Author: Transparentgroup

काठमाण्डौं । बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी ( भाजपा )  र जनता दल ( युनाइटेड ) नेतृत्वको एनडिएु गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।शुक्रबार बिहानबाट सुरू भएर राति ११स्४५ बजे सम्पन्न मतगणना अनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्। कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरिसकेको छ। यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ। राष्ट्रिय जनता दल ९आरजेडी० र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई…

Read More

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणमा ठूलो रकम आर्जन हुने अपेक्षा गरिएको छ। आयोजक नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार यस संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्यमार्फत करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको हो। क्यानका कोषध्यक्ष पदमबहादुर खड्काका अनुसार टिम ओनर पक्षबाट मात्र करिब ९ करोड रुपैयाँ जुटिसकेको छ। ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख रुपैयाँ प्राप्त हुनेछ। यसलाई यस पटक लिगको प्रमुख आम्दानी श्रोत मानिएको छ। यसका अतिरिक्त टिकट बिक्रीबाट न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य रहेको खड्काले जानकारी दिए। मैदानको क्षमतासहित खेलप्रति बढ्दो रुचि हेर्दा यो रकम अझ बढ्न…

Read More

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा परिषद्को बैठक गरेका छन् । गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठक चलिरहेको छ । प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक डाकिएको बुझिएको छ । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी छन् । त्यस्तै, प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिसमेत सहभागी छन् । यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथि सुरक्षा थ्रेट रहेको बताएका थिए ।

Read More

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो भनेका छन्। नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनः ऊर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताए। सो अवसरमा उनले हालैको ‘जेनजी आन्दोलन’ मा घुसपैठ भएको तथा सुनियोजित ढंगले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी गरे। रासस

Read More

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र स्थापनापछि ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’ लाई देशमा भित्र्याएको र नेपाललाई आर्थिक रूपमा कमजोर बनाएको बताएका छन्। नेपालमा भ्रष्टचार र घुसखोरीतन्त्रलाई संस्थागत गरेको भन्दै उनले देशलाई समृद्धशाली बनाउनका लागि नयाँ पुस्ताका नेताहरू राजनीतिमा आउनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुपुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन्।’ यस्तै, मन्त्री पुनले देशको राजनीतिमा युवा पुस्ताको हस्तक्षेप अपरिहार्य रहेको भन्दै सम्पूर्ण युवाहरूलाई आगामी चुनावमा पूर्ण रूपमा सहभागिता हुन आग्रह समेत गरे। उनले १५ वर्ष पुगेका र हालसम्म मतदाता…

Read More

काठमाण्डौं । सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ। प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ । प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन्। त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो। त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर…

Read More

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि समय थपेको छ । आयोगले पाँच दिन समय बढाउँदै मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेकोमा मतदाता नामावली दर्ता समय थपिएको जानकारी आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । राष्ट्रिय परिचयपत्र नम्बर लिएका सेवाग्राहीका लागि अनलाइन प्रणालीमार्फतै घरबाटै मतदाता नामावली दर्ता गर्ने सुविधा बिहीबार बिहानदेखि सुरु भएपछि निर्वाचन आयोगको प्रणालीमा समस्या आइरहेको छ । जसले गर्दा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता कार्य प्रभावित समेत भएको छ । राष्ट्रिय…

Read More

काठमाण्डौं । नेकपा ( एमाले ) ले जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशका सबै जिल्लामा जनसभा गर्दै छ। प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लामा जनसभा गर्न लागेको जनाएको छ। सबै जिल्लाका सदरमुकाम वा ठूला शहरमा हुने जनसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। यसका लागि सबै केन्द्रीय सदस्य जिल्लामा खटिएको एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। जनसभाको संयोजनका लागि सबै जिल्ला इन्चार्जलाई आ–आफ्नो क्षेत्रमा खटाइएको छ। जनसभाका लागि एमाले महासचिव शंकर पोखरेल नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, सचिव छविलाल विश्वकर्माले रुपन्देही र सचिव…

Read More

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातै प्रदेशका संयोजकले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन् । शुक्रबार जेनजी मुभमेन्ट अलायन्स काउन्सिल अफ जेनजीका सात प्रदेशका संयोजक प्रधानमन्त्री कार्कीलाई जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबिचको प्रस्तावित ११ बुँदे प्रस्ताव हस्तान्तरण गरेका हुन् । संयोजकहरुले प्रधानमन्त्रीलाई तत्काल संवाद प्रक्रियालाई स्थायी आधारमा अघि बढाउन तथा आन्दोलनका कारण उत्पन्न राजनीतिक द्वन्द्व समाधानका लागि सकारात्मक कदम चाल्न आग्रह गरेका छन्। यस्ता छन् जेनजीका माग  मस्यौदाको पहिलो मुख्य प्रस्ताव नै आन्दोलनका क्रममा मारिएका नागरिकलाई शहीद घोषणा गर्ने भन्ने छ । शहीद परिवार र घाइतेहरूको तत्काल राहत सुनिश्चित गर्न जेनजीका…

Read More

काठमाण्डौ. । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकको मंसिर १ गते बस्ने भएको छ। भोलि ९कात्तिक २९ गते० शनिबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको छ। एक महिनादेखि बस्दै र स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन चुनाव अघि गर्ने वा पछि भन्ने विषयमा अनिर्णित छ।

Read More