Author: Transparentgroup
काठमाण्डौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल९एसबान०को अध्यक्षमा सागर ढकाल विजयी भएका छन्। उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन। यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिएपनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचन भएको थियो। सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जित हात पारेका हुन्। उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन्। एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन्। यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
काठमाण्डौं । लगातार तिन खेलमा तिनवटै खेल जितेर सुदुरपश्चिम रोयल्स अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । हुनत जनकपुरले पनि तिनवटै खेल जितेको छ । तर रनरेटका आधारमा सुदुरपश्चिम शिर्ष स्थानमा पुगेको हो । आजको खेलमा इंग्ल्यान्डका २६ वर्षीय सैफ जैबको अलरान्ड प्रदर्शनले सुदूरपश्चिम रोयल्सले एनपिएलमा लगातार तेस्रो जित हात पारेको हो । । सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको छ । उक्त खेलमा सैफले ९० रन बनाउनुको साथै तीन विकेट समेत लिएका थिए । लगातार तेस्रो जितपछि सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बन्यो । लगातार तेस्रो हारपछि लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर…
काठमाडौं । उमेरले ५५ वर्ष टेकिसक्दा पनि कीर्तिपुरकि पार्वती महर्जनको जोश र जाँगरमा कुनै कमी आएको छन । घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, नवजात शिशु सरसफाइ, खोप तथा पोषण कार्यक्रमबारे जनचेतना फैलाउनु उनको मुख्य काम हो । कीर्तिपुर नगरपालिका–५ कि महर्जन विगत ३६ वर्षदेखि स्वास्थ्य सचेतना फैलाउने काममा सक्रिय छिन् । उनी अहिले सर्वसाधारण पनि स्वास्थ्यप्रति चनाखो हुन थालेको बताउँछिन् । तर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अझै पनि धौधौ पर्ने गरेको उनको अनुभव छ । महर्जन सरकारले स्वास्थ्य स्वयंसेविकालाई हेर्ने धारणा परिवर्तन हुनुपर्ने माग गर्छिन् । “अरु जागिर भएको भए अहिलेसम्म त पेन्सन पाकिसक्थ्यो होला । हाम्रो पनि भत्ता बढाइदिएको…
सुर्खेत । लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो । मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गरेको मन्त्रीका सूचना प्राविद्यि सहायक टेकबहादुर शाहीले जानकारी दिए । कर्णालीमा ३३ वटा ठूला आयोजनाहरू अलपत्र पर्दै आएका छन् । अधिकांश अलपत्र पारिएका ठेक्काको चारपटकसम्म म्याद थप गरिएको पाइएको छ । अति जरूरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी…
जुम्ला । कर्णाली प्रदेशको जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । जुम्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धैरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए । चन्दननाथ नगरपालिका भित्र मात्रै एक हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । कार्यालय प्रमुख शाहले भने, ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो…
ताप्लेजुङ्ग । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए । समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही मंसिर १४ गते गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो । विभन्न भक्तजनहरुले पाथीभरामा चढाएका १६ हजार तीन सय…
पोखरा । पोखरा–१८ खपौदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छिन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ । उनले भने, ‘१३ वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्, उनीहरु पनि भिन्दै बस्छन्, छोराहरुले जाल थापेर मारेका माछा बिक्रीकोर जान्छु । पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला र नैनी माछा देख्न पाइएको छैन, फेवातालमा माछा घट्दा हाम्रापेसा सङ्कटमा परेको छ ।’ पोखराको फेवाताल किनार खपौंदी, वैदाम, गाईघाट…
बारा । बारा जिल्लाको को बरियापुरस्थित प्रसिद्ध धार्मिकस्थल मा लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा दिनदिनै भीड बढ्दै गएको छ । आइतबार विशेष पूजापश्चात् पञ्चबली सुरु हुने मूल मेला व्यवस्थापन समितिले जनाएको छ । आईतवार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगा बली सुरु हुनेछ । सोमबार बोका बली दिइने तथा यसको सबै तयारी पूरा भएको मूल व्यवस्थापन समितिले जानकारी दिएको छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको मूल मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले बताए । नेपाल र भारतका छिमेकी राज्यका सरकारमा रहेकाहरुलाई समेत व्यवस्थापन समितिले दर्शनका लागि…
काठमाण्डौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । उनीहरू सबैलाई जनही डेढ वर्षको…
जनकपुरधाम। जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामका साथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ ।दमंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ । आज दिउँसो बाजागाजा र झाकीसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्कन्छ । यी डोलाहरू जनकपुरको ऐतिहासिक रंगभूमि मैदान, बाह्रविघामा पुगेर मिलन भएपछि डोलाफेर गरी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क