Author: Transparentgroup

काठमाडौ । एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो । जवाफमा श्रीलंकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जित दर्ता गर्यो । हङकङका कप्तान निजाकत खानले सानदार अर्धशतकीय प्रदर्शन गरे। उनले ५२ रन बनाए भने अन्सु रथले ४८ रनको योगदान दिए। जिसान अलीले २३ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउन मद्दत गरे। श्रीलंकाका बलरमध्ये दुस्मन्था चमीरा सबैभन्दा सफल रहे, जसले…

Read More

काठमाडौं । बिमा क्षेत्रको समग्र नियमन गर्ने राज्यसंस्थाले आफ्नै मातहतका संरचना र पूर्वाधारहरूको बिमा नगर्दा हालैको ‘जेनजी आन्दोलन’बाट अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नु पर्ने अवस्था आएको छ। सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री निवास, प्रहरी कार्यालय, विभिन्न मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहका कार्यालयजस्ता अधिकांश सरकारी संरचनाहरू बिमा नभएका कारण क्षतिपूर्तिको दाबी गर्न नसक्ने भएका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि समेत सरकार सचेत नहँदा अहिले पुनः अर्बौंको आर्थिक भार सरकारको काँधमा आएको हो। सरकारी सवारी साधनहरूमा पनि सामान्य तेस्रो पक्ष बिमा मात्र भएकाले धेरैजसो क्षतिको जिम्मेवारी सरकारकै बन्ने देखिएको छ। प्राधिकरणका अनुसार, सरकारी सम्पत्तिको बिमा गर्न पटक–पटक आग्रह…

Read More

काठमाडौं । नेपालको संघीय संरचना कार्यान्वयनका लागि तयार पारिएका महत्वपूर्ण विधेयकहरू प्रतिनिधि सभा विघटनसँगै निष्क्रिय भएका छन्। संघीय निजामती सेवा, विद्यालय शिक्षा, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका कानुनहरू अन्तिम चरणमा पुगिसकेका बेला संसद् विघटन भएपछि ती सबै विधेयक निष्क्रिय बनेका हुन्। संघीय संसद् सचिवालयका अनुसार हालसम्मको प्रारम्भिक विवरणमा ३० वटा विधेयक निष्क्रिय भएका छन्। सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न विधायिकीय चरणमा रहेका ती विधेयकहरू अब संसद् पुनर्गठन नभएसम्म अघि बढ्न नसक्ने जानकारी दिनुभयो। संघीय संरचनाका प्रमुख विधेयक अवरुद्ध नेपाल संघीय शासन प्रणालीमा प्रवेश गरेको एक दशकपछि बल्लतल्ल बनेका कानुनी मस्यौदाहरू प्रतिनिधि सभा विघटनसँगै शून्यमा पुगेका छन्। निजामती सेवा विधेयक त दुबै…

Read More

काठमाडौं, ३० भदौ । मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको हो । गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले असोज १ गते सार्वजनिक बिदा दिएर देशभर झण्डा झुकाउने निर्णय भएको बताए । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिईन् । प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्को यो पहिलो बैठक हो ।

Read More

३० भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । जेनजी प्रदर्शनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका छन् । तीनै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका थिए । उनीहरू सम्मिलित बैठक अहिले बसिरहेको हो ।

Read More

काठमाडौं, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि सरकारी सेवा तथा सुविधा नलिने घोषणा गरेका छन् । प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा रहेको सरकारमा महत्वपूर्ण मन्त्रालय सम्हाल्न लागेका खनालले तलब, मन्त्री क्वार्टर, गाडीलगायतका कुनैपनि सुविधा नलिने भएका हुन् । नवनियुक्त मन्त्रीहरुको अहिले शितलनिवासमा शपथग्रहण समारोह राखिएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो टिममा कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई पनि ल्याएकी छिन् । घिसिङलाई उर्जा मन्त्रालयसहित सहरी विकास र भौति पूर्वाधार मन्त्रालयको पनि जिम्मा दिईएको छ ।

Read More

काठमाडौं, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले  आज (सोमबार) शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले नेपाल भ्रष्टाचारको कारणले बिग्रिएको बताए । अहिले जेन–जी पुस्ताले उठाएको विषय पनि भ्रष्टाचारको अन्त्य नै रहेको उनले बताए । भ्रष्टाचार अन्त्यको विषयलाई आफूले जीवन मरणको विषय लिएको पनि उनल बताए । यदि भ्रष्टाचार नियन्त्रण भएन र कसैले बेवास्ता गरेको पाइएको खण्डम कडाभन्दा कडा कारबाही गरिने पनि उनले बताए । जो जेन–जी पुस्ताले उठाएको विषय हो । नेपाल बिग्रेको पनि यही कारणले हो । अब कसैले पनि, कुनै पनि निकायले, कतै पनि अनियमितता, भ्रष्टाचार गरेको भेटियो भने बढीभन्दा बढी कारबाही गर्नेछौं…

Read More

काठमाडौं, ३० भदौ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । उनले यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई जनही १ लाख किरिया खर्च दिने निर्णय लिएका छन् । यस्तै, गृहमन्त्री अर्यालले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने र शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय लिएका छन् । प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनबमोजिम शव घरसम्म पुर्याउनको लागि पनि सरकारले नै सबै व्यवस्था गर्ने निर्णय लिएका छन् ।

Read More

काठमाण्डौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गते भएको आगजनी र तोडफोडबाट नेपाल प्रहरीका क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेकी छन्।शनिबार उनले प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त महाराजगन्जको निरीक्षण गरेकी हुन्।शनिबारै उनले भदौ २३ गते भएको आन्दोलन क्रममा घाइते भई ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचाररत बिरामीहरूलाई पनि भेटिन्। दुई दिनको प्रदर्शनमा तीन जना प्रहरीले ज्यान गुमाएका छन् र कयौं घाइते छने। काठमाडौं उपत्यकाका अधिकांश प्रहरी वृत्तहरूमा आगजनी र तोडफोड गरिएको छ। काठमाडौंको जिल्ला प्रहरी परिसर बाहेक अन्य वृत्तहरूमा धेरै ठूलो क्षति पुगेको छ। क्षतिले प्रहरीको मनोबल घटेको अवस्था छ। घाइते भएको, बस्ने ठाउँको उपयुक्त स्थान नभएको, पोसाक र हतियार…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागारमा फर्किएका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने दिउँसो आफैँ कारागार पुगेका थिए, तर सुरक्षाको कारण देखाउँदै प्रशासनले उनलाई भित्र प्रवेश गराउन करिब पाँच घण्टा लगाएको थियो। लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको कारण देखाउँदै कारागारबाट बाहिर निस्किएका थिए। अदालतको आदेशबिना परिस्थितिको फाइदा उठाउँदै बाहिरिएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो। यसै सन्दर्भमा, शनिबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफ्नो जन्मदिनको अवसर पारेर कारागार फर्किन लागेको घोषणा गरेका थिए। ‘आज यस देशको नेतृत्वमा…

Read More