Author: Transparentgroup
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती काठमाडौँ आइपुगेका छन्। सिंगापुरमा उपचार सकेर देउवा र आरजु राणा देउवा शुक्रबार राति काठमाडौँ आइपुगेका हुन्। उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए। आज पनि सिंगापुर विमानमार्फत नै फर्किएका हुन्। आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेसनेताहरूले बताएका थिए। पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर उँडेका थिए। वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने…
काठमाण्डौं । तत्कालीन नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सविन सिग्देल अध्यक्ष रहनेगरी र निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै आज दर्ताका लागि निवेदन दिएको हो । पार्टीको उपाध्यक्ष यमुना पुडासैनी र युगल ढकाल, महासचिव सुरेशप्रसाद केसी, सचिवमा नवीनकुमार साह, चन्द्रकला बाँस्तोला, सुशीला महतो र सचिव शुभेक्षा श्रेष्ठ र कोषाध्यक्षमा राधिका नेपाली छन् । सदस्यहरूमा शिशिर आदित्य गौतम, रोमन पराजुली, रामचन्द्र कार्की, किरण चन्द, सन्ध्या नेपाल, समृद्धि विष्ट, युनिक शर्मा, प्रवीणकुमार यादव, सौरव दवाडी, सौम्य श्रेष्ठ, विशाल गेलाल, अभय शर्मा, वर्षा…
काठमाडौं । निर्वाचन आयोगमा जेनजी आन्दोलनपछि २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका हुन् । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ सोशोधन गरी ९ असोजदेखि मतदाता नामावली दर्ता आह्वान गरेको थियो । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न योग्य धरै जेनजीहरू बञ्चित हुने भएपछि सरकारले अध्यादेशमार्फत मतदाता नामावली संकलनको बाटो खुला गरेको थियो । मतदाता नामावली ऐन अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानुनी…
काठमाण्डौं । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौँ उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ। ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको…
जनकपुरधाम । मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् । सभामुख मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए । उपसभामुख ईशरले सभामुखद्वारा गरिएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै ती पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पारेकी छन् । उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको भन्दै बिहीबार सूचना जारी गरेकी छन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ । आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण,दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त…
काठमाण्डौं । नेपाल क्रिकेट संघ ९क्यान० ले मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको टिकट दर र बिक्रीबारे आधिकारिक जानकारी दिएको हो। क्यानले खेलका विभिन्न चरण र सुविधाअनुसार टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ– साधारण र प्रिमियम। उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १५०० तोकिएको छ। साताका अन्य दिन ९आइतबारदेखि शुक्रबार० हुने खेलहरूका लागि साधारण टिकट रु ५०० मा उपलब्ध हुनेछ भने प्रिमियम टिकटको मूल्य रु १०००…
जनकपुरधाम । मधेश प्रदेशसभाका पाँच सांसद पदमुक्त भएका छन्। सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि उनले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको उल्लेख गर्दै उनीहरूलाई पदमुक्त गरेका हुन्। पदमुक्त हुनेमा सांसद उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय यादव, सिंहासन कलवार र सारदा प्रसाद कलवार रहेका छन्। उनले आजै एक सूचना जारी उनीहरूको पद रिक्त रहेको जानकारी गराएका छन्।
जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता गराएका छन्। आज मधेश प्रदेशसभा सचिवालयमा सभामुख मण्डलविरुद्ध सात राजनीतिक दलले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा ९माओवादी केन्द्र०, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले ६४ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गराएको छ। प्रदेशसभामा १०७ सदस्य रहेको छ। अहिले तीन जना सांसद निलम्वनमा छन्। आजै सभामुखले ५ सांसदलाई पदमुक्त घोषणा गरेका छन्।
काठमाण्डौं । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ। दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते ९२३ अक्टोबर २०२५० देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानि अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो। नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भइरहेको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ। यसरी कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क