Author: Transparentgroup
काठमाडौं। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान कांग्रेस–एमाले सत्ता गठबन्धन शेरबहादुर देउवा र केपी शर्मा ओलीको बुद्धिले नबनेको टिप्पणी गरेका छन् । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यो सरकार विचौलियाहरुको धाक र धम्कीबाट बनेको दाबी गरे । ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन । यो दलाल र विचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन,’– उनले भने । प्रचण्डले…
काठमाडौं । नेकपा ९एमाले० को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका हुन् । अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरे । उक्त…
काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखलगायतले इन्द्रजात्राको अवलोकन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले वसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गरेका हुन् । इन्द्रजात्रामा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह पनि सहभागी थिए । राष्ट्रपति पौडेललाई मेयर साहले स्वागत गरेका थिए भने प्रधानमन्त्री ओलीको स्वागतमा उनी देखा परेनन् । प्रधानमन्त्री ओलीलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गरेका थिए । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा…
काठमाडौं । संसदीय सुनुवाइ समिति ९संयुक्त०को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा ९एमाले०का सांसद महेश बर्तौलाले समर्थन जनाए । खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि…
काठमाडौं । नेकपा एमालेमा केन्द्रीय कमिटीको संख्या २५१ सदस्य कायम गर्ने प्रस्ताव गरिएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावित संशोधनमा यस्तो प्रस्ताव गरेका हुन् । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३०१ सदस्यीय कमिटीलाई घटाएर २५१ कायम गरिएको छ । पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २५१ हुने व्यवस्था अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि नै केन्द्रीय कमिटीले पारित गरिसकेको छ । विधानको धारा १६ ९२० मा ३०१ को केन्द्रीय किमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारीसहित २५१ केन्द्रीय कमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गरेका हुन् । प्रस्तावमा वरिष्ठ…
काठमाडौँ । स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउने सम्झौताको मुख्य लक्ष्य रहेको बताए । अस्पतालहरूमा देखिने आम समस्या सुधारको अनुभूति कागजमा नभई सेवाग्राहीको व्यवहारमा देखिनुपर्ने उनले बताए । ‘यो सम्झौता केवल केही बुँदाहरूको सूची मात्र होइन, स्वास्थ्य क्षेत्रमा विस्तार र सुशासनको आधारशीला हो । यसको पूर्ण…
काठमाडौं । सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत हुने आयोगको ठहर छ । ‘कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानुनी रूपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने कर्तव्य, दायित्व र अधिकार सरकारको रहन्छ । तर नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न गएको देखिएको छ । यस प्रकारको कार्यले…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्याएको टिप्पणी गरेको छ । रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागकी प्रमुख सुमना श्रेष्ठले आज एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने, बन्द गर्ने वा संकुचित गर्नेगरि सरकारले लिएको निर्णयप्रति आपत्ति प्रकट गरेकी छिन् । श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको छ । यसलाई एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि…
काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषय आजबाट सुरु भएको दोस्रो विधान महाधिवेशनमा छलफल नहुने अडान लिएका छन् । विधान महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । यो महाधिवेशनमा विधानकेन्द्रित विषयमा मात्रै छलफल हुने उनको भनाई छ ।उनले विद्या भण्डारीको पार्टी सदस्यताको विषय पार्टीका अरू कमिटीमा छलफल हुने विषय भएकोले अहिले विधानसँग सम्बन्धित विषयमा केन्द्रित भएर छलफल हुने स्पष्ट पारे । उनले भने,‘ती विषय विधान महाधिवेशनसँग सबन्धित होइनन्। ती प्रश्नहरू कमिटीगत छलफलका विषय हुन्। सचिवालय, स्थायी कमिटी पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ, विधान महाधिवेशन विषय केन्द्रीत भएर अगाडि…
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । उनले सरकारको यो कदम संविधानविरोधी भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’ दाहालले सरकारको यस निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र नभएर देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क