Author: Transparentgroup

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी हिजो (सोमबार) बेलुका केन्द्रीय कारागार सुनधारामा फर्किएका हुन् । जेन–जी आन्दोलनका क्रममा कैदीबन्दीहरुले जेल तोडेर भाग्ने क्रममा गत भदौ २४ गते रायमाझी पनि फरार भएका थिए । सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंका अनुसार रायमाझी आफैं कारागार फर्किएका हुन् । पूर्वउपप्रधान तथा ऊर्जा मन्त्री रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा विगत २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् । जेन–जी आन्दोलनको क्रममा सुनधारा कारागारबाट करिब ३ हजार ३ सय कैदीबन्दीहरु भागेका थिए । तीमध्ये कतिपयले आफैं आउने जानकारी गराएको जेल प्रशासनले बताएको छ भने कतिपयको खोजी कार्य भइरहेको छ…

Read More

काठमाडौं । मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिएको हो । गृहमा कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई भने राष्ट्रिय योजना आयोगमा सुरुवा गरिएको छ । पूर्व गृहमन्त्री रमेश लेखकले दुवाडीलाई राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी दिएका थिए । उनी आगामी मंसिरमा अनिवार्य अवकाशमा जाँदै छन् । त्यस्तै, यसअघि राष्ट्रिय योजना आयोगका सचिवमा कार्यरत सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

Read More

काठमाण्डौं । जेनजी आन्दोलनबाट उत्पन्न नयाँ परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को केन्द्रीय समिति वैठक अहिले बसिरहेको छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा मौनधारण गरेर सुरू भएको बैठकमा समसामयिक राजनीति र रास्वपाको आन्तरिक जीवनबारे छलफल हुँदैछ । सभापति रवि लामिछानेको कारागार रिहाइ प्रकरणले गर्दा रास्वपा नेतृत्वमाथि विभिन्न प्रश्नहरू उठिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको हो। जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरी बैठक सुरु गरिएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार बैठकमा यी…

Read More

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले निजी…

Read More

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ ( क्यान ) ले सोमबार राति नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानले सामाजिक सञ्जाल फेसबुकमार्फत जर्सी सार्वजनिक गरेको हो। नयाँ जर्सीको कुमको भागमा चन्द्र र सूर्य अंकित गरिएको छ। माथिको भागमा निलो रङको जर्सी देखे पनि मुनिको भागमा हल्का रातो रङ रहेको छ। त्यस्तै, सोही रातो भागमा सगरमाथाको चित्र राखेको छ। जर्सीको बायाँ पटीको सानो भागमा क्यानको लोगा रहेको छ भने बिच भागमा नासा सेक्युरिटीजको लोगो रहेको छ। नासा सेक्युरिटीजले जर्सीको स्पोन्सर गरेको हो।

Read More

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको विषय चुनौतीपूर्ण रहे पनि फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्भव रहेको निर्वाचनविज्ञले बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगलाई विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित हुने गरी निर्वाचनको तयारी गर्न आग्रह गरेपछि सो विषयले चर्चा पाएको छ । आयोगका पूर्वआयुक्तले युद्धस्तरमा तयारी गरे सम्भव हुने धारणा व्यक्त गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आँट गरेर काम सुरु गरे विदेशमा रहेका नेपाली नागरिकले आगामी फागुन २१ गते मतदान गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि सो विषय छलफलमा रहे पनि आयोगले यतिबेला आएर तयारी गर्नु उपयुक्त…

Read More

सिन्धुपाल्चोक । गत साउन ७ गतेदेखि बन्द रहेको तातोपानी नाकास्थित इको पहिरोमा ट्रयाक खुलाएर सडक सुचारु गरेपछि चिनियाँ क्षेत्रमा रोकिएका मालबस्तु बोकेका कन्टेनर तातोपानी भन्सार आउन थालेका छन् । अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गतको इको पहिरो सडकखण्ड पन्छाएर सडक सञ्चालन गर्न निर्देशन दिएपछि सडक डिभिजन कार्यालय चरिकोटले दुई महिनादेखि पन्छाउन नसकेको इको पहिरो पन्छाएर ट्रयाक खोलेर कन्टेनर भन्सार आउने वातावरण मिलेको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीकानुसार आइतबार पहिरो पन्छाएर सोमबार ग्राभेल गरी कन्टेनर सञ्चालन गर्ने जानकारी दिनुभयो । इको पहिरो पन्छाउन इलेक्ट्रो हाइड्रोको समेत प्रयोग गरिएको थियो । तीन वटा एस्काभेटर,…

Read More

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए। उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन्। कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४०…

Read More

काठमाडौ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमा नै सुत्ने र त्यहीँ पकाएर खाने बताएका छन् । मन्त्रीको रुपमा आज पद तथा गोपनियताको शपथग्रहण लिएपछि मिडियाकर्मीहरुबाट घेरिएका मन्त्री पुनले यस्तो बताएका हुन् । उनले आफू किताब बेच्दै गर्दा मन्त्री बनाईएको भन्दै अहिले नै के के योजना छन् भनेर नसोध्नपनि पत्रकारहरुलाई सम्झाए । तर, आफू विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेकोले यसमा नयाँ नयाँ आविष्कार गर्ने र शिक्षालाई पनि सुधार गर्ने उनको प्रतिबद्धता छ । ‘मेरो त जहाँ काम गर्‍यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। आज चार जना मन्त्रीहरुले शपथ लिएसँगै उनी नेतृत्वको मन्त्रिपरिषद्मा ७ जना मन्त्रीहरु भएका छन् । मन्त्रिपरिषद्को पहिलो वरियतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल नै छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल रहेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले ४ मन्त्री नियुक्त गर्नुको साथै मन्त्रालय समेत हेरफेर गरिएको छ । दोस्रोमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, तेस्रोमा गृहमन्त्री ओमप्रकाश अर्याल छन् । आज शपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर…

Read More