Author: Transparentgroup

काठमाडौं : युइएफए नेसन्स लिग फुटबलमा जर्मनी र नेदरल्याण्ड्ले फराकिलो जित निकालेका छन्। लिग ए समूह ३ को खेलमा जर्मनीले बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध ७–० गोलको जित निकालेको हो। घरेलु मैदान युरोपा पार्क स्टाडियोनमा भएको खेलमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २–२ गोल गर्दा जमल मुसिएला, काई हाभर्टज र लिरोए सानेले १–१ गोल गरे। जर्मनीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल ग¥यो। यो जितसँगै जर्मनीले समूहमा ५ खेलबाट १३ अंक बटुलेको छ। जर्मनी च्याम्पियनसिप प्ले अफको लागि छनोट भएको छ भने पराजित पराजित बोस्निया एण्ड हर्जगोभिना भने लिग बीमा झरेको छ। यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० गोलले…

Read More

काठमाडौं : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको…

Read More

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयलाई लिएर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले आगामी डिसेम्बरमा गर्न लागेको चीन भ्रमणलाई प्रचण्डले चाइना कार्ड खेल्न खोजेको, अपरिपक्वताको उदाहरण भनी गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । दुई दिनअघि भारतीय सञ्चारमाध्यम द हिन्दूलाई दिएको अन्तर्वार्तामा प्रचण्डले ओलीको चीन भ्रमणबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए । त्यसको दुई दिनपछि शनिबार एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले विज्ञप्ति जारी गरी प्रचण्डको भनाइ आधारहीन, गैरजिम्मेवार तथा नेपालको सार्वभौम पहिचान र परराष्ट्र नीति विपरीत भनेका छन् । एमालेले प्रचण्डलाई उक्त भनाइ फिर्ता लिन र माफी माग्न आग्रह…

Read More

२ मंसिर, काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनले आफ्नो अपराध स्वीकार समेत गरिसकेका छन् । प्रहरीका अनुसार उनी स्नातक तहको परीक्षामा फेल भएका थिए । त्यसैले इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने हुँदा उनी रिसाएका थिए । त्यही कारण उनले आक्रमण गरेको प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको प्रहरीले जनाएको छ । चीनमा…

Read More

२ मङ्सिर, फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका-११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई १३ हजारबराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो । हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो । लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसान सोलार प्यानल पाएपछि उत्साहित भएको…

Read More