Author: Transparentgroup
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र ( बालेन ) शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यो अध्यादेश कार्यकर्ता पोस्नका लागि ल्याइएको आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेको कार्यकर्ताहरूलाई ।’ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै केही समय रोकेर राखेका थिए । पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ( १० ) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति कार्यालयले एक बिज्ञप्ती जारी गर्दै संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरे अनुसार विभिन्न चारवटा विधेयक यही सोमबार जारी गरेका थिए । तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्ययन गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार…
काठमाण्डौं । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर ( पहिलो वर्ग ) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने…
काठमाण्डौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य अरुण चौधरीविरुद्धको रिट खारेज गरेको छ । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता वशन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए । सो मुद्दाको निर्णय सुनाउन आज पेशी तोकिएको थियो । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो । सविधानको धारा ८७ ले संघीय संसदको सदस्य हुन चाहिने योग्यता तोकिदिएको छ । नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै संघीय कानूनले अयोग्य नभएको…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । आज जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी तिरेर उनी हिरासतबाट निस्किए । रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पुरा गरेर साँझ ७ बजे उनि थुनामुक्त भएका हुन् । यस अघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर ८४ दिन पछि गत बिहिबार साँझ पोखराबाट रिहा भएका थिए । स्वर्णलक्ष्मीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थियो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सो मुद्दाको सुनुवाइ भएको थियो । रविको पक्षमा पूर्व महान्यायाधीवक्ताद्धय रमण श्रेष्ठ र सुशील पन्त तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरेका थिए । जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिल खणिन्द्र कटुवालले जवाफी बहस र जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए । रवि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले पहिलेको कुरा नदोहोर्याउन आग्रह गर्दै आफ्नो कुरा राख्न पाँच मिनेटको समय दिएका थिए । जवाफी…
बाँके। पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । “चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ”, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, “चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।” चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान…
कैलाली । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी(२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ। धनगढीस्थित फाप्ला खेल मैदानमा बुधबार एपिएफले गण्डकी प्रदेशमाथि ८ विकेटको जित निकाल्यो। अघिल्लो दिन एपिएफले कर्णालीलाई १११ रनले हराएको थियो। यो एपीएफको दोस्रो जित हो । उद्घाटन खेलमा पिएफले कर्णालीलाई हराएको थियो । आज भएको दोस्रो दिनको खेलमा गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९।३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। एपिएफकी कप्तान इन्दू बर्माले २६ रन र रोमा थापा १४ रनमा नटआउट रहे। त्यसअघि राजमती ऐरी ८ रन र ममता चौधरी १४ रनमा आउट भएका थिए।…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो । ११ तले उक्त होटलमा कूल १०४ वटा कोठाहरु रहेका…
काठमाण्डौं । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल बनिरहेकी आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको हो । तर कार्यालयमा पुगेको प्रहरीसँग आशिका र उनका सहयोगीले गलफत्ती गरेका थिए । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका थिए । उनीहरूको दबाबबीच प्रहरीले पक्राउ गरेको हो । आशिकाले आफूलाई समाज सुधारक भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेकी थिइन् । आशिकाले पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीलाई मुख छाड्दै गालीगलौज गरेपछि कारबाहीको दबाब…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क