Author: Transparentgroup

काठमाडौं। वेस्ट इन्डिजसँग संयुक्त अरब इमिरेट्स ९यूएई०मा युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीले भिसा पाएको छ। खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए । नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी )  मा समेत पहल गरेको थियो ।प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम तय भएको थियो। तर, युएईले भिसा दिन अस्वीकार गरेसँगै टोली अलपत्र परेको थियो। यद्यपि, आइतबार भिसा आएको क्यानले जनाएको छ। टोली सोमबार नै त्यसतर्फ प्रस्थान गर्नेछ। तीन खेलको यो सिरिज शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुने तय छ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

Read More

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङ काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रस्ट पारे। ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ, कम रकम कबोल गरेर ठेक्का लिएमा मेरो घरवार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना ९पेनाल्टी० हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन, ठेक्का सम्झौता गर्ने तर लामो समेयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न हुँदैन’,…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुने उपाध्यक्ष सापकोटाले बताए।

Read More

काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ । इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्‍याएको हमासले जिकिर गरेको छ । सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाइ तस्वीर सार्वजनिक गरेको हो…

Read More

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह ९आमाको बा०को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका…

Read More

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ । आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र फर्निचर मर्मत पनि सँगसँगै चलेको छ । आगजनीमा परी क्षतिग्रस्त करिब एक हजार सवारीसाधन पन्छ्याउने र व्यवस्थापन पनि सोही गतिमा चलेको देखिन्छ । मर्मत र रङरोगनका लागि केही श्रमिक खट कस्दै गरेका छन्भने कोही रङ लगाउन…

Read More

सिन्धुपाल्चोक। अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दसैँका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोकेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन् । सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी समय भएपछि सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षणपत्र समेत बुझाइसकेका छन् । मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत निर्देशन दिएका छन् । निर्देशन पछि सडक विभागका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन् । उनीहरूले तत्कालका लागि ६ मिटरको…

Read More

काठमाण्डौ. । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैं अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा(सिस्नेरी सुरूङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको बैठकमा दसैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सुरूङमार्गमार्फत जान दिने निर्देशन दिए।त्यसैगरी, दसैंपछि पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्देशन दिने निर्णय भएको हो। मन्त्री घिसिङले अहिले सञ्चालनको अन्तिम तयारीमा रहे पनि दसैंलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनलाई सुरूङमार्ग प्रयोग गर्न निर्देशन दिइएको बताए। बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र…

Read More

काठमाडौ। जेन–जी आन्दोलनका शहीद परिवार, अभियन्ता र युवाहरुले सरकारलाई युवाहरुको बलिदानलाई आत्मसात गरेर अघि बढ्न आग्रह गरेका छन् । आज ९शनिबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले जेनजी शहीदहरुको भावनालाई आत्सात् गर्न सरकारलाई सुझाव दिएका हुन् । उनीहरुले जेनजी आन्दोलनको मर्म, भावना र शहीदहरुको योगदानलाई खेर नफाल्न आग्रह गरेका छन् । कार्यक्रममा जेन–जी आन्दोलनको क्रममा काठमाडौंमा मृत्युवरण गरेका असहाव आलम ठकुराईका बुवा अमरुद्धिन मियाँ ठकुराईले छोराको सपना पूरा होस भन्ने कामना गरेका छन् । उनले सरकारले आफ्नो परिवारको सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यस्तै, उनले जेन–जी आन्दोलनमा भएको यो बर्बर दमन र हत्याको छानिबनको मागसमेत…

Read More