Author: Transparentgroup
काठमाण्डौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको लागि पहल भईरहेको परराष्ट्र मन्त्री आरजु राणा देउवाले बताएकी छन् । उनले भनिन्. विपिन जोशी भाई सकुशल रहेको र फर्केर स्वदेश आउनेमा म बिश्वस्थ छु । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको बताइन्। उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्। उनले विपीन रिहा हुने आशा व्यक्त गरिन् । उनले भनिन्,ुविपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ। उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ । सन् २०२३ को अक्टोबर ७ मा…
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, संघीयता र मधेशले प्राप्त गरेको अधिकारका उपलब्धिबारे प्रश्न उठाउन खोजिएमा त्यो स्वीकार्य नहुने बताएका छन् । संविधानका केही धारामा भने संशोधनको आवश्यकता औंल्याउँदै उनले संविधान संशोधन महत्त्वपूर्ण विषय भएकाले सबैको सल्लाह र सुझाव लिएर मात्र निर्णयमा पुग्न सुझाव दिए । संविधान संशोधन आवश्यकताका आधारमा अघि बढाइनुपर्ने उनको भनाइ छ । यसअघि सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका प्रमुख र प्रदेशसभा सदस्यको अनुभव सम्हालेका उनी गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रस्तुत छ, प्रदेशबाट भइरहेका सेवा प्रवाह, उपलब्धि, तीन तहका सरकारबीच सहयोग र समन्वय तथा संविधान संशोधनलगायत समसामयिक विषयमा मुख्यमन्त्री…
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दायर भएपछि काठमाण्डौं जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलहरूले मात्रै बहस सकेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीले बहसका लागि २ घण्टाको समय तोकेका थिए । तर, २ घण्टा २० मिनेट भईसकेपनि सम्म सरकारी पक्षकै बहस सकिएको छैन । अझै ६ जना सरकारी वकिल बहस गर्ने लाइनमा छन् । आधाघण्टाका लागि खाजा खाने समय भएकाले थुनछेक बहस रोकिएको हो । अब शुरु भएपछि फेरि सरकारी वकिलको बहस गर्नेछन् । उनिहरुको…
काठमाडौं । करिब पाँच करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार भन्दा बढी पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको छ । इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुरलगायतका विभिन्न स्थानमा घर जग्गा तथा गाडी खरिद, विभिन्न कम्पनीमा लगानी र विभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको…
काठमाडौँ। निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार कटौती गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । समितिले आज नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँग विधेयकमाथि छलफल गरेको हो । त्यसअवसरमा निजी क्षेत्रका प्रतिनिधिले वस्तुहरुको क्वारेन्टिन तथा गुणस्तर परीक्षणका लागि पर्याप्त पूर्वाधार तयार पारिनुपर्ने, धरौटी रकम घटाउनु आवश्यक रहेकामा जोड दिए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सूचना प्रविधि र विद्युत् व्यापारको…
काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव पुगेका छन् । आजको खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिस फाईनलमा पुगेको हो । जय ट्रफी एलिट कपमा दुई जित निकाल्ने एक्लो टीम समेत पुलिस बन्न पुगेको छ । त्रिभुवन आर्मीक्लवले मधेश प्रदेशलाई जित्दै फाइनल सम्मको यात्रा तय गरेको हो । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै र पुलिसले बाग्मतीलाई ५ विकेटले हराउँदै उपाधि नजिक पुगेका हुन् ।वीरगञ्जमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले १३ रन बनाए । मधेशका प्रदीप पासवानले २ विकेट लिए । दोस्रो…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापती रवि लामिछाने फेरी प्रहरी हिरासतमा पुगेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई प्रहरीको जिम्मा लगाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिएको हो । आइतबार काठमाडौं जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश आएको हो । रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू भएन । उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको थियो । तर अध्ययन गर्नुपर्ने भन्दै सरकारी वकिलहहरुले नमाने पछि भने उनीबारेको मुद्दामा थुनछेक बहस सुरू भएन । रवि अदालत खुल्नुअघि…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ( रास्वपा ) का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको हो । अब भने उनीबारेको मुद्दामा थुनछेक बहस सुरू हुनेछ । रवि अदालत खुल्नुअघि बिहानै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए । अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा छुटने छन् । नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए । त्यहाँबाट छुटे पनि उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी…
काठमाण्डौं । माघे संक्रान्ति नजिकिएसँगै बजारमा सखरखण्डर र पिँडालुको मूल्य बढेको छ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आइतबार गोलभेँडा ठूलो ( भारतीय ) प्रतिकेजी ७०, गोलभेँडा सानो ( लोकल ) प्रतिकेजी २५, गोलभेँडा सानो ( भारतीय) प्रतिकेजी ३५, गोलभेँडा सानो ( तराई) प्रतिकेजी ३५, आलु रातो प्रतिकेजी ४५, आलु रातो ( भारतीय ) प्रतिकेजी ४२, प्याज सुकेको ( भारतीय ) प्रतिकेजी ७०, गाजर ( लोकल ) प्रतिकेजी ८०, गाजर ( तराई ) प्रतिकेजी ७०, बन्दा…
काठमाडौं । एमालेबाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री डा, भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाइँ कमजोर नहुने बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढङ्गले एमाले नेतृत्वले आफूलाई निष्काशन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा कमी नहुने बताएका हुन् । नेकपा ९एमाले० बाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावल पुग्दा भने चियापान समारोहको दृष्य फरक देखिएको थियो । रावललाई राप्रपाका नेताहरुले न्यानो स्वागत गरेका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क