Author: Transparentgroup

काठमाण्डौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसदबाट छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निजामती सेवा दिवस–२०८२ को अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाको रूपमा अपेक्षा गरिएको संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसदबाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध छ।’ उनले आम कर्मचारीको माग र भावनालाई समावेश गरी राजनीतिक दलहरूको सहमतिबाट संसदले निजामती विधेयक पारित गर्ने विश्वास व्यक्त गरे। एकताबद्ध हुँदै विकास, समृद्धि र सुशासनको मार्गमा अग्रसर हुन र…

Read More

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् । सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ । आजको बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुमा पर्यटनमन्त्री बद्री पाण्डे मात्रै सहभागी थिए । उनी चीनमा रहेको बेला सरकारले निर्णय गरेको हुँदा पाण्डेले सामाजिक सञ्जाल बन्द गर्नुपरेको कारणबारे सरकारी धारणा नराखेको बताइएको छ । सरकारमा सहभागी रहेका अरु मन्त्रीहरुसँग छलफल गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नेबारे…

Read More

काठमाडौँ । आज भाद्र शुक्ल पूर्णिमा दिन अर्थात् भाद्र २२ गते आइतवार ‘खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ । यो खग्रास चन्द्रग्रहण नेपाल, भारत, चीन, थाइल्याण्ड लगायत एशियाका सबै देश, उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, अस्ट्रेलिया सबै ठाउँमा आंशिक वा पूर्ण रूपमा देख्न सकिनेछ । नेपाली समय अनुसार रातिको १० बजेर ११ मिनेटमा स्पर्श हुने, ११ बजेर ५६ मिनेटमा मध्य हुने र मध्यरात १ बजेर ४१ मिनेटमा मोक्ष ९अन्त्य० हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३० मिनेटको रहनेछ । यो खग्रास चन्द्रग्रहण आग्निकोण ९दक्षिण पूर्व० तर्फबाट स्पर्श भई नैऋत्य ९पश्चिम दक्षिण० दिशामा मोक्ष हुनेछ ।आगामी २०८२ साल अर्थात…

Read More

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एउटै व्यक्तिमा तीन पटक सफल मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो । नेपालमा एउटै व्यक्तिमा तीन पटकसम्म सफल प्रत्यारोपण गरेको यो पहिलो रेकर्ड हो । केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठले नेपालमा पहिलो पटक एक व्यक्तिमा तीन पटकसम्म सफल मिर्गौला प्रत्यारोपण गरेर गरी इतिहास रचेको जानकारी दिनुभयो । उहाँले १२ दिनअघि गत भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास…

Read More

भक्तपुर। आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुर थिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ( जिब्रो छेड्ने जात्रा )  हुँदैछ । जात्रा मध्यपुर थिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ । यस वर्ष पनि मध्यपुर थिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुर थिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ । दुवै जात्राको आआफ्नै विशेषता छ ।…

Read More

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को दोस्रो विधान महाविधेशन आज पनि जारी रहनेछ । ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनको बन्दसत्र बिहान ८ः०० बजेबाट सञ्चालन हुनेछ । उनका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले सुझाव प्रस्तुतीकरण गर्नेछन् । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन् । यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका…

Read More

काठमाण्डौं। प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष्पलाल लोकमार्ग अभियानमा सहभागी हुन लमजुङको मध्यनेपाल नगरपालिका करापुटार आइपुगेका छन्। उनलाई त्यहाँ बाजागाजासहित स्वागत गरीएको थियो। अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढेको र जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको उनको भनाइ थियो। त्यस्तै भोर्लेटारमा माओवादी केन्द्र नगर समितिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो। अरूले कुहेको पिठो बेचिरहेका छन्। त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं।’ प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भने, ‘मध्यपहाडी लोकमार्गको…

Read More

काठमाडौँ । भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईले ‘भारत–नेपाल न्यायिक संवाद’ मा सहभागी हुँदै नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन गरेका छन् । उनले अहिलेको विधिशास्त्र र न्यायिक क्षेत्र सुधारमा केन्द्रित रहँदै न्यायपालिकाको विकासशील भूमिकाबारे आफ्नो धारणा राखेका हुन्। नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई भदौ १९ देखि २२ गतेसम्म नेपालको औपचारिक भ्रमणमा छन्। यो भ्रमणकै क्रममा दुवै देशका सर्वोच्च अदालतबिच स्थापित संयुक्त कार्यदलको पहिलो बैठक बस्ने कार्यक्रम समेत रहेको छ। नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई भदौ १९ देखि २२ गतेसम्म नेपालको औपचारिक भ्रमणमा छन्। यो भ्रमणकै क्रममा दुवै देशका सर्वोच्च अदालतबिच स्थापित संयुक्त कार्यदलको…

Read More

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् । आज ९शनिबार० विराटनगर एयरपोर्टमा पत्रकारहरुसँगको कुराकानीमा देउवाले यस्तो बताएका हुन् । यद्धपी संविधानमा पूर्वराष्ट्रपति भैसकेको व्यक्तिलाई राजनीतिमा आउन हुने वा नहुने भनेर केही पनि नबोलेको उल्लेख गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन हुने वा नहुने भनेर बहस चलिरहेको बेलामा देउवाको यस्तो प्रतिक्रिया आएको हो । हिजोबाट एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । यो भोलि भदौ २२ गतेसम्म चल्नेछ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको पार्टी सदस्यता नै खारेज गरेका छन् । तर, भण्डारीले…

Read More

काठमाडौं। नेकपा ९ एमाले० को दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशले समूहगत छलफल सकाएर प्रतिवेदन लेखन थालनी गरिसकेको छ । प्रतिवेदनमाथि मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरिरहेका छन् । त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको उनले जानकारी दिए । प्रचार विभाग प्रमुख…

Read More