Author: Transparentgroup

काठमाण्डौं । कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिएका हुन्। अधिकारी कांग्रेसको शेखर कोइराला पक्षधर हुन्। आजै कोइरालाले आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। यस्तो छ उनको राजीनामा पत्र सम्माननिय प्रधानमन्त्रीज्यु, नेपाल सरकार सिंहदरबार, काठमान्डौ। विषयः राजिनामा पेश गरिएकोबारे। उपर्युक्त सम्बन्धमा म रामनाथ अधिकारी नेपाली काँग्रेस धादिंग जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट यहाँको मन्त्रीमन्डलमा कृषी तथा पशुपंछी मन्त्रिको रुपमा ईमानदारीपुर्वक निष्ठाका स साथ आम जनता र किसान दाजुभाईको हितमा समर्पित हुन पाएकोमा यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अबिलम्ब राजीनामा नदिए कांग्रेस सरकारबाट फिर्ता हुने प्रष्ट पारेका छन् । महामन्त्री थापाले वक्तव्यमा भनेका छन्– प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।

Read More

काठमाडौं । काठमाडौंको कलंकी आसपास क्षेत्रका मंगलबार बिहानैदेखि प्रदर्शन सुरू भएको छ। बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो। कलंकी चोक र खसीबजारमा प्रदर्शनकारीहरूले मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन्। त्यहाँ खटिएका प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन्। प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयत्न गरेका छन्। ललितपुरको चापागाउँ, बानेश्वर लगायतका ठाउँमा पनि प्रदर्शन सुरू भएको छ। उपत्यकाका तीन वटै जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ। उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर रहने भनेर उल्लेख गरेको छ ।

Read More

भक्तपुर । भक्तपुरमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय भक्तपुर एक सूचना जारी गर्दै जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको जनाएको हो ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् । बैठक आज बिहान साढे ८ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले हिजो मारिएका सबै १९ जनालाई शहीद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । साथै सबै पालिकाहरुमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय…

Read More

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । वडा नम्बर ४, १८ र २५ भैंसेपाटी क्षेत्र पर्दछ । त्यहाँ पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प भन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु लगाइएको छ । यसैगरी वडा नम्बर २ सानेपास्थित इन्द्राणि मार्ग आसपासमा पनि भेला, जुलुस, प्रदर्शन, सभा,…

Read More

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो । प्रजिअ रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिन नहुने धारणा राखेका थिए । तर,ओलीले जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा हुन नदिने धारणा राखेको ती मन्त्रीको भनाइ छ ।

Read More

काठमाडौं । नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजी नामक समूहको आह्वानमा आइतबार देशभर विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप हुँदा १९ जनाको मृत्यु र सैयौँ घाइते भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनको क्रममा हुनसक्ने मानव अधिकार उल्लङ्घनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका शहरमा प्रदर्शन भएका जनाएको हो। काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बबरमहल हुँदै बानेश्वरसम्म पुगेपछि प्रदर्शनकारीले संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रयोग गरेको आयोगले…

Read More

काठमाडौं । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो । प्रवक्ता काफ्लेले भने, ‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० जना भन्दा बढी घाइते भएका छन् ।’ त्यसैगरी, स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार जारी भइरहेको छ ।

Read More