Author: Transparentgroup

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने समय तोकेको छ । आज ( बिहीबार )  बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ । उनले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्न पाउने पनि बताए । निर्वाचनको घोषणा भएसँगै मतदाता नामावली संकलन रोक्ने व्यवस्था रहेको छ । तर, सरकारले बुधबार अध्यादेश जारी गर्दै मतदाता नामावली संकलनको लागि बाटो खुला गरेको थियो । गत भदौ २३…

Read More

काठमाडौं । नयाँ शक्ति नेपालका नेता एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) , बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्ने उनको जोड छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा। भट्टराईले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदय हुनु भएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जुन नयाँ पुस्ता आगाडि आएको छ, तपाईंहरू एक ठाउँमा आउने अथवा सहकार्य गर्ने वातावरण तपाईंहरूले बनाउनुपर्छ ।’ उनले थप भने, ‘सकेसम्म मिल्नेहरू जतिले खास एजेन्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने,…

Read More

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रको रक्षाका लागि आगामी फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा दाहालले यस्तो जोड दिएका हुन्। निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष पहल गर्ने समेत उनले उल्लेख गरे। बैठकमा अध्यक्ष दाहालले राजनितिक एंव संगठनात्मक प्रस्ताव राखेका छन्। नेकपा ( माओवादी केन्द्र )  को केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा विहान ११ बजेदेखि बैठक सुरु भएको हो । यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा राजनीतिक…

Read More

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेजीको निर्णय गरेको छ । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोगलाई खारेज गर्ने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गत कात्तिकमा गठन आदेशमार्फत हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो । आयोग खारेज गरेसँगै १ हजार ४ सय ४४ पदाधिकारी तथा कर्मचारीले जागिर गुमाएका छन् । पदाधिकारी तथा कर्मचारीको तलबभत्तामा मासिक ६ करोड खर्च हुँदै आएको थियो ।

Read More

काठमाडौँ । जेनजी आन्दोलनका बेला विभिन्न कारागार, बन्दीगृह र प्रहरी हिरासतबाट भागेकामध्ये करिब ७ हजार ८ सय ४३ कैदीबन्दी र थुनुवा पक्राउ परेका छन् । भागेका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये अझै ६ हजार २ सय फरार छन् । फरारमध्ये करिब १ हजार विदेशी नागरिक हुन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा राज्यले दमन गरेको भोलिपल्ट प्रदर्शन भड्किएको मौकामा कारागार तथा प्रहरी हिरासत तोडफोड र आगजनी गरेर कैदीबन्दी एवं थुनुवा भागेका थिए । २४ भदौमा २८ वटा कारागाररबालसुधार गृह र डेढ सयभन्दा बढी प्रहरी हिरासतमा तोडफोड र आगजनी भएको थियो । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार जेल तोडेर भागेका कैदीबन्दीमध्ये बुधबार साँझसम्म…

Read More

काठमाडौ‌ । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका(४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका(३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२ पासाङल्हामु राजमार्गस्थित नेपाल(चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका(५ स्थित मुग्लिङ(नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका(४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूर्व(पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली(मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्…

Read More

काठमाडौं । अध्यागमन विभागको सेवा दशैंको टीकाको दिन मात्र बन्द हुने भएको छ । दशैंको सार्वजनिक बिदाको अन्य दिनहरुमा पनि सेवा जारी रहने छ । दशैंको बिदा अवधिमा टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने विभागले जनाएको छ । सरकारी कार्यालयहरुमा दशैंको फूलपातिको दिनदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । तर अध्यागमन विभागले फूलपातिदेखि नवमीसम्म पनि सेवा जारी राख्ने जनाएको हो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले बताए । यही असोज १६ गते दशैंको टीकाको दिनमा भने यी सेवा…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । बैठकमा विकसित राजनीतिक परिस्थितिबारे प्रचण्डले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ । त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले बताएका छन् । प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल हुनेछ । माओवादीका उपमहासचिव जनार्दन शर्माले समसामयीक परिस्थितिमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने विशेष महाधिवेशनको माग गर्दै आएका छन् । जनेजी युवा आन्दोलनपछि उनले अध्यक्ष प्रचण्डको राजीनामा नै…

Read More

दोधारा चाँदनी ( कञ्चनपुर )  । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल गएझैँ अन्तर्राष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उहाँले भन्नुभयो, “दाइको रिहाइको विषय अन्तर्राष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।” विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो ।…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि ( बिहीबार)  साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।

Read More