Author: Transparentgroup

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि भएको छ । २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा तीन प्रहरीको मृत्यु भएको थियोे । प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए । असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए । हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा उनी प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उनलाई जोगाउन गएका जवान थापा पनि मारिए । सोही दिन कोटेश्वरमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गर्दा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका थिए । उनीहरूको आज पशुपति आर्यघाटमा सलामी सहित अन्त्येष्टि…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुनेछ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो । आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने। संसद विघटन गरी आजै शपथग्रहणको कार्यक्रम हुनेछ भने आजै शीतल निवासमा पहिलो बैठक पनि बस्नेछ । सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राजनीति दलहरुले यही संविधानबाट निकास निकाल्न राष्ट्रपतिलाई सुझाव दिएका दिए । दलले संसद्‌बाटै अघि बढ्न र संसद विघटन नगर्न सुझाएका थिए । जेन–जीका तर्फबाट सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडानकाबीच प्रतिनिधि…

Read More

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेल प्रतिनिधिसभा विघटन गर्नेमा पनि सहमत भएका हन् । सुशीला कार्कीको अहिले साँझ ९ बजे शपथ गराउने तयारी छ । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बतायो । राजनीति दलहरुले…

Read More

काठमाण्डौं । जेन–जी आन्दोलनकै बिचमा भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सभापति रवि लामिछाने नख्खु जेलबाट छुटेका थिए। सहकारीको बचत रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका लामिछाने त्यो दिन दलबलसहित जेलबाट बाहिरिएका थिए। नख्खु जेलबाट भिडभाडसहित एउटा गाडीमा निस्किएका उनी बाटैभरी हात हल्लाउँदै पार्टी कार्यालयसम्म पुगेका थिए। उनलाई कारागारबाट निकाल्न चितवनदेखि नै रास्वपाले ठुलो भिड उतारेको स्रोत बताउँछ। लामिछाने निस्किएपछि नख्खु जेलबाट बाँकी सबै कैदीबन्दी पनि निस्किएका थिए। त्यसको प्रभाव देशैभरका कारागारसम्म पुग्यो। त्यसपछि देशैभरका कारागारबाट १६ हजार कैदीबन्दी फरार भएका थिए। त्यसपछि भने लामिछानेको चर्को आलोचना हुनथाल्यो। अनि उनी प्रतिक्रिया दिन बाध्य भए। सोही दिन…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् । जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकार गठन र संसद्को विघटनको सुझाव दिएका हुन् । ‘देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ’ उनले लेखेका छन् । अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति समर्थन समेत उनले जनाएका छन् । अहिले नेतृत्वमा आउन चाहेकाहरुलाई पनि उनले धैर्यता गर्न आग्रह गरेका छन् । तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी…

Read More

काठमाडौँ । सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ २५ गते जारी गरेको निषेधाज्ञासम्बन्धी व्यवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ । सूचनामा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ । अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने…

Read More

काठमाडौ । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो । जेनजी पुस्ताका माग सम्बोधन गर्ने सन्दर्भमा परामर्श पनि सुरु भएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबिच देशमा देखिएको राजनीतिक समस्या समाधान गरी संवाद र सहमतिका माध्यमबाट निकासको यात्रा प्रारम्भ गर्न निरन्तर विमर्श भइरहेको छ । उहाँहरूबिच जेनजी पुस्तालाई विश्वासमा लिएर देशलाई निकास दिने दिशातर्फ अघि…

Read More

काठमाडौं । नेपाली सेनालगायतका सुरक्षा निकायहरू परिचालनमा रहँदा सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न स्थानमा सुरक्षा गतिविधि तीव्र बनेका छन्। यस अवधिमा कैदी नियन्त्रणदेखि हतियार बरामद र शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजसम्मका महत्वपूर्ण कार्य सम्पन्न भएका छन्। नेपाली सेना परिचालन भएपश्‍चात मिति २०८२ भदौ २५ गते बेलुका १८।०० बजेदेखि मिति २०८२ भदौ १०।३० बजेसम्मको सुरक्षा अद्यावधिक विवरण अनुसार, सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको चाँदनी क्षेत्रमा भारततर्फ भाग्न खोजेका सातजना कैदीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ। त्यस्तै, एकजना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाएका छन्…

Read More

सिन्धुली। सिन्धुलीमा प्रहरीले बिहीबारसम्म कारागार कार्यालय फोरेर भागेका १६९ जना कैदीबन्दीलाई पक्राउ गरेको छ । कारागार कार्यालय सिन्धुलीमा बुधबार बिहान आगजनी गरी मुख्य गेट तोडेर भागेका ४७१ कैदीबन्दीमध्ये विभिन्न ठाउँबाट ती कैदीबन्दीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १६० जनालाई बुधबार रातिसम्म र नौ जनालाई बिहीबार बिहान पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ गरेकामध्ये १४५ जना पुरुष र २४ जना महिला कैदीबन्दी रहेका छन् । बिहीबार विहान कमलामाई नगरपालिका –५ बेसारेबाट चार जना र मरिण गाउँपालिका –६ बाट दुई जना पुरुषलाई उनीहरुको घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइदै गरिएको छ ।…

Read More

काठमाण्डौं । प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। जेनजी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन जलेर ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। बुधबार एक बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। महासचिव पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १।०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि…

Read More