Author: Transparentgroup

दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन् । पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न १० किलोमिटर दूरी छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ । गत साउन २८ गतेको बाढीले छाङ्गरु…

Read More

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलबीच बुधवार भेटघाट भएको छ। बालुवाटारमा भएको भेटमा आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन(२०८२ का सन्दर्भमा छलफल गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय पहुँच पुगेको उल्लेख गर्दै वित्तीय संरचनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायीलाई सहज हुनेगरी लगानीमैत्री नीतिहरू बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । यसअघि मुख्यमन्त्री शाहले सम्मेलन सफल बनाउन संघीय सरकार र निजी क्षेत्रसँग निरन्तर छलफल गर्दै आएका छन्।

Read More

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइँदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् । सांसद चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदानप्रति किविन्टल ७० रुपैयाँलाई आधाले कटौती गरेपछि उखु किसान सरकारविरुद्ध आन्दोलित छन् । उखु किसानको बाहुल्य रहेको पश्चिम नवलपरासीबाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदमको विरोध गर्दै आफूलाई उखु किसानको पक्षमा दृढतापुर्वक उभ्याएका छन् । सांसद चौधरीले सरकारले दिँदै आएको अनुदान कुनैपनि बहानामा कटौती गर्न नपाइने भन्दै संसदमा बुलन्द…

Read More

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुखरसरकार प्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सरिक भए । जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उनी चीन भ्रमणमा रहेका छन् । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कँदैछन् ।

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सासदहरु उठेर विरोध गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्नको लागि समय दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका हरि ढकाललाई बोल्न दिएका…

Read More

थियानजिन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन ९एससिओ० प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

Read More

उत्तर कोरिया । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन पुगेका छन्। फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ुप्रतिरोधी युद्धु विजयको वार्षिकोत्सव अवसरमा चीनले सैन्य परेडमा लगायत कार्यक्रम गर्दैछ। ती कार्यक्रममा सहभागी हुन सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीनमा प्रवेश गरेको उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिन्मुनले जनाएको छ। रोदोङ सिन्मुनले किमको परराष्ट्र मन्त्री चो सोन हुई लगायतका उनका सहयोगीहरूसँगको तस्बिरहरू पनि छापेको छ। तस्बिरमा उनीहरू अँध्यारो हरियो रङ्गको रेलभित्रको डेस्कमा बसेर मुस्कुराउँदै गरेका देखिन्छन्। यो रेल किमले यसअघि अन्य देशहरूमा यात्रा गर्न…

Read More

दैलेख । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ। पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्। दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारणस्थल रहेको पुष्टि भइसकेको छ। विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो। यसबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको…

Read More

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो । प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जनाएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् । यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । उक्त सिस्टम प्रदेशमै ल्याएर लाइसेन्स छपाइ गरिने प्रवक्ता गजुरेलको भनाइ छ । उनका अनुसार लाइसेन्स छपाइ सेवा विभागमा…

Read More

‘तियानजिन । चिनियाँ सहर तियानजिनमा भएको साङ्घाई सहयोग सङ्गठन ९एससीओ० शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच कारमा नै ४५ मिनेट लामो छलफल भएको छ। दुई नेताबिचको यो भेटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वमा अमेरिकी प्रभुत्वलाई चुनौतीको रूपमा हेरिएको छ। भेटपछि मोदीले पुटिनसँगको यात्राको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै यसलाई ुअन्तर्दृष्टिपूर्णु बताएका छन्। पुटिनका प्रवक्ताले दुवै नेता सहज महसुस गरेको र त्यसैले कारभित्रै कुराकानी जारी राखेको बताए। यो भेट ट्रम्पले भारतलाई रुसी तेल र हतियार खरिद गरेको भन्दै ५० प्रतिशतसम्मको उच्च महसुल लगाएपछि भएको हो। यो महसुलमा युक्रेन युद्धका लागि रुसलाई आर्थिक स्रोत जुटाउने…

Read More