Author: Transparentgroup
काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साइबर ठगी कार्यमा हालसम्म पाँच सय बढी सन्दिग्ध फोन नम्बर सक्रिय रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक९एसपी० होबिन्द्र बोगटीले शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन आग्रह गरेका छन् । विज्ञप्तिअनुसार हाल ई सेवा, खल्ती जस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगो राखेर ती संस्थाको आधिकारिक व्यक्ति हुँ भन्दै फोन गर्ने, व्यक्तिगत खाताको गलत पासवर्ड पटक पटक राखेर ‘टेम्पोररी क्लोज’ गराउने र त्यही समय प्रयोगकर्तालाई फोन गरी तपाईँको खातामा समस्या छ भनेर ओटिपी नम्बर मागी रकम चोर्ने गरेका घटना देखिएका छन् । यस्तै अनलाइन व्यापारका नाममा…
काठमाण्डौं । नेकपा एमालेबाट निस्कासनमा परेका नेता डा भीम रावलले एमोललाई फेरि जवाफ फर्काएका छन् । उनले देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसकेपछि एमालेले आफूले बोलेको कुरालाई प्रचण्डले बोलका कुराहरूको फोटोकपी भनेको बारे टिप्पणी गरेका छन्। नेकपा एमाले र भिम रावलबिचको वाकयुद्ध झन् झन् बढ्दै छ । नेकपा एमालले निष्कासित गरेको केही दिनमा पत्रकार सम्मेलन गरेर रावलले करीव २ घण्टा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए । त्यसको अर्को दिन एमाले सचिवालय बैठकले रावलको बोलीलाई प्रचण्डले बोल्ने कुराको फोटोकपी भएको भनी खण्डन गरेको थियो । फेरी रावलले आज सामाजिक…
काठमाडौँ । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आज एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र ९एमओयु० भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरे । लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धि पछि बोर्डमार्फत अघि बढ्नेछ । “सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । छ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी…
काठमाण्डौं । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि भुक्तानी नपाएको गुनासो गरेका छन्। सरकारले स्रोत बिना काम लगाउने भुक्तानी नदिँदा निर्माण व्यवसायीले पाउनुपर्ने करिब ४० अर्ब भुक्तानी पाएका छैनन्। बजेटको व्यवस्था नभई ठेक्का लगाउने प्रवृत्तिले लामो समयदेखि भुक्तानी होल्ड हुँदै आएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। ‘काम सम्पन्न गरेर पनि करिब ४० अर्ब रूपैयाँ भुक्तानी पाएका छैनौं,’ सिंहले भने, ‘अब पनि भुक्तानी नभए आन्दोलन गर्नुको विकल्प छैन।’ विगतका वर्षदेखिनै भुक्तानी रोकिँदै आएको छ। सरकारले पटक–पटक तत्काल भुक्तानी गर्ने बताउँदै आए पनि रकम नपाएपछि निर्माण व्यवसायी आक्रोशित छन्। निर्माण व्यवसायीले संघीय, प्रदेश र स्थानीय सरकारबाट रकम पाउन बाँकी…
नेपालगञ्ज । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा सेवा प्रवाहलाई प्रभावित पार्नेगरी कर्मचारीहरूबाट भइरहेको आन्दोलन तत्काल रोक्न उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको संयुक्त इजलासले अस्पतालको बहिरङ्ग विभाग ९ओपीडी० लगायत सम्पूर्ण सेवा सञ्चालनमा रोक लगाउने, अवरोध गर्नेजस्ता क्रियाकलाप नगर्न आन्दोलनरत कर्मचारीलाई आदेश दिएको हो । स्वास्थ्य सेवा प्रवाहमा पुर्याउँदै आएको अवरोध हटाइएकोबारे जानकारी उच्च अदालतलाई गराउन पनि कर्मचारीलाई आदेश दिएको छ । विसं २०८१ मङ्सिर २६ गतेदेखि नेपालगञ्ज मेडिकल कलेजमा कर्मचारीले तलब वृद्धिलगायत माग राखेर सेवा प्रभावित पारेर आन्दोलन गर्न थालेपछि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको व्यवस्थापन पक्ष अदालत पुगेको…
बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आज ९शुक्रबार०देखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताए । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङले खेल्नेछन् । दशरथचन्द क्रिकेट मैदानमा सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय…
मीमबहादुर रावल कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो । कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ सास्ती भोग्नुपरेको थियो । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो । सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत…
बाँके । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई आव २०६२–६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१–८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९–९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उनले भने, “आव २०६१–६२ मा रू सात अर्ब…
काठमाडौं । काठमाडौं महानरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइ दिएको बताएका छन् । क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने,‘ पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो । यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ । पहिले मेला…
काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले स्वर्गीय नेताहरुको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशक समितिले बिहीबार काङ्ग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बीपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरुको सम्मानमा फुटबललगायत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरेको जनाएको हो । जसअनुसार माघ १० देखि १७ गतेसम्म काठमाडौंको दशरथ रङ्गशालामा सभापति कप फुटबल प्रतियोगिता हुने महाधिवेशन निर्देशक समितिका संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए । विजेताले २६ लाख र उपविजेताले १३ लाख प्राप्त गर्ने र प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लबका साथै दुई विदेशी टोलीको समेत सहभागिता रहने…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क