध गरीरहेका नीजि विद्यालय संचालकहरुले आज पनि आन्दोलन चर्काएका छन् । उनिहरुले उपत्यकाको चक्रपथमा विद्यालयका सवारी साधन तेस्र्यार र्याली निकालेका हुन् । यस अघि पनि निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका थिए । सोमबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् । उनीहरुले शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको भन्दै विरोध गर्दै आइरहेका छन्।

Read More

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एससीओ प्लेटफर्ममा एकसाथ देखा परेका छन् । प्रधानमन्त्री मोदीले तीन नेताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । सोमबार मोदीले एससीओ शिखर सम्मेलन अघि फोटो सत्रमा भाग लिए। यसपछि उनले पुटिन र जिनपिङलाई भेटे। तीनै नेताहरू एकअर्कासँग कुराकानी गरिरहेको देखियो। यस क्रममा तीनै देशको त्रिकोणीय कूटनीति देखिएको थियो। मोदीले पुटिनलाई अँगालो पनि हाले। मोदीले केही बेरमा एससीओ बैठकलाई सम्बोधन गर्नेछन्। यसबाहेक, उनले पुटिनसँग द्विपक्षीय भेटवार्ता पनि गर्नेछन्। हिजो मोदीले सीसँग व्यापार र आतंकवाद लगायतका विस्तृत मुद्दाहरूमा द्विपक्षीय वार्ता गरेका थिए। एससीओ शिखर सम्मेलनमा आएका सबै…

Read More

यूएई । संयुक्त अरब इमिरेट्सको अजमानमा सम्पन्न प्रथम अजमान खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपाली प्रतिस्पर्धी शान्ति भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएकी छन् । अजमान सरकारको स्पोर्ट्स एकेडेमीमा सम्पन्न भएको सो प्रतियोगितामा जुनियरदेखि सिनियरसम्मका विभिन्न उमेर र तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा भारत, फिलिपिन्स, नेपाल, यूएई, बहराइन, ओमान, प्यालेस्टाइन, पाकिस्तान, बंगलादेशलगायत १५ भन्दा बढी देशका गरी करिब ५१५ खेलाडीहरूले सहभागिता जनाएका थिए। शान्तिले सिनियर महिला ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले प्रारम्भिक चरण, क्वाटर फाइनल र सेमिफाइनलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेकी थिइन् । यद्यपि फाइनल खेलमा बहराइनकी हफ्सा जबल्ला हसनसँग प्रतिस्पर्धा…

Read More

विराटनगर । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ। मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी ( जसपा ) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। जनता समाजवादी पार्टी ९जसपा० नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ। मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका बनाएको छ।

Read More

काठमाण्डौं । पाकिस्तानको सीमा नजिकै पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। यसमा २० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले बीबीसीलाई यसको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प आइतबार स्थानीय समय अनुसार राति ११स्४७ बजे आएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। यसपछि, कम्तिमा तीन पटक फेरि भूकम्प गए, जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो। समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानको राजधानी काबुल ९लगभग २०० किलोमिटर टाढा० र पाकिस्तानको राजधानी इस्लामाबाद ९लगभग ४०० किलोमिटर टाढा० मा केही सेकेन्डका लागि भूकम्पको धक्का महसुस…

Read More

थियानजिन (चीन)। प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ । आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ…

Read More

काठमाडौं । सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आज राजधानीमा विविध कार्यक्रम गरी मनाइएको छ। भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन्। यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ। महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने…

Read More