Author: Transparentgroup
गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिनुभयो । बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उहाँको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको ¥याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान मुलुकको सर्वोच्च कानून भएकाले राजनीतिक जटिलताको समाधान संविधानकै मार्गबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ । सात दशक लामो संघर्ष र बलिदानपछि बनेको ऐतिहासिक संविधानले मुलुकलाई स्थिरता, प्रगति र समृद्धितर्फ अघि बढाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । बडा दशैं २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सो धारणा सार्वजनिक गर्नुभएको हो । सभापति देउवाले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै यी विविधताबीच कायम रहेको अनुपम एकता नै नेपालीको पहिचान भएको बताउनु भयो । उहाँले बडा…
काठमाडौँ । वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । प्राणीलाई नष्ट…
काठमाण्डौं । अर्थ मन्त्रालयले विभिन्न व्यक्तिहरुले स्रोत नखुलेको पैसा लुकाएको भन्नेबारे सरकारले तीव्र अनुसन्धान गरिरहेको जनाएको छ। आइतबार सूचना जारी गर्दै मन्त्रालयले यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जनाएको हो। ‘प्रचलित कानुनबमोजिम आयआर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको व्यहोरा समेत जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ, ‘तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाइरहेको भन्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन २०६४ बमोजिम अनुसन्धान भइरहेको छ। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा विभिन्न स्थानमा नगद समेत जलेको वा…
काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरकेो छ । आयोगले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको हकमा उक्त निर्णय गरेको हो । आयोगको आज बसेको बैठकले छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल उनीहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने…
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन अध्यक्ष ओलीले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् । जेनजी आन्दोलनले सत्ताबाट बहिर्गमन भएका अध्यक्ष ओलीलाई नेतृत्व त्याग्न कतिपय नेताहरूले सुझाव दिँदै आएको अवस्थामा ओलीले दिने जवाफ र एमालेले लिने नयाँ रणनीतिबारे कार्यकर्ताहरूले चासोका साथ हेरेका छन् ।
काठमाण्डौं । सरकारले गत भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड र आगजनीका घटनामा जोडिएकाहरुलाई कारबाही गर्न रोक लगाएको छ। यसबारे छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन भइ काम समेत सुरु गरिसकेको भन्दै गृह मन्त्रालयले त्यससँग जोडिएका घटनामा कारबाही नगर्न पत्राचार गरेको हो। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न अयोग गठन गरेको छ। त्यो आयोगको कार्यक्षेत्र पर्ने विषयमा कुनै कारबाही नगर्न सरकारले प्रहरी संयन्त्रलाई निर्देशन दिएको हो। ‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको…
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्नो कार्यालयहरू खुला रहने जनाएको छ । आयोगले सार्वजनिक बिदाको दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने जानकारी दिएको हो । यस अन्तर्गत आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित प्रदेश र शाखा कार्यालयहरू समेत खुला रहने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्ने सम्भावना रहने भएकाले यस अवधिमा शान्ति–सुरक्षा र सेवा…
काठमाण्डौ. । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक निकालिएको छ। गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका आधारमा यो तथ्यांक निकालेको उच्च स्रोतले जनाएको छ। त्यस्तै यी घाइतेहरूको उपचार गर्न सरकारले ुडेडिकेटेडु अस्पताल तोक्ने भएको छ। यसबारे भने शनिबार गृह मन्त्रालयले नै विज्ञप्ति जारी गरी जानकारी दिएको छ। स्रोतका अनुसार काठमाडौंमा पाटन, महाराजगन्ज टिचिङ, वीर र सिभिल अस्पताल तोकिने भएको छ। काठमाडौं उपत्यका बाहिर प्रादेशिक अस्पतालहरूमा यस्तो व्यवस्था मिलाइनेछ। गृह र स्वास्थ्य सचिव सहितको टिमले जेनजी आन्दोलनमा घाइते भएकाहरूको प्रारम्भिक तथ्यांक निकालेको हो। त्यही टिमले उनीहरूको परिचय…
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छोड्ने कल्पनासमेत नगरिएको र देश छोड्नुपर्ने कुनै कारण नभएको बताएक छन् । यही असोज ३ गते थाइल्याण्ड जानेगरि नयाँ पासपोर्ट बनाएको भनेर विवाद भैरहेको सन्दर्भमा आज महतले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले सभापति देउवाले देश छोड्न लागेको भनेर झुटो प्रचार गरिएको बताए । सभापति देउवालाई हिजो लोकतान्त्रिक आन्दोलनमा अग्रभागमा लड्दापनि यसैगरि हतोत्साही गरिएको महतले स्मरण गराए । उनले भदो २४ गते सभापति देउवामाथि सांघातिक हमला हुने देख्दादेख्दैपनि घर छोडेर नभागेको स्मरण गराउँदै अहिले देश छोडेर भाग्न लागेको भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताए ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क