Author: Transparentgroup

नुवाकोट। नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए। उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ । उनले भने, “अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्याइएको छ ।” कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भन्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका…

Read More

काठमाडौं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा मंगलबार रातभर विधिपूर्वक गरिएको छ। धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ। पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ। धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट गएराती खिचडी भोग दिइएको छ । पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन्। एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ। अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा…

Read More

पोखरा । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो । मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए । यसअघि प्रतिवादी लीला पछाई र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन…

Read More

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। “हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्”, उनले भने, “खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू…

Read More

रामेछाप । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौँ ओहोरदोहोर गर्न थालेकोले उनले ‘चिया चमेना’को व्यापार सुरु गरेका थिए । तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानो हालेर परिमार्जन गरेका छन् । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेका छन् । जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म…

Read More

बारा । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिए । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ”, प्रवक्ता ठाकुरले भने, “टोलीले अध्ययन गरेर अहिले डिपिआर तयार गरिरहेको छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन ९तिब्बत०को सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको सात रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौं सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा रहेको जनाइएको छ । सात रेक्टर स्केलको भूकम्प गएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । भूकम्पको काठमाडौं…

Read More

काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले दिएको जानकारी अनुसार उद्धार र राहतको कार्य तिब्र रुपमा अघि बढीरहेको छ । भूकम्पमा परि धनजनको ठूलो क्षती भएको छ । यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । डिंग्रीको तोङलाई गाउँमा धेरै…

Read More

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख ९४०।४२ प्रतिशत० राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड सात लाख, अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड…

Read More

टीकापुर । कैलालीको टिकापुरमा आयोजना हुने टीकापुर महोत्सव २०८१ को तयारी तीव्र रुपमा भईरहेको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने महोत्सवको तयारी अन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो । वाणिज्य सङ्घका महासचिव नवराज रिमालले भने, ‘महोत्सवमा सर्वसाधारणका लागि एक सय टिकट शुल्क लाग्नेछ विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् ।’ महोत्सवमा थारु कला र…

Read More