Author: Transparentgroup

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले २३ भदौमा भएको जेनजी आन्दोलन र २४ मा भएको प्रदर्शनपश्चात् आयोगबाट गरिएको मानव अधिकार अवस्थाको अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले प्रतिवेदन सार्वजनिक गर्दै घटनामा सरकारको आँकलन नै गलत भएको कारण भएको दाबी गरेको छ । सरकारले न्यून आँकलन गरेर कम सुरक्षाकर्मी परिचालन गरेको जसका कारण अत्यधिक बल प्रयोग गरेर र त्यही कारण गोली प्रहारसम्मको अवस्था भएको आयोगको प्रतिवेदनमा भनिएको छ । आन्दोलनको पहिलो दिनको पूर्वाह्नमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयोगको प्रतिवेदनमा भनिएको छ । पहिलो दिनको…

Read More

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी‘तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन १ राजिनामा दिनुस् १ म गर्छु उनीहरुको माग पूरा एक(एक गरेर । कार्की प्रधानमन्त्री नियुक्त भएको केही दिन मात्रै भएको छ । उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकको छैन । दुई पटक मन्त्रिपरिषद विस्तार हुँदा ८ सदस्यीय पुगेको छ । कार्कीसँगै ९ मन्त्रालय रहेका छन् । अन्य मन्त्रीहरु पनि २ भन्दा बढी मन्त्रालयको जिम्मेवारीमा छन् ।…

Read More

काठमाडौं । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज खेल्दैछ ।संयुक्त अरब इमिरेट्स ९युएई०को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ । यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ । उक्त प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली…

Read More

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सधैं संकटमा रहन नसक्ने बताउँदै निकासका लागि राजनीतिक दलका नेताहरू नै अग्रसर हुनुपर्ने बताएकी छन्। शक्तिका स्रोत जनता भएको उल्लेख गर्दै भण्डारीले यस्तो बताएकी हुन्। काठमाडौंमा पत्रकार र प्राध्यापकहरुसँगको अन्तरक्रियामा उनले मुलुकमा उत्पन्न समस्या समाधानका लागि राजनीतिक दलहरु नयाँ पुस्तासँग सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राखिन्। उनले संकट समाधानमा नागरिक समाज पनि लाग्नुपर्नेमा जोड दिइन्। राजनीतिक दलहरूले जनता माझ गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाइ गर्न नहुने भण्डारीको भनाइ थियो। ‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। हामीले समाधान निकाल्नुपर्छ। हाम्रो शक्तिका स्रोत भनेको जनता हुन्। राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार…

Read More

काठमाडौँ। जेनजी आन्दोलनपछिको सरकारको आर्थिक कार्यदिशा र प्राथमिकताबारे सरकारले नेपालस्थित स्थानीय दातृ निकायका प्रमुखसँग छलफल गरेको छ । जेनजी आन्दोलनका क्रममा उठाइएको भ्रष्टाचारविरोधी तथा पारदर्शिताको मागलाई सम्बोधन गर्न तथा आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणलगायतलाई समेट्ने गरी सरकारले ल्याएको आर्थिक कार्ययोजनामा दातृ निकायले सहमति जनाएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जनाउनुभएको छ । यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीसँग नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय तथा विकास साझेदारका प्रतिनिधिले बेग्लाबेग्लै भेटघाट र छलफल गरेका थिए । त्यसपछि शुक्रवार अर्थ मन्त्रालयमा विकास साझेदारसँग सरकारले सामूहिक बैठक गरेको हो । साथै नेपालमा हाल भएको परिवर्तनपछि गठित अन्तरिम सरकार युवाको चाहना अनुरूप…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ । संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । बैठकमा उनले नेताको खानपान, लवाइ–खवाइदेखि जनमानससँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के–के…

Read More

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । दशैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा १० असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उनले यस्तो निर्देशन दिएका हुन् । आगामी २१ फागुनमा तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व तयारी सुरु गर्न मातहत इकाइलाई समेत उनले निर्देशन दिए । उनले नजिकिँदै गरेका चाडपर्वहरुमा जनताले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन थिए । साथै सीमा नाकाबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनका लागि आवश्यक स्थानमा…

Read More

काठमाण्डौं । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। उनी नेपाल सरकारका सहसचिव हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका हुन्। उनले आजै कार्यभार सम्हाल्ने अर्थ मन्त्रालयले जनाएको छ। यसअघि शरद ओझा अध्यक्ष नियुक्त भए पनि अनुभवको फर्जी कागजात बुझाएको आरोपपछि सरकारले न्यायिक समिति बनाएर छानबिन गरेको थियो।समितिले छानबिन प्रतिवेदन बुझाउँदै अध्यक्षको योग्यता नपुग्ने बताएको थियो। छानबिनसँगै ओझा निलम्बनमा परेका थिए। पछि निवर्तमान सरकारले उनलाई बर्खास्त गरेको थियो। अध्यक्षको जिम्मेवारी सरकारले सहसचिव सेवन्तक पोखरेललाई दिए पनि सर्वोच्चको आदेशबाट ओझा…

Read More

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेट गरेका छन्। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको आज भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखि महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्‍याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको जनाइएको छ। जापानको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङका लागि आवश्यक थप सहायता,…

Read More

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र ९ईडीएल० र सवारी दर्ता ९ईभीआरएस० सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख छ। यस कारण सर्वर मर्मत सम्भारको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ। यातायात व्यवस्था विभागका अनुसार प्रणाली मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा सुचारु गरिनेछ।

Read More