Author: Transparentgroup
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएको सभापति देउवाको सचिवालयले जनाएको छ । सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले बताए । ‘केही मन्त्री बारम्बार विवादमा आइरहनु भएको छ ।…
काठमाण्डौं । अध्यादेशबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारले ल्याएका अध्यादेशबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेका छन् । ‘राष्ट्रपतिबाट चारवटा अध्यादेश जारी भएको छ । बाँकी भूमि सम्बन्धी अध्यादेश जारी भएपछि यसबारे जानकारी गराउन प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । सरकारले लगानीमैत्री वातावरण बनाउन, सरकारका कामलाई छिटो छरितो गर्न भन्दै पाँचवटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले शुक्रबार सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार चारवटा अध्यादेश जारी गरिसकेका छन् । ती अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने…
काठमाण्डौं । संसदमा रहेका बिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेका छन् । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको हो । उनिहरुले बिपक्षी दलहरु सबै मिलेर संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेका हुन् । । सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । तत्काल अधिवेशन नबोलाएर विशेष अधिवेशनको प्रक्रियामा जाने निर्णय पनि बैठकले गरेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पत्रकारहरूसँग बताए । संसद्को एक चौथाइ सदस्यले हस्ताक्षर गरेर…
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो ।भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल ९सैनिक कानुन० प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन् ।यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क थियो । तर आफ्नै पार्टीका नेता र…
जनकपुर । जनकपुरधाममा मकर सङ्क्रान्तिको अवसर पारेर मंगलबार खिचडी भोजको आयोजना गरिएको छ। जनकपुरधामका स्थानीय युवाहरूले संस्कृति जोगाउने उद्देश्यका साथ जनकपुरधामको जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन् । मकर सङ्क्रान्तिको अवसर पारेर अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ।यसवर्ष मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले खिचडी भोजको आयोजना हामीले गर्दै आएको युवा अभियन्ताहरू बताउँछन्। खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले आफूहरूले प्रत्येक वर्ष यो भोजको आयोजना गर्दै आएको उनीहरुले बताए । स्थानीय जानकी चोकका दुई दर्जन युवाहरूको समन्वयमा खिचडी भोजको आयोजना गरिएको हो । भोजमा…
काठमाडौं । नेकपा एमालेबाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री डा, भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्को गम्भीर आरोप लगाएका छन् । उनले ओलीले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गा पनि व्यक्तिलाई दिन सकिने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले रोकिदिएको सन्दर्भमा रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षण गर्न बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ? भनेर प्रश्न गरेका छन्। पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु…
सिन्धुपाल्चोक, १ माघ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए । यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास…
काठमाण्डौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि थप पहल गरिदिन आग्रह गरेकी छन् । आज ९मङ्गलबार० बिहान कतारका विदेश राज्यमन्त्री डा। मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँगको फोनवार्तामा परराष्ट्रमन्त्री देउवाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी हुन् । कुराकानीका क्रममा कतारका मन्त्री डा। खुलाइफीले हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि पहल गरिरहेको बताइएको छ । ७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी नेपाली विद्यार्थी विपिनलगायतलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । त्यसयता विपिनको बारेमा आधिकारिक कुनै खबर आएको छैन । उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले…
काठमाण्डौं । माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास शीतल निवासमा चियापान समारोह आयोजना गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न अपिल गरेका थिए। माघी पर्वका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित चियापानमा बोल्दै राष्ट्रपतिले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताएका हुन्। चियापान समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पनि सहभागी थिए। पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी पनि समारोहमा उपस्थित थिए। यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर…
काठमाण्डौं । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक ९ एसपी ० बरिष्ठ प्रहरी उपरीक्षक ९ एसएसपी ० मा बढुवा सिफारिस भएका छन् । यसअघि रिक्त पदमा बढुवाका लागि आन्तरिक रुपमा परीक्षा लिइएको थियो । परीक्षामा रमेश थापाले सबैभन्दा धेरै अङ्क ल्याएको समितिले जनाएको छ । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् । त्यस्तै एसपी अजय केसी दोस्रो र अनुपम शम्शेर जबरा तेस्रो नम्बरमा छन् । बढुवा हुने सबैले १०० पूर्णाङ्कमा ८१ भन्दा धेरै अङ्क ल्याएका छन् । त्यसपछि क्रमशः बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क