Author: Transparentgroup
विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कारगारमा रहेका कैदीबन्दी छुटाउन एउटा समुह कारागारमा पुगेपछि प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ । अहिले त्यहाँ सेनाले सुरक्षा दिएको छ । रवि लामिछाने छुटे जस्तै त्यहाँका कैदीबन्दी पनि छुट्नुपर्ने छुटाउन पुगेको समूहको माग छ ।
काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। मंगलबार बन्द गरिएको विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको हो। विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको जनाएको हो।
काठमाडौं । नेपाली सेनाले लुटपाटमा संलग्न २७ जना पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जना पक्राउ परेका हुन् । मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात् बुधवार बिहान १० बजेसम्म काठमाडौं लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ । गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, ३…
काठमाण्डौं । सशस्त्र प्रहरीले राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिने कुरामा सचेत रहन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले मंगबार विज्ञप्ति जारी गरी अहिलेको विषम परिस्थितिमा राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन अनुरोध गरेको हो। सशस्त्रले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन र संयमित भई सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अनुरोध पनि गरेको छ। ‘नागरिकको जिउ, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाको लागि सदैव समर्पित सशस्त्र प्रहरी बल, नेपाल यस संवेदनशील परिस्थितिमा भौतिक एवं राष्ट्रिय सम्पति लगायतमा भएको क्षति नियन्त्रण,न्यूनीकरण र उद्दार कार्य गर्न जेन(जी लगायत सबै पक्षहरूसँग सहकार्य गरी…
काठमाण्डौं । नेपाली सेनाले वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग आग्रह गरेको हो। सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ। उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन्। हामी नेपाल समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए। गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ। उनी हाल धनगढीमा छन्। उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो। तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका…
काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। काठमाडौँमा चर्किएको आन्दोलनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको हो। आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको छ। कम्पनीले यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ। देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ। टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ। सेवाका लागि तयार छौँः वायुसेवा सञ्चालक संघ…
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन् ।सेनाको गस्ती टोलीद्वारा टोल–टोलमा खोलिएका पसलहरू पनि बन्द गर्न आग्रह गरिरहेका छन् । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।
काठमाडौं । नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ। नेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरू बाट हालसम्म २६ जना पक्राउ परेका छन्। हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँको बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिहरु पक्राउ परेका छन्। यसैगरी काठमाडौँ तथा भक्तपुरका विभिन्न ईलाकाहरु ९राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका० बाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन्। सेनाले जारी गरेको सुरक्षा अपडेटमा समुदायलाई चारवटा…
काठमाडौ । सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा मङ्गलबारसमेत उपत्यकाका सबै अदालतको सुनुवाइ रोकिएको थियो । सर्वोच्च अदालत, नेपाल बार एसोसिएसनलगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सर्वोच्चको सुनुवाइ अनिश्चित बनेको हो । सर्वोच्चमा अहिले इजलास सञ्चालन भइरहेको र मिसिल रहेको मूल भवनमा आगजनी भएको छ । आगजनीले इजलास र मिसिलमा कति क्षति पुग्यो भन्ने यकिन भएको छैन । मिसिलमा क्षति पुगेमा सुनुवाइमा थप विलम्ब हुने छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले क्षति के कस्तो भएको छ, यकिन नभएकाले न्यायिक कार्य कहिलेबाट हुन्छ भन्न नसकिने बताउनुभयो । कोइरालाले भन्नुभयो, “आगजनी भइरहेको हामीले पनि देखेका मात्र छौँ । स्थिति नियन्त्रण नभएसम्म कहिले, कसरी इजलास…
काठमाडौँ। नेपालका निजी क्षेत्रले युवाको चाहना अनुरूप समुन्नत समाज निर्माणमा योगदान दिन सबैमा आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले ‘जेनजी’ पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख, प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । महासङ्घले विज्ञप्ति जारी गर्दै युवाको चाहना अनुरूप सरकारी सेवामा नागरिकको सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने माग गरेको छ । “लगानी एवं रोजगारी प्रवर्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासङ्घ सरोकारवाला सबैमा आग्रह गर्दछ ।”…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क