Author: Transparentgroup

काठमाण्डौं । सर्वोच्च अदालतले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्न निर्देशन नदिएको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताएका छन्। प्रधानन्यायाधीश राउतले सरकारलाई ‘कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर’ मात्रै भनेको बताएका छन्। सर्वोच्च अदालतमा नौ जना न्यायाधीशले सीधा कुरा डटकमको फैसलामा के भनेको छ भने कानुन बनाएर नियमन गर है भनेको छ, त्यत्ति हो। बटम लाइन त्यत्ति हो,’ प्रधानन्यायाधीश राउतले भनेका छन्, ‘कानुन बनाएर सामाजिक सञ्जाललाई नियमित गर भनेको हो।’ कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर्ने कुरा संसारमा जहाँ पनि ‘स्ट्याडर्ड प्राक्टिस’ रहेको पनि बताएका छन्। ‘कुनै पनि कुरा गर्दा खेरी कानुन बनाउनु, कानुन बनाएर नियमित गर्नु भनेको हो, अरू केही भनेको…

Read More

असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

Read More

काठमाडौँ असोज/ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन। तीनवटै मन्त्रालयका कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए। “चालु ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको बताए। भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त…

Read More

काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ मा हुने संघीय निर्वाचनका लागि विदेशी सहयोगको आवश्यकता नरहेको बताएका छन्। उनका अनुसार, चालु आर्थिक वर्षको बजेटमा समावेश परियोजनाहरू र बाँकी रकमलाई उपयोग गरेर चुनाव खर्च र पुनर्निर्माण दुवै सम्भव छ। खनालले बताएअनुसार, हालैसम्म सञ्चालनमा नआएका १,३०० भन्दा बढी आयोजना छन्, जसबाट करिब रु १ खर्ब १० अर्ब बजेट उपलब्ध गराउन सकिन्छ। साथै, गोष्ठी, बैठक र अन्य शीर्षकका लागि छुट्याइएको करिब रु १२ अर्ब पनि योजना अनुसार उपयोग गर्न सकिने बताइएको छ। सरकारले यी बजेट स्रोतको प्रयोग गरेर: आन्दोलनमा ज्यान गुमाएका परिवारलाई सहयोग, सार्वजनिक संरचना पुनर्निर्माण, क्षति भएका घरधुरीहरूको सहायता, जस्ता कामहरू…

Read More

काठमाडौं — पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई, २४ भदौमा उनका आफ्नै निवासमा भएको आगजनी र तोडफोडका क्रममा गम्भीर घाइते बनाइएको थियो। उपचार प्रक्रिया अन्तर्गत कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको बायाँ हात काट्नुपर्ने निर्णय गरिएको हो। उपचारपछि अहिले उनी वार्डमा सारिएकी छन्, र अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ।

Read More

काठमाडौं — गृह मन्त्रालयले काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ। उनको स्थानमा एसएसपी रमेश थापा नियुक्त गरिएको छ, जो हाल प्रहरी प्रधान कार्यालय, नक्सलमा कार्यरत थिए। थापा पहिले पनि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्डमा काम गरिसकेका छन्। २३ भदौमा भएको “जेनजी” प्रदर्शनका क्रममा प्रहरीले व्यापक रूपमा बल प्रयोग गरेको, स्थिति नियन्त्रण बाहिर गएको र प्रदर्शनकारीहरूले संसद भवन प्रवेश गरी तोडफोड र आगजनी गरेको थियो। त्यहाँ सिंहदरबार र अन्य महत्त्वपूर्ण संरचनाहरूमा समेत क्षति पुगेको थियो।

Read More

काठमाडौं, असोज ।आज (बिहीबार) अपरान्ह मोदीसँग प्रधानमन्त्री कार्कीको भिडिओ सम्वाद भएको थियो । सो क्रममा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छालाई प्रधानमन्त्री काकीएले समर्थन गरेकी छिन् । यस्तै, भारतीय प्रधानमन्त्री मोदीले नेपालकी प्रधानमन्त्री कार्कीलाई उनको नियुक्तिमा बधाई दिंदै भारत सरकार र भारतीय जनताको तर्फबाट शुभकामना व्यक्त गरेका छन् । मोदीले नेपालमा हालै भएका विरोध प्रदर्शनका क्रममा भएको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको पनि नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । मोदीले दुई देशबीचको विशेष सम्बन्धलाई थप सुदृढ पार्न सदैव मिलेर काम गर्न भारत तत्पर रहेको र शान्ति र स्थिरता पुनस्र्थापना र नेपाली जनताको प्रगतिका लागि नेपालको…

Read More

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Read More

काठमाडौं, असोज । आज (बिहीबार) दिउँसो प्रधानमन्त्रीको कार्यालय पुगेर चिनियाँ राजदूत सोङले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले पहिलो पटक भेटवार्ता गरेका हुन् । भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं । आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ,’– भेटका क्रममा राजदूत सोङले भनेका थिए ।

Read More

असोज, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी निर्वाचनमा मतदानमा संलग्न गराउन कानुन संशोधन गर्ने भएको छ । अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि मतदानमा सबैलाई अवसर प्रदान गर्ने सरकारको योजना छ । सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी आदेश दिए पनि हालसम्म कार्यान्वयन भएको छैन । जेनजी युवा आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गराउने निर्णय गरेको छ । यस सम्बन्धमा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आज छलफल गरी विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको अवसर…

Read More