Author: Transparentgroup

काठमाडौं । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरुद्धमा ‘जेन–जी’ पुस्ता सडकमा उत्रिएका छन् । आज ( सोमबार )  काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सुशासनको पक्षमा आवाज उठाएका हुन् । प्रदर्शनमा विद्यार्थीहरु कलेजको यूनफिर्ममै सहभागी भएका छन् । ‘जेन–जी’ युवाहरु केही नेता र मन्त्रीको फोटो भएको प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुको फोटो र विभिन्न प्रकारका नारा लेखिएका प्लेकार्ड देखाएर उनीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा कलाकार र अभियन्ताहरूको साथ र समर्थन रहेको छ । काठमाडौं महानगरपालिका…

Read More

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरू आफ्नो हितविपरीत रहेको भन्दै विरोधमा उत्रिएका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन, र एनएमएलगायतका संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उनीहरूले विधेयकमा रहेका केही प्रावधानले निजी विद्यालयको अस्तित्व र योगदानमाथि गम्भीर असर पार्ने दाबी गरेका छन्। यो आन्दोलनका प्रमुख मागहरूमा कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई ुगैर(नाफामूलकु बनाउने प्रावधान हटाउनुपर्ने, ूपूर्ण छात्रवृत्तिू भन्ने शब्दलाई खारेज गर्नुपर्ने र विद्यालयले प्रदान गर्ने पोसाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, तथा खाजाजस्ता सेवाहरूमा लगाइएको प्रतिबन्ध फिर्ता लिनुपर्ने रहेका छन्। साथै, उनीहरूले छात्रवृत्ति वितरणको अधिकार विद्यालयलाई नै दिनुपर्ने र…

Read More

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनमा सहभागीहरु नारा लगाउँदै अघि बढेका हुन् । भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् । सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ । उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

Read More

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् । प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार…

Read More

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज ( सोमबार )  देखि विधिवत् आरम्भ भएको छ । पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पूजा गरी मनाइन सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले )  को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा तीन मुख्य प्रस्तावसहित केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू पनि सर्वसम्मत पारित भएका छन् । यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि सबै टोली नेताले आ(आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका थिए । समूहका सुझाव र जिज्ञासामाथि जवाफ दिँदै अध्यक्ष ओलीले…

Read More

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू चलाउन भर्चुअल प्राइभेट नेटवर्क ( भीपीएन )  जस्ता माध्यम प्रयोग नगर्न आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले शनिबार एक औपचारिक विज्ञप्ति जारी गर्दै त्यस्ता माध्यमहरू असुरक्षित, अनाधिकृत र जोखिमयुक्त हुने भन्दै प्रयोग नगर्न र नगराउन अनुरोध गरेको हो। सरकारले दर्ता नभएका फेसबुक, युट्युब, एक्स लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएपछि धेरै प्रयोगकर्ताहरूले भीपीएनमार्फत ती साइटहरू चलाउने प्रयास गरिरहेका बेला सरकारको औपचारिक चेतावनी आएको हो। ‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक…

Read More

काठमाण्डौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ थान रिट निवेदन पेस भएको छ। आइतबारसम्म सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल, नीराजन पौडेल, वीरभद्र जोशी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर रिट पेस गरेका हुन्।

Read More

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गलत मनशाय भएकाहरुको सहयोग खोजेको टिप्पणी गरेका छन् । विधान अधिवेशनको राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीनिमा आउन गलत मनशाय भएकाहरुको साथ खोजेको र उनी सक्रिय राजनीतिमा आउने कुरा सम्भव नरहेको बताएका हुन् । पूर्व राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना नराखेकै राम्रो हुने उनको भनाइ छ । ‘सक्रिय राजनीतिमा आउने चाहना राख्नुहुन्थ्यो । आएपछि पनि अध्यक्ष बन्न आउन खोज्नुभएको छ । यो अहिले सम्भव छैन । अध्यक्षविरुद्ध आलोचना, गलत मनसाय भएका साथीभाइको सहयोग खोज्न थाल्नुभयो,’– ओलीको भनाइ थियो…

Read More

जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुवै सदनमा बहुमत गुमाएपछि राजीनामा दिने निर्णय गरेका छन्। जुलाईमा भएको चुनावमा उनको पार्टीले ऐतिहासिक पराजय भोगेको केही हप्तापछि उनले यस्तो घोषणा गरेका हुन्। जापानी सञ्चार माध्यमका अनुसार इशिबाले आफ्नो पार्टीभित्रको विभाजनलाई रोक्न यो कदम चालेका हुन्। यसअघि, चुनावी पराजयपछि राजीनामा दिने खबरलाई उनले अस्वीकार गर्दै संयुक्त राज्य अमेरिकासँगको ट्यारिफ सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न चाहेको बताएका थिए। गत अक्टोबरमा पदभार ग्रहण गरेदेखि इशिबाले आफ्नो गठबन्धनले संसदमा बहुमत गुमाएको देखेका थिए। यसले उनको नीतिगत लक्ष्यहरू पूरा गर्न पनि कठिनाइ थपेको थियो। उनको राजीनामाको माग विशेष गरी उनको पार्टीभित्रका दक्षिणपन्थी…

Read More