Author: Transparentgroup

काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी ( इलेक्टिभ इङ्गलिस ) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा…

Read More

कैलाली । । आज (  मङ्गलबार )  देखि सुरु हुने प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको हो। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मैदान सरसफाइसँगै कालोपत्रलगायत तयारी पूरा भएको बताउँदै खेलाडीहरू धनगढी पुग्ने क्रम जारी रहेको जानकारी दिए। आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी हुने सङ्घका सचिव लक्ष्मण भट्टले बताए। उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम…

Read More

काठमाण्डौं । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी ( माघी)  खाने चलन छ। माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार०, माछालगायतको परिकार बनाएर जाँड(रक्सीको साथ खानपिन गरेर…

Read More

तनहुँ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न…

Read More

काठमाण्डौं । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ । नेपालको हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पुतली बगैंचामा निर्माण भैरहेको संसद भवनको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल एकाएक निर्माणाधिन संसद् भवनको अवलोकन गर्न पुगेका हुन्। उनलाई सभामुख देवराज घिमिरेले निर्माण भैरहेको उक्त भवनको अवलोकन गराएका हुन् । राष्ट्रपति पौडेल स्वयं सभामुख भैसकेका व्यक्तित्व हुन् । २०७९ असोज १६ सम्म निर्माणको काम सक्ने भन्दै ०७६ असोज १६ मा यसको ठेक्का सम्झौता भएको थियो । तर अहिलेसम्म निर्माणसम्पन्न भएको छैन । तोकिएको समयमा काम नसकिएपछि चौथोपटक ०८१ चैत १८ सम्मका लागि गत असारमा म्याद थप गरिएको हो । उनी भवन निर्माणको अवलोकनमा गएका हुन् । उनले संसदीय सर्वोच्चतालाई महत्व दिएको रुपमा आजको…

Read More

सिन्धुपाल्चोक । नेकपा ९ माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । भोलि ( माघ १ गते )  देखि सञ्चालन हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ गएका हुन् । सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएका छन् । सिन्धुपाल्चोक माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको गृह जिल्ला हो । प्रचण्डलाई प्रतिनिधि सभा सदस्य एवं माओवादी नेता माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्यहरु सरल सहयात्री पौडेल, युवराज दुलाल, नेता…

Read More

काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेको हिरासत बसाई थप दुईदिन लम्बिएको छ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजपनि प्रहरीकै जिम्मा लगाएको हो । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको प्रतिवादी रहेका लामिछानेको मुद्दामा थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकारणमा लामिछाने गत बिहीबार ६५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । हिजो काठमाडौं जिल्ला अदालतमा हाजिर भएका लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो । थुनछेक बहस नसकिएपछि उनलाई आजपनि प्रहरीको जिम्मा लगाइएको हो । भोलि सार्वजनिक विदा रहेको कारण लामिछानेको मुद्दामा अब बुधबारमात्रै…

Read More

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ । हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान मुखिया गुरुङले सुनाए। ढिला गरी हिउँ पर्दा खुसी लागेको गुरुङले बताए। उनले भने,ुभारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ ।ु आफूले गरेको कृषिजन्य उत्पादनले दुई महिना मात्रै खान पुग्ने उल्लेख गर्दै उनले हिउँ…

Read More

काठमाण्डौं । श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजदेखि सुरु भएको छ । हरेक वर्षको पौष शुक्लपूर्णिमादेखि सुरु भएर माघ शुक्लपूर्णिमासम्म एक महिना श्री स्वस्थानी व्रत कथा सकिने गर्दछ । यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । के हो त श्री स्वस्थानी व्रत ?  श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि…

Read More