Author: Transparentgroup

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने आज ( शुक्रबार )  काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछानेलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाइएको थियो । अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । उक्त…

Read More

काठमाडौं । अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली देशका प्रधानमन्धी छन् । ओली प्रधानमन्त्री भएसँगै कहिले के बोलेर त कहिले के निर्णय गरेर बिवाद र चर्चामा आई नै रहन्छन् । आफ्ना नजिककालाई काँखी च्याप्ने र बिरोधीलाई सिध्याउन राजनीतिमा ओली हमावी छन् र माहिर छन् भन्दा फरक नपर्ला । त्यती मात्रै होईन हसाउने र ठट्यौली कलामा पनि ओली निपूर्ण छन् । धरहराको टूप्पोवाट दृष्यावलोकन गर्ने, दमकको भ्यू टावर चढ्ने देखि अनेक भाउभंगीमा सामाजिक सञ्जाल रंग्याउन पनि ओलीको सचिवालयले राम्रै मिहेनत गरेको देखिन्छ ।यसैले त कहिले केपी बा आईलभयूको नारा कुन्जिन्छ भने भने कहिले केपी ओली मुर्दावादको नारा । तर ओली…

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)  का सभापति रवि लामिछाने रिहा भएका छन् । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनीसहित सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने ६५ लाखको बैंक जमानत ( बैंक ग्यारेन्टी)  बुझाएर रिहा भएका हुन् । लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र चितवनमा पनि मुद्दा छ । कास्कीबाट रिहा हुनेवित्तिकै उनलाई पक्राउ पर्ने तयारी थियो । तर, आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने शर्तमा लामिछानेलाई छाडिएको हो । रास्वपाका नेता मिलन लिम्बुका अनुसार सभापति लामिछाने…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)  का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न न्यायाधीशसामु याचना गरेका छन् । बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नितिज राईसँग उनले आफूलाई तारेखमा छाड्न याचना गरेका हुन् । आफू सहकारीपीडितको पक्षमा रहेको समेत उनले दाबी गरेका छन् । उनले इजलासमा भने, ‘म सुर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारीसम्बन्धी संसदीय समितिको अङ्ग पनि बनेको छ ।’ त्यसअघि उनले भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के(के गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’…

Read More

काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ । बिहीबारको बैठकमा उनीहरुबीच भनाभन नै भएको हो । बैठकमा राजकिशोर निकै आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ । उनले सुवाललाई ‘औँला तल राख्नुस्’ भन्दै ठूलो स्वरमा बोलेको सुनिन्छ । सुवालले भने बैठक निरङ्कुश ढङ्गले चलाएको आरोप लगाएका छन् । उनले राणाशासन नगर्न चेतावनी दिएका छन् । राणाको अवतार नलिनु भनेका छन् । लगत्तै यादवले बैठक स्थगितको घोषणा गरे । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच तनाव उत्पन्न भएको हो ।आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले…

Read More

विराटनगर । संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा विराटनगरबाट पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पोखरेललाई आज विहान विराटनगरबाट पक्राउ गरिएको बताएका छन् । सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतले पक्राउ पुर्जी जरी गरेर प्रहरीलाई अनुमति दिएको थियो। त्यही आदेशअनुसार मोरङ प्रहरीले अनिललाई खोजी गरिरहेको थियो । नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । त्यही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति…

Read More

काठमाडौँ। दीपक रौनियारको निर्देशन रहेको नेपाली चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गरेका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गरेका हुन् । भेनिस, बुसान र मुम्बई लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘पूजा सर’ नामबाट सहभागी भएको यो चलचित्र नेपालमा ‘राजागञ्ज’ नामबाट प्रदर्शन हुने निर्माता मध्येका रामबाबु गुरुङले जानकारी दिए । उनले भने, “तराईको सौन्दर्यता, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यो पूर्ण रुपमा काल्पनिक भएता पनि वास्तविक घटनाबाट प्रेरित भएर…

Read More

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा। सिके राउतले नेपालमा थ्रेस होल्ड बढाउने विषय स्विकार्य नभएको भन्दै संघर्ष गर्ने घोषणा गरेका छन् । निर्वाचन कानून संशोधनबारे समाचार साझा गर्ने क्रममा उनले आफ्नो धारणा राख्दा असन्तुष्टि पोखेका हुन् । उनले नेपालजस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व हुनुपर्ने स्पष्ट पारेका छन् । उनले भनेका छन्– ‘नेपालजस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातिय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनु पर्दछ ताकि उनीहरूले कम्तीमा आफ्नो समस्या सदनमा राख्न पाओस्, कुनै ऐन–कानून बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन…

Read More

मोरङ, २५ पुस । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, कानुन, सोही समितिमा परिमार्जित मुख्य…

Read More

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो। सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले गरेका हुन् । अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिएका छन् । रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथी थुनछेक बहस भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले…

Read More