Author: Transparentgroup
बिराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक गर्न लागेको लगानी सम्मेलन तयारी नपुगेका कारण निर्धारित मितिमा नहुने भएको छ ।सरकारले आउँदो माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गर्ने जनाएको थियो । तर व्यवस्थापनको जिम्मेवारीका विषयमा विवाद भएपछि लगानी सम्मेलन स्थगित भएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले अहिलेकै स्थितिमा तोकिएको मितिमा लगानी सम्मेलन हुने सम्भावना नरहेको बताए । लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण गरिएको थियो । यस्तै व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालयसमेत सञ्चालन गरिएको थियो । मुख्यमन्त्री कार्कीले उद्योग संगठन मोरङलाई व्यवस्थापनको जिम्मा दिने…
वीरगञ्ज । वीरगञ्ज महानगरले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि आइतबारदेखि डोजर लगाएरस्थान खाली गराउन थालेको हो । वीरगञ्ज महानगरपालिका, नगर प्रहरी प्रमुख हरि भुसालले दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घरटहरा खाली गराएको जानकारी दिए । ‘‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बिपी उद्यान खाली गर्न थालेका छौँ,’’ उनले भने, ‘‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन ।’’ महानगरका अनुसार बिपी…
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष ओलीको राजनीतिक र महासचिव पोखरेलको सांगठनिक प्रस्ताब माथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । आज दिनभर केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् भने त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।
काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त धारणा राखेका थिए । छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको छ । विगतका बैठकहरुमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने गरिन्थ्यो । तर यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरुलाई सीधै बोल्न दिइएको छ । आइतबार धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको बैठक पुस २४ गतेसम्म चल्नेछ ।
काठमाडौं । अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने केही राज्यमा सङ्कटकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी गरी राज्यले आपत्काल घोषणा गरेका छन् । हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ । यस्तै विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ । कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित बनेको बीबीसीको समाचारमा उल्लेख छ । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १०…
काठमाण्डौं । । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका विषयमा पार्टीको धारणा बनाउन ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरेको छ । दुई दिन बसेको केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको हो । कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार समितिमा सोबिता गौतम, गणेश पराजुली, असीम शाह, गणेश कार्की, मेघ आले, क्रान्तिशिखा धिताल, डा। नन्दन यादव र कुसुम महर्जन सदस्य छन् । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्ने झाले बताए । उनका अनुसार प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित…
काठमाण्डौं । काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता अदालतमा मुद्दा दर्ता गराएको हो । लामिछानेसहित ३९ जनाविरुद्ध सरकारी वकिलले आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ । त्यसक्रममा दायर अभियोग पत्रमा राई र लामिछानेले पहिलो पटक ४ भदौ २०७८ मा ४६ लाख ९८ हजार ऋण लिएको उल्लेख छ । सहकारीको सफ्टवेयरबाट प्रहरीले बरामद गरेको विवरणको कैफियत खण्डमा त्यो ऋण ‘फोर ह्वीलर लोन’ भएको उल्लेख छ । पछि १ पुस २०७८ मा फेरि सहकारीबाट दुई जनाको नाममा ऋण प्रवाह भएको…
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाले २०८१ कात्तिक २० गते सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो । जसअनुसार मनाङे दुई वर्ष चार महिना कैद बस्नुपर्ने भएको छ । उनलाई पाँच वर्ष कैद सजाय भएकोमा सो मुद्दामा यसअघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले बाँकी दुई वर्ष चार महिना बस्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ । मनाङे हाल डिल्लीबजार कारागारमा छन् । फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा केन्द्रीय अनुसन्धान ब्यूरोले स्वयम्भुबाट पक्राउ गरेको थियो । पक्राउपछि पनि करिब दुई महिना कारागार…
गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडाँैको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए । गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो । “एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुनेछ”, प्रमुख क्षेत्रीले भने, “इतिहासको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि पदयात्रा…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाउन नेताहरूलाई निर्देशन दिएको छ । आजबाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पस् आजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिईएको हो । ‘आगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सवै नेता कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेश गर्नुपर्नेछ’, प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ। प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताए । प्रचण्डले हुलाकी राजमार्ग…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क