Author: Transparentgroup

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

Read More

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बसिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर सामाजिक संजाल पूर्ववत संचालनको निर्णय गर्न आग्रह गरेका छन् । कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेलगत्तै देउवाले ओलीलाई फोन गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

Read More

काठमाण्डौं । भ्रष्टाचारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजी समूहले आफ्नो प्रदर्शनमा घुसपैठ भएको बताएको छ। कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गरी आन्दोलनमा घुसपैठ भएको जनाएका हुन्। ‘आजको कार्यक्रम हामीले पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरेका छौँ’ उनीहरूले भनेका छन्, ‘तर बीचबीचमा केही गलत प्रवृत्ति भएका समूह वा व्यक्तिहरू, वा सम्भावित राजनीतिकरराज्यका षड्यन्त्रकारी प्रयासहरू मार्फत हाम्रो आन्दोलनलाई निस्तेज पार्ने कोसिस गरिएको अनुभव भएको छ।’ उनीहरूले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहने भन्दै यसलाई असफल बनाउन गरिएका कुनै पनि प्रयास सफल नहुने दाबी गरेका छन्। ‘देशका विभिन्न स्थानहरूमा आज भएको जनसहभागिताले हाम्रो उद्देश्य र मागप्रति अझ ठूलो विश्वास…

Read More

रुपन्देही । जेनजी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि रूपन्देहीमा पनि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर…

Read More

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो। यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ। साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।

Read More

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ। आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए। महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए।

Read More

विराटनगर । इटहरीको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन् । जेनजीका युवाहरूले उपमहानगर कार्यालयमा आगो लगाएर प्रदर्शनसुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शनकारीलाई लक्षित गरी हवाइ फायर गरेको हो । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज पनि गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाइफायर र लाठी चार्ज भएको…

Read More

काठमाडौं । जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । प्रशासनले जेन–जी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ। पोखराको शहिदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाईचोक, ( उत्तरतर्फ मिलनचोक )  पश्चिमतर्फ फिस्टेल गेट९वैदाम० उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक ( दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड)  चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ ।…

Read More

काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शनमा भएको झडपमा हालसम्म १४ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियो भने सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा…

Read More

काठमाडौँ । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

Read More