Author: Transparentgroup

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु।’ उनले निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न नसकेको बताउँदै उनले राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न नसकेको बताएका छन् । लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनुपर्ने बताउँदै उनले असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गर्न सुझाव दिएका छन् । आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो’, उनले लेखेका छन्, ‘यो…

Read More

काठमाण्डौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन्। शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन्।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् । महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति निकाले पार्टी सभापति शेरबहादुर देउवादे सबै मन्त्रीलाई फिर्ता नबोलाएर अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले पनि राजीनामा गरेर नयाँ सहमति गर्नुपर्ने बताएका छन् । उनीहरुले जेन जी पुस्तालाई पनि जायज माग सम्बोधन गर्न जोड दिने भन्दै आन्दोलनलाई संयमित बनाउन आग्रह गरेका छन्। अहिलेको समस्या समाधान गर्नको लागि सबै राजनीतिक दलहरुसँग खुला छलफलको आह्वान पनि गरेको छन्।

Read More

काठमाडौं । देशभर हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित भएको छ । विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आन्तरिक उडानमा बिहानैदेखि यात्रु नहुँदा उडान बन्द प्रायः छ । अन्तर्राष्ट्रिय उडानबाट विमानस्थल अवतरण हुनुपर्ने जहाजले अवतरण गर्न नमान्दा विमानस्थल बन्द भएको छ । विदेशबाट आउने जहाज अवतरण नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न मुलुकका लागि हुने उडान पनि प्रभावित भएको हो । काठमाडौंको हिंसा भड्किएका कारण विभिन्न मुलुकबाट काठमाडौं आइरहेका जहाज भारतका विभिन्न विमानस्थलमा अवतरण भएका छन् । कतिपय विमान जहाँबाट आउँदै थिए, त्यतै फर्किएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सबै सांसदले राजीनामा दिएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जानकारी दिए । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए । जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द…

Read More

काठमाडौं । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको छ। मंगलबार दिउँसो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका हुन्। सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरेको छ। त्यस्तै प्रदर्शनकारीहरू नेताका घरघरमा पुगेर तोडफोड तथा आगजनी गरिरहेका छन्।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छ । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान समेत गरेको छु । उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति आफू दुखी रहेको बताएका छन् । उनले सम्पूर्ण…

Read More

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।

Read More

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । प्रतिपक्षी दलको बैठकपछि माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने–सरकारले युवाहरूको आक्रोशलाई बुझ्न सकेन, सम्बोधन गर्न चाहेन, जसको परिणाम यो भएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध छौँ । युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठिक हुने उनले बताए । सरकारबाटै ठुलो नरसंहार…

Read More