Author: Transparentgroup
काठमाडौँ । नेपाल प्रहरीले करिब एक हजार ६०० सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीले शुक्रबार सूचना निकालेर एक हजार ५५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ११ हजार, १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो। प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न मात्र जाने पुग्नेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए । अमेरिकामा रहेका देवकोटाले भने, ‘१० महिनाको भाडावापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका…
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कुशासनविरुद्धको आन्दोलनपछि नयाँ परिस्थिति सिर्जना भएको भन्दै प्रहरीले राजनीतिबाट प्रेरित नभई कानूनबमोजिम कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को लाजिम्पाटस्थित कार्यालय निरीक्षण गर्दै गृहमन्त्री अर्यालले त्यस्तो निर्देशन दिएका हुन् । पहिला कुशासन थियो, त्यसकारण आन्दोलन भयो’, उनले भने, ‘अब सुशासनका निम्ति प्रहरीले कानूनबमोजिमका कामहरू प्रभावकारी ढंगले गर्दै जानुपर्ने छ ।’ गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । उनले प्रहरीलाई कुनै पनि काम राजनीतिक आधारमा प्रेरित नभई कानूनबमोजिम गर्न भनेका छन् ।
काठमाडौं । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन९दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ । डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।
काठमाण्डौं । शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले युवालाई आउँदा २१ फागुनमा हुने चुनावको तयारीमा लाग्न अनुरोध गरेका छन्। उनले बाँडिएर होइन, एकजुट भएर निर्वाचनमा भाग लिन युवालाई अनुरोध गरेका हुन्। सामाजिक सञ्जालमार्फत आह्वान गर्दै उनले भने, ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सबै जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीले चलखेल गर्न नपाऊन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्ने सबै नेपालीले योग्य, नैतिक र दृढ संकल्प भएको युवा जनप्रतिनिधि छान्न कुनै पनि झगडा नगरी संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्छु।’ उनले अगाडि भने, ‘कुहिएका नेतालाई हटाएर स्वच्छ युवा नेतालाई…
काठमाडौँ । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध छ । सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए । विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा पहिलो सम्बोधन गरेकी छन्। उनले देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री कार्कीको सम्बोधन विशेष गरी आगामी निर्वाचनको तयारीमा केन्द्रित रहने अपेक्षा गरिएको छ। सम्बोधनस्थलमा नेपाल सरकारमा मन्त्री, सचिवहरू तथा सुरक्षा निकायका प्रमुख सहभागी छन्। कार्कीले सम्बोधनका क्रममा जेनजीपुस्तालाई मतदानमा सहभागी गराउनका लागि आवहन गरीसकेको बताइकी छन् । त्यसै गरी बिदेशमा रहेका मतदाताहरुलाई मतदानमा सहभागी गराउने सन्दर्भमा निरन्तर निर्वाचन आयोगसँग छलफल भईरहेको प्रधानमन्त्री कार्कीले बताईन् । कार्की जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी हुन्। ‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन…
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो । प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन पनि गर्ने कार्यक्रम छ ।
काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ। गत २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले स्रोतको अभावमा सहायता लिन लागेको हो। त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ। त्यस्तो कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्न सक्नेछन्। अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माणका लागि सरकारलाई स्रोतको अभाव नरहेको बताए। उहाँले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क