Author: Transparentgroup
काठमाण्डौं । नवघोषित कुमारी आर्यतारा शाक्यले मंगलबार आसन ग्रहण गर्ने भएकी छन्। स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो। विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए। उनका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो। कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस…
काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा,…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंको टीकाजमरा नलगाउने भएकी छन् । जेन(जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको भन्दै टीका नलगाउने उनको स्वकीय सचिवालयले जनाएको छ । ुबडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेको पीडा हाम्रासामु रहेकोु प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवायलद्वारा जारी विज्ञप्तिमा कार्कीले टीका जमरा नलगाउने पनि उल्लेख छ । ुयस वर्ष प्रधानमन्त्रीले बडादसैंको टीकाजमरा नलगाउने र देशवासीलाई समेत टीका लगाउने कार्यक्रम नरहेकोु सचिवालयले जनाएको छ । यस्तै, प्रधानममन्त्री कार्कीले दसैंको शुभकामना सन्देश दिँदै सरकार तोकेकै मितिमा निर्वाचन गर्न कटिबद्ध रहेको बताएकी छन् ।…
काठमाण्डौं । जेनजी आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की सिन्धुपाल्चोक बलेफी–८ का स्थायी बासिन्दा हुन्। केही वर्षदेखि काठमाडौंमा भिडियोग्राफी गर्दै आएका उनी भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए। गत भदौ २३ गते जेनजीको भ्रष्टाचार र बेथितिविरूद्धको आन्दोलनमा सहभागी हुने क्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर घाइते भए। उनको अहिले महाङ्कालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। मुलुकमा भइरहेको बेथिति अन्त्य गरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेकाबेला युवापुस्ताको बलमा भएको आन्दोलनको विस्फोटमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको आन्दोलनका घाइते कार्कीको बुझाइ छ। आन्दोलनमा सहभागिता, बानेश्वर घटना र आगामी सोचबारे ट्रमा सेन्टरमा उपचारमा रहेका आन्दोलनका…
काठमाण्डौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीले पुस्तान्तरण प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन्। जेन–जी आन्दोलनको मनोविज्ञानअनुसार नै माओवादी केन्द्रले पुस्तान्तरण प्रक्रिया आरम्भ गरेको दाहालको दाबी छ। ‘हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’, बडादसैंका अवसरमा दाहालले दिएको शुभकामना सन्देशमा भनिएको छ। दाहालले माओवादीले उठाउँदै आएका अजेन्डा नै जेन–जीले उठाइरहेको दाबी पनि गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्।’…
काठमाडौँ । पछिल्लो २४ घण्टामा दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यो तथ्याङ्क आइतबार बिहानदेखि सोमबार बिहानसम्मको भएको र आज बेलुका सम्मकै विवरण भने भोलि मात्रै उपलब्ध हुने जानकारी दिए । ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार, घटस्थापना ९असोज ६ गते० देखि आज बिहानसम्म उपत्यकाबाट ८३ हजार ८७ सवारी साधनमा ४ लाख ६० हजार ९७७ यात्रु बाहिरिएका छन् । सोही अवधिमा ६१ हजार ७८१ सवारी साधन मार्फत २ लाख ५२ हजार ७५५ यात्रु उपत्यका भित्रिएका छन् । घटस्थापनाका दिन देखि ११ गतेसम्म २…
काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकलाई असफलतातर्फ जानबाट जोगाउन तत्कालै ठोस कदम चाल्नुपर्ने बताएका छन्। उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सोमबार उनले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको ‘जेनजी’ प्रदर्शनमा युवाहरूले उठाएको मुद्दा सान्दर्भिक रहेको उल्लेख गर्दै उनले तत्कालै वर्तमान मुख्य नेताहरूलाई बिदा दिनुपर्ने धारणा राखेका छन्। उनका अनुसार, त्यस्तो कदमले दलभित्र र समाजमा नयाँ आशा र विश्वास जगाउँदै पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नेछ। भुसालले भने, संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नुपर्छ। सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । बडा दसैंका पावन अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छिन् । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छिन् । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् । मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गर्नुपर्छ, उनले भने । हिन्दू धर्मावलम्बीहरूको महानचाड बडा दसैँको अवसरमा शुभकामना सन्देश दिदैँ राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । शक्ति, भक्ति भाव र श्रद्धाको पर्वको रूपमा हिन्दूहरूले मनाउने बडादसैँ…
काठमाडौं । बडादशैैँ अन्र्तगत नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उनले बताए। नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलससहित उच्च पदस्थ व्यक्तिसमेतको उपस्थितिमा फूलपाती बढाइँ गर्दैछ। फूलपाती बढाइँ धर्म, संस्कृति…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क