Author: Transparentgroup
काठमाण्डौं । मलेसियामा अर्को साता सुरु हुने आइसिसी यू(१९ महिला विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ( क्यान) ले शुक्रवार एक विशेष समारोहको आयोजना गरी उनीहरुको बिदाई गरेको हो । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीसहितको उपस्थिति थियो । टोली पूजा महतोको कप्तानीमा रहेको छ । क्यानले गत शनिवारमात्र पूजाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी ) को आयोजनामा यू १९ महिला विश्वकप माघ ५ गते सुरु हुनेछ । विश्वकपको दोस्रो…
काठमाडौ । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । रविलाई थुनामा पठाउने प्रशस्त सवुत प्रमाण र तथ्य हुँदा हुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राई ६५ लाख धरौटी लिएर तारेखमा रिहा गर्न दिएको आदेशविरुद्ध उजुरी परेको हो । न्यायाधीश राईविरुद्ध सिन्धुलीका युवराज सफलले न्याय परिषद्मा शुक्रबार उजुरी दर्ता गराएका हुन् । सो मुद्दामा जोडिएका गातजना प्रतिवादीलाई धरौटी छोड्ने गरी न्यायाधीश नीतिजकुमार राईबाट भएको आदेश सहकारी पीडित तथा न्यायप्रेमी नागरिकको अपेक्षाविपरीत आएको छ । आदेशको क्रममा न्यायाधीश नीतिजकुमार राईले उल्लेखित आरोपित एवम्…
बुटवल । बुटवलमा आयोजना भएको मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई फाइनल खेलमा ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । आर्मीले जीतसँगै नगद ७ लाख रूपैयाँ, शिल्ड र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो रनरअपमा चित्त बुझायो । पुलिसले ३ लाख ५० हजार रूपैयाँ नगदसहित शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भएको छ । भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो । तृतीय भएसँगै मणिमुकुन्दले एक लाख ७५…
काठमाण्डौं । शुक्रवारदेखि नेपाली चलचित्र ‘कार्साङ देशभर सार्वजनिक प्रदर्शनमा आएको छ । लामो समयदेखि चर्चामा रहेको कार्साङ मा दयाहाङ राई मुख्य भूमिकामा रहेका छन् । यस चलचित्रले उठान गरेको शेर्पा समुदायको कला, संस्कृतिको प्रिमियर शो हेरेका कलाकर्मीहरुले प्रशंसा गरीसकेका छन् । यस चलचित्रमा जितु नेपाल दिया मास्केको साथीको भूमिकामा रहेका छन् । कार्साङ’मा जितुको जोडी दियासँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले जानकारी गराएको छ । बच्चा नभएको दोष एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या को मा छ भन्ने हालसम्म खुलेको छैन । यसमा उनले दर्शकलाई हसाउनेछन्…
झापा । झापामा नेपाल(भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल(भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णयानुसार नेपालका तर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । मेचीनगनर नगरपालिका(१५ सिसुवाडाँगीस्थित सानो सीमा स्तम्भ नं ९५र१२ बाट मर्मतसम्भार कार्य थालिएको उनले बताए । झापामा भारतसँग नेपालको सीमा जोडिएको १४४।२ किलोमिटर क्षेत्रअन्तर्गत रहेका १०७ सीमा स्तम्भ मर्मतसम्भार गरिनेछ । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल ( एसएसबी) , स्थानीयवासीको उपस्थितिमा सीमा स्तम्भ मर्मत सुरु गरिएको हो । सीमा क्षेत्रमा…
कंचनपुर । शुक्लाफाँटा नगरपालिका वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझदेखि अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन्। साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्याएर बेच्छन्। बेलुका तरकारी टिप्ने र बिहानपख बजार लगेर बेच्ने उनको तीन वर्षदेखिको दैनिकी हो। दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ। तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउँछन्। तरकारी खेतीमा जति ध्यान दिन्छन् गाउँलेको सुख दुःखमा पनि उत्तिकै साथ दिन्छन् उनी। त्यसकारण उनी दोस्रो कार्यकालका लागि वडाध्यक्ष चुनिए। बिदाका दिन वडाको काम नपरे तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बित्छ उनको दिन। उनकी…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र गर्दै बैंक तथा वित्तीयलाई आगामी माघ १ देखि खाता खोल्न ग्राहकको राष्ट्रिय परिचयपत्र अनिवार्य माग गर्नु पर्ने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० का सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकलाई निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । बैंक तथा वित्तीय संस्थाले ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका पहुँचका आधारमा ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्नेछन् ।…
म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको बेनी(पाखापानी सडक योजनाको रु एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रु ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच ठेक्का सम्झौता भएको यो आयोजनाको ४० प्रतिशत भौतिक प्रगति भएको छ। दरवाङ(धारापानी(ताकम(मुना सडकका लागि विनियोजन भएको रु दुई करोड बजेट पनि छ महिनामै सकिएको छ। चार किलोमिटर दूरीको यो सडक स्तरोन्नतिका लागि २०८१ साल जेठ २० गते रामसागर(बिएस धवलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच रु १४ करोड ६१ लाख…
खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो। सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ। पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माणको काम सुरु गरिएको थियो। निर्माणाधीन अस्पताल…
जलेश्वर । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताउनुभयो । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् । जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ । चिसोले हाट बजारमा चहलपहल घटेको छ । चिया व्यापार भने बढेको जलेश्वर…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क