Author: Transparentgroup

काठमाडौँ  । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी छन् । आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताए । सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था बमोजिम यो निर्वाचन हुन लागेको हो । सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये १८ सदस्यमा निर्वाचन…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेसम्म नामावली दर्ताको समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने ब्रिफिङ गरेका थिए। नामावली दर्ताको समय लम्ब्याउन नसकिने भएपछि अब राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएको बायोमेट्रिकबाट पनि मतदाता सूचीकृत गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री कार्कीसँग बुधबार भएको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए। आजबाट राष्ट्रिय परिचय पत्र बनाएका र मतदाता नामावलीमा नाम नभएका मतादाताको पनि…

Read More

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी )  दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार गृह मन्त्रालयमा १०ः४५ मा एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न ( फुली )  लगाइदिने कार्यक्रम तय भएको छ । त्यसलगत्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी गरिएको उनले बताए ।सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत…

Read More

महोत्तरी । नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै जिल्लाभित्र स्थायी ठेगाना भएका घाइतेहरूलाई सक्कल नागरिकता प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “गृह मन्त्रालय  ( राहत तथा तथ्याङ्क व्यवस्थापन शाखा )  बाट प्राप्त निर्देशन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरण अनुसार जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गरिनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले कार्यालयमा सम्पर्क गरी आफ्नो परिचयपत्र प्राप्त गर्नुपर्नेछ।”

Read More

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल हुनेछ ।

Read More

काठमाडौँ । नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै निगमले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्ने उल्लेख गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी थिइन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी थिइन् । निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत…

Read More

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा रविको मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश दिएपछि थप बहस भएको थिए । उच्च अदालत बुटवल तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुवरले यो मुद्दामा आज पेसी तोकिएको  बताए । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६…

Read More

काठमाडौं । काठमाडौं महानगरले पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनीले प्रयोग गरिरहेको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचना डोजर लगाएर भत्काउन सुरु गरेको छ । यस अघि गत विहिबार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना दिएको थियो । दिइएको म्यादमा पनि संरचना खाली नगरेपछि आज महानगरले डोजर चलाएको हो । मन्त्रालयले महानगरको सहयोग लिएर उक्त संरचनाहरु भत्काउन थालेको हो । दिपक खड्काको कम्पनी खड्का ल्याण्डले स्काउटको जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस नामक रेस्टुरेन्ट चलाउँदै आएको थियो । स्काउटको जग्गामा बनेका भवनका ४८ वटा सटर…

Read More

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन्। आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो। आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ। आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए। बरू विगतमा निर्वाचन बहिष्कार गरी…

Read More

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएका छन् । बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंका ६ जना प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाउँदै २६ बुँदे माग राखेका हुन् । गृहमन्त्रीसँगको छलफलमा दुर्गा प्रसाईं सहभागी भएनन् । उनको समूहले मङ्सिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । प्रसाईंका प्रतिनिधिहरूले आफ्ना माग राख्दै आफ्ना गतिविधि शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० आनन्द काफ्लेले रातोपाटीलाई बताए । उनले भने– ‘उहाँहरूले आफ्नो गतिविधि शान्तिपूर्ण हुने बताउनुभएको छ ।’ छलफलमा गृहमन्त्री अर्यालले अहिलेको सरकार वार्ता र संवादबाट अघि बढ्न चाहेको…

Read More