Author: Transparentgroup

काठमाडौं । जेनजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेका छन् । टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् । वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख भए पनि उनको हस्ताक्षर भने छैन । यो टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपालका राष्ट्रपति नेपालका प्रधानमन्त्रीको रोहबरमा वृहत सम्झौता गर्ने निर्णय गरेको छ । उक्त वृहत सम्झौतामा उल्लेख हुने एजेण्डाका विषयमा सम्झौता पत्र समेत तयार पारेर राष्ट्रपति समक्ष पेस गर्ने म्याण्डेड सो वार्ता टोलीले पाएको छ । गत भदौ २३…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले आफू पार्टीभित्रबाट प्रोपागण्डाको सिकार भएको बताएकी छिन्। पार्टीलाई समय सापेक्षिक बनाउनु भन्ने आफ्नो भावनालाई गलत रूपमा अर्थ्याएर भ्रम छर्न खोजेको उनले आरोप लगाइन्। आफूलाई बदनाम गर्नेलाई उनले चुनौती समेत दिइन्। ‘पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रूपान्तरण गरौँ भनी जिम्मेवार पूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा गेट आउट भन्ने अनि भन्न लगाउने,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।’ यही आन्दोलनमै पनि प्रहरीको गोलीबिच हिँडेको मान्छे हो भन्दै उनले प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तीभर नडराउने बताइन्।‘तिमीहरूले जति नै गरे पनि राजनीतिक मैदान,…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पारेका छन्। दशैका अवसरमा जारी शुभकामना सन्देशमा उनले युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरेका छन्। आइतबार शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन्। ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।’ पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम…

Read More

शारजाह ( युएई ) । कप्तान रोहित पौडेलको अलराउन्डर प्रदर्शनसँगै नेपालले पहिलोपल्ट टी(२०आई खेलमा टेस्ट टोलीलाई पराजित गर्दै इतिहास रचेको छ। संयुक्त अरब इमिरेट्समा जारी युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो। योसँगै नेपालले तीन खेलको सिरिजमा १(० को अग्रता लिएको छ। अब नेपालले सोमबार दोस्रो खेल खेल्नेछ। नेपालले दिएको १४९ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो। नेपालले क्रिकेट इतिहासमा पहिलोपल्ट टेस्ट टोली र वेस्ट इन्डिजलाई पराजित गरेको हो। यसअघि गत वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको आइसीसी टी–२० विश्वकपमा नेपाल टेस्ट राष्ट्रविरुद्धको…

Read More

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीका युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिएको छ । काठमाडौँ उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउन्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन्। प्रहरी हेडक्वार्टरले अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दिपक रेग्मीको नेतृत्वमा समिति बनाएर प्रदर्शनमा भएको क्षतिको विवरण सङ्कलन गरेको थियो । समितिले विवरण सङ्कलन गरेर आईजीपी चन्द्र कुवेर खापुङलाई प्रतिवेदन बुझाएको छ । काठमाडौँ उपत्यकाबाट करिब ६ सय राउन्ड गोली लुटपाट भएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । प्रदर्शन स्थलमा हराएको र युनिटहरूबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद…

Read More

भक्तपुर । नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताएका छन्। शनिबार भक्तपुरको गुण्डुमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्न लागेको भन्ने विषयमा टिप्पणी गर्दै देश छाडेर नभाग्ने बताएका हुन् पासपोर्ट रोक्का गर्ने ?  के ठानेको छ ?  ओलीले भने, यहाँ उहाँहरूलाई, यो हा हुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौरु के सोचेको ?  उनले देशलाई फेरि संवैधानिक लोकतान्त्रि मूलधारमा ल्याउने दाबी गरे। हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं। देशलाई फेरि पनि सुशासन र…

Read More

काठमाडौँ । गृह मन्त्रालयले विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न अनुरोध गरेको छ । हालै भएको जेनजी प्रदर्शनमा भएको घुसपैठलाई मध्यनजर गर्दै मन्त्रालयले विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी गर्न आग्रह गरेको हो । मन्त्रालयले भनेको छ–ुनेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रण लगायतका माग राखी भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन पश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भैसकेको छ । यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुने गरी गर्नु भई समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम…

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । सो क्रममा घाइतेहरूले आफूहरूले उठाएका माग मुद्दालाई पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए । उनले घाइतेहरूलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि देशको चिन्ता देखिएको जिकिर गरे । ट्रमा सेन्टरमा १ जनाको आइसियुमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सुधार हुँदै गएको पाइएको…

Read More

काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो । राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो । अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ । यसैगरी खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ ।

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँको बेला समेत तलब निकासा नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– दसैँ तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरी दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाई सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ । साथै मन्त्री पुनले स्थानीय पालिकाहरूलाई पनि तलब नरोक्न आग्रह गरेका छन् । शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण…

Read More