Author: Transparentgroup
काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्नका लागि कम्पाउन्डिङ जालीले छोपिएको छ । क्षतिग्रस्त सिंहदबार धमाधम कम्पाउन्डिङ जालीले छोपिएको हो । भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेको थियो । आगजनीको कारण भवन क्षतिग्रस्त भएको छ । सिंहदरबारका अधिकांश संरचना जलेर क्षतिग्रस्त भएको छ । कहिलेदेखि मर्मत गर्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । आगजनीकै कारण केही भवनहरु प्रयोग गर्न नमिल्ने प्राविधिकहरुले बताएका छन् । यसअघि सिंहदरबार परिसरमा जलेका सवारीसाधनहरु हटाइएको थियो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन् । फागुन २१ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेनजी मतदातासमेतलाई मताधिकार दिलाउन उक्त अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएसँगै रोकिएको मतदाता नामावली दर्ता दर्ता प्रक्रिया खुलेको छ । गत असार १६ मा रुपन्देहीमा उपनिर्वाचन घोषणा भएपछि असार १६ देखि मतदाता नामावली दर्ता प्रक्रिया बन्द थियो । अध्यादेश जारी भएसँगै अब निर्वाचन आयोगले तोकेको मितिसम्म मतदाता नामावली दर्ता प्रक्रिया जारी रहनेछ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए। तोकिएकै मितिमा निर्वाचन गराउनको लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि बताए। जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।
ललितपुर । भैंसेपाटीस्थित नयाँ मन्त्री निवास जेनजी आन्दोलनका क्रममा जलेपछि वर्तमान सरकारका मन्त्रीहरू अहिले आफ्नै निवासमा बसिरहेका छन्। भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासमन्त्री कुलमान घिसिङ काठमाडौंको महांकालस्थित आफ्नै निजी निवासमा बस्ने गरेका छन्। मन्त्री हुनुअघि पनि उनी त्यही नै बस्ने गरेका थिए। गृहमन्त्री ओमप्रकाश अर्याल पनि निजी निवासमै बस्ने गरेका छन। ललितपुरको सानेपामा उनको निवास छ। त्यस्तै उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा पनि आफ्नै निवासमा बस्ने गरेका छन्। काठमाडौं नारायणहिटी दरबार संग्रहालयनजिकै उनको घर छ। कृषि तथा पशुपन्छी विकासमन्त्री डा। मदनप्रसाद परियार पनि आफ्नै निवासमा बस्ने गरेका छन्। काठमाडौंको कलंकी स्युचाटारमा उनको निवास छ। यसैगरी…
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न अनुरोध गरेका छन्। मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै फोन र मेसेज नगर्न आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘अनुरोध( अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला।’ यही असोज ६ गते शिक्षामन्त्रीमा नियुक्त पुनले त्यही दिन विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका थिए। मन्त्रालयका…
काठमाण्डौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले मंगलबार बिहान जारी गरेको विज्ञप्तिअनुसार यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने, विज्ञप्तिको बुँदा नम्बर ५ संगठन संरचना सुधार शीर्षकमा भनिएको छ, नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको…
काठमाण्डौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो। न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो। ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो। चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो। सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो। राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए। आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे। लुटपाट भयो। ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ। नयाँ सोच, नयाँ विश्वास र भरोसाका…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले जेनजी आन्दोलनमा पार्टी सहभागी रहेको खुलासा गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको स्विकारेका हुन्। पार्टीको झण्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाइ छ। उनले पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरूको आन्दोलनमा सक्रिय भूमिका रहेको स्पष्ट पारे। तुलनात्मक रूपमा जेनजी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरू सहभागी भएको उनको स्पष्टोक्ति छ। झाले भने, ‘हाम्रो पार्टीमा जेनजी अहिले पनि हुनुहुन्छ। हाम्रो प्रतिनिधिसभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ। उहाँहरू पनि जानुभएको थियो। तत्कालीन केन्द्रीय सदस्य सुमनाजी‚ गणेश…
काठमाण्डौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि तीनवटा महत्वपूर्ण निर्देशनहरू जारी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत उनले निर्देशनहरू सार्वजनिक गरेका हुन्। मन्त्री पुनको पहिलो निर्देशन देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर शिक्षालाई अनिवार्य र प्रभावकारी बनाउने सम्बन्धी छ। ‘नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने,’ निर्देशनमा भनिएको छ। दोस्रो निर्देशन विश्वविद्यालयहरूको परीक्षाफल प्रकाशनमा हुने ढिलासुस्तीप्रति लक्षित छ। केही विश्वविद्यालयले नतिजा प्रकाशनमा ८ महिनादेखि एक वर्षसम्म लगाउँदा विद्यार्थीको भविष्यमा अपूरणीय क्षति पुगेको ठहर गर्दै मन्त्री पुनले परीक्षा…
काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा जुटेको छ। यसकै तयारीका आज प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने बताइन्। त्यस्तै उनले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने पनि जानकारी गराइन्। उनले निर्वाचनका लागि आवश्यक तयारी कार्य तत्काल अघि बढाउन पनि निर्देशन दिइन्। सो छलफलमा निर्वाचन आयोगको तर्फबाट…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क