Author: Transparentgroup

काठमाण्डौं । नेपाली कांग्रेसले संघीय संसदको संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने निर्णय भएको छ। खतिवडाले आफूलाई सभापतिमा सार्ने पार्टीको निर्णय भएको जानकारी प्राप्त भएको जानकारी दिए।  यसअघि खतिवडा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए। निजामती कर्मचारी विधेयकमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीमा खतिवडामाथि नैतिक प्रश्न उठेपछि उनले त्यहाँबाट राजीनामा दिएका थिए। खतिवडाले राजीनामा दिएको सो पदमा पछि संघीय संसद्का दुवै सदन सम्मिलित संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई ल्याइएको थियो।  न्यौपानेले राजीनामा दिँदा रिक्त भएको संसदीय सुनुवाइ समितिको सभापतिमा अब खतिवडालाई पठाउने कांग्रेसले निर्णय गरेको हो। शुक्रबार(भोलि) हुने सुनुवाइ समितिको सभापतिको निर्वाचनमा आज(बिहीबार)…

Read More

काठमाण्डौं । नवनियुक्त प्रहरी महानिरीक्षक ( आईजीपी )  चन्द्रकुवेर खापुङले आफूले सकेको राम्रो गर्ने बताएका छन्। बिहीबार दर्ज्यानी चिह्न लगाएसँगै आफूले सकेको राम्रो गर्ने बताएका हुन्। “सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन”, उनले भने, “सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु ।” अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता ९एआई०, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तरराष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए। तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए।

Read More

काठमाडौं । संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मीक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो । अनुगमनका क्रममा सरकारले उपलव्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति सभापति ठाकुर प्रसाद गैरेले जानकारी दिए । अहिलेको अवस्था हेर्दा पछिल्लो पटक म्याद थप भएको पुस १६ गतेभित्र पनि निर्माण सम्पन्न हुने संकेत नदेखिएको उनले बताए । सभापति गैरेले समितिलाई सरकारको तर्फबाट प्रदान गरिएको रिपोर्ट अनुरुपको काम नभएको जिकिर गरे । यस विषयमा…

Read More

काठमाण्डौ. । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स ९जिएसआई० मा नेपालले कुनै किसिमको सहमति नगरेको बताएको छ। चीनको थियानजिनमा आयोजित सांघाइ सहयोग संगठन ९एससिओ० प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा नेपालले सहमति जनाएको भनेर सार्वजनिक भएका समाचार आधारहीन भएको सरकारले बताएको हो। परराष्ट्र सचिव अमृतबहादुर राईले भने, ‘मुलुकले अंगीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ।’ प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)  र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका अशोक चौधरीलाई बोल्न दिएका थिए । उनले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए । त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवलसमशेर राणालाई बोल्ने समय दिए । उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण…

Read More

काठमाण्डौं । नागढुङ्गा–सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँ अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उनले भने, “दसैँ, तिहारमा आवतजावत गर्ने यात्रीको सङ्ख्या बढी हुने भएकाले उहाँहरूको सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतमा केन्द्रित भएका छौँ ।” ठूला खाल्डा भएका ठाउँमा बाहिरबाट गिट्टी लगेर भर्न थालिएको छ भने सडक सम्याउने काम पनि भइरहेको प्रमुख नेपालले जानकारी दिए। उनका अनुसार सो…

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ । यस्तै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतमा पनि छलफल हुने भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन् ।

Read More

काठमाडौँ। इन्द्रजात्रा ९येँया० बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान १०ः३१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान ( यःसिं )  पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ । आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती  ( पाल्चाः)  दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा लिङ्गो ९यःसिं० ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कनुभएको छ । उहाँ राति करिब १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँलाई विमानस्थलमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु राणालगायत मन्त्रीपरिषद्का सदस्य एवं उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गर्नुभएको थियो । चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन ९एससिओ० २५ औँ शिखर सम्मेलन तथा बेइजिङस्थित तियानमिन स्क्वायरमा विश्व फासीवादविरुद्धको विश्वयुद्ध र जापानी उपनिवेशविरुद्ध चिनियाँ जनताको विजयको ८० औँ वार्षिकोत्सवमा आयोजना गरिएको स्मृति समारोह तथा सैनिक परेडमा सहभागी भई उहाँ स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री ओलीको भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयले…

Read More

काठमाडौं । नेकपा एमालेकी सांसद सूर्य कुमारी श्रेष्ठले चीन भ्रमणको क्रममा लिपुलेकको विषय उठाएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महाकाली नदी पूर्व लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको बताइन् । सन १८१६ को सुगौली सन्धीले यसलाई नेपालको भूमि भनेको पनि उनले स्मरण गरिन् । हाल भारतको कब्जामा रहँदै आएको यो भूमि फिर्ताको पहल हुनुपर्ने उनले बताइन् । नेपालको भूमि लिपुलेकलाई चीन र भारतले व्यापारिक मार्ग बनाउने गरी सम्झौता गरेको भनेर सांसद श्रेष्ठले आपत्ति जनाइन् । यो विषयमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा आपत्ति प्रकट गरेको उल्लेख गर्दै उनले भनिन्,…

Read More