Author: Transparentgroup
काठमाडौँ । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ : ०० बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । अदालतको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ : ०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
काठमाडौ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा.मदन परियारलाई सिफारिस गरेकी थिईन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्तिको लागि ५ जनाको नाम पठाएको भए पनि डा.संगीता कौशल मिश्रालाई भने मन्त्री नयुक्ति गरिएन । यसअघि उनलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा.मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएर मन्त्री बन्ने तयारी गरेकी थिईन् । अख्तियार दुरूपयोग…
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने भएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले नबेच्ने जनाएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेनजी आन्दोलन र सडक अवरोधका कारणले यस वर्ष खसी, बोका र च्याङ्ग्रा ल्याउन नसकेको बताए। देशमा देखिएको परिवर्तित राजनीतिक घटनाक्रमले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी चरणमा असहज अवस्था सिर्जना गरेको उनको भनाइ छ। सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको बताउँदै उनले लामो समय खसी ,बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताए। खसीबोका र…
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आईतवार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो। समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए। जेनजी आन्दोलनका क्रममा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी भीषण हत्या भएको थियो। उक्त दमनको विरोधमा भोलिपल्ट देशभर तोडफोड र आगजनी भएको थियो।
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउँदै गरेका डा। महावीर पुनले आफूलाई कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन्। उनले आज समाजिक सञ्जालमा लेखेका छन्, ुमलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ुकवाडी वैज्ञानिक मन्त्री भन्नु होला।ु त्यस्तै पुनले मन्त्री भएपश्चात् आफूलाई बधाई दिन खादामालाको सट्टा ठोस काम र आईडिया लिएर आउन आग्रह गरेका छन्। ुकसैले पनि ूलौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला,ु उनले लेखेका छन्, बरू शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र…
काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ । रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताउनुभयो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने…
काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज ( सोमबार ) देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ…
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका(६ स्थित तुइनखोलामा आएको पहिरो हटाउने काम सकिएको छ। सडक डिभिजन कार्यालय, चितवनले दुवैतर्फबाट मेसिनहरू निरन्तर काम लगाएर पहिरो हटाइसकिएको र सडक आवागमन सुचारु गरिएको जानकारी दिएको हो। ४५ घण्टापछि यातायात सञ्चालनमा आएको हो। शुक्रबार साँझदेखि ठूलो पहिरो गएपछि त्यो क्षेत्र हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको थियो। शनिबार दिनभर पहिरो हटाउने प्रयास भएको भए पनि पहिरो आउन क्रम नरोकिएका कारण आइतबार बिहान ३ बजेसम्मलाई स्थगन गरिएको थियो। सडक डिभिजन कार्यालय, चितवनले नारायणगढतर्फ ३ वटा स्काभेटर लोडर र मुग्लिङतर्फ पनि ३ वटै स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो। माथिबाट पहिरो…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त राईले राष्ट्रपति पौडेलसँग आइतबार बिहान आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
काठमाण्डौं । जेन(जी प्रदर्शनका क्रममा घाइते भएकाले गृहमन्त्रीलाई भेटेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले रियल जेनजीसँग भेट भएको भन्दै खुसी भएको बताएका छन् । ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले जेन(जीको नेतृत्व हाइज्याक भएको गुनासो गरे । आफूहरूले गृहमन्त्रीलाई जेन(जीको नेतृत्व हाइज्याक भएको व्यक्तिगत र सामूहिक रुपमा सुनाएका बताउँदै उनीहरूले गृहमन्त्रीले अब एक स्टेप कदम चाल्ने आश्वासन दिएको पनि बताए । जेन–जी आन्दोलनका घाइतेले हामी नेपालका संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन्। आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन गएका घाइतेहरूले आक्रोशित हुँदै सुदनलाई यस्तो चेतावनी दिएका हुन्। बिहानै गृहमन्त्री अर्याल भेट्न सिंहदरबारको गेटमा पुगेका घाइतेहरूले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क