Author: Transparentgroup

काठमाडौँ । नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षति भएको छ । सोमबार बिहान काठमाडौँको माइतीघरलगायत देशका मुख्य सहरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिई हिंसात्मक बन्दा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । प्रदर्शनमा सयौँ घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीहरूको अनियन्त्रित भिडले राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटर, रामशाह पथमा रहेको सर्वोच्च अदालत, जिल्ला अदालतलगायत मुलुककै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारका मुख्य भवनहरूमा आगजनी ग¥यो । विगतका कुनै पनि शान्तिपूर्ण राजनीतिक आन्दोलनमा यस्तो हिंसा, आगजनी र लुटपाट भएको थिएन । आगजनीबाट राणाकालीन सम्पदाको मुख्य भवन सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायत…

Read More

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे ९१७ः०० बजे० सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीहरूलाई कार्यालयमा काम गरेर फर्कन सजिलो हुने छ । त्यसैगरी, भदौ २६ गते बिहान ६ बजे ९०६ बजे० सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । रक्षा मन्त्रालय मातहतको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण तथा यौनजन्य हिंस्रक प्रयाससमेत भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता अपराधजन्य गतिविधि नियन्त्रणका लागि सम्पूर्ण नागरिकसँग सहकार्यका लागि आग्रह गरिएको छ । सेनाले…

Read More

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन्। उनले देश जेन जीकै हातमा भएको भन्दै क्षति हाम्रै हुने भन्दै यस्तो आग्रह गरेका छन्। ‘पिल्ज जेन जी देश तपाईंहरूकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ उनले फेसबुकमा लेखेका छन्,’अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुस्।’ जेन जीले काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्।

Read More

काठमाण्डौं । नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन विशेष अनुरोध गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ । सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो । नेपाली सेनाले वक्तव्य जारी गर्दै विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग अपिल गरेका हुन् । राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन-जीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका छन् ।

Read More

काठमाडौँ । जेनजी प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो। संसद भवन जलिरहँदा प्रधनजान्त्री ओलीको राजीनामा समेत आएको छ ।

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले ह्वाट्स एप मार्फत प्रधानमन्त्रीले राजीनामा दिएको बताएका हुन् । ओलीले ६ बजे सर्वदलिय बैठक आवहन गरे पनि अवस्था निकै जटील बन्दै गएपछि प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

Read More

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री, कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

Read More

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

Read More