Author: Transparentgroup

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पक्षघातको उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्। उनले अमेरिकाबाट प्राप्त सहयोगमा संघीय र प्रदेश अस्पतालमार्फत यस्तो औषधी वितरण गरिने जानकारी दिए। पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले पक्षघातका कारण हरेक वर्ष झन्डै आठ सय जनाको ज्यान जाने गरेकाले औषधी उपलब्ध गराएर जीवन रक्षा गर्न सरकार कटिबद्ध रहेको सुनाए। उनले भने, ‘उपचार सम्भव भए पनि दुर्लभ र महँगो औषधी नपाउँदा धेरैले ज्यान गुमाएका छन्। यसलाई रोक्न सरकारले औषधी प्राप्त गरेर निःशुल्क वितरणको व्यवस्था मिलाएको छ।’ स्वास्थ्य मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघातको जोखिम उच्च…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिएका छन् । बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा रहेका मन्त्रीहरूलाई काम प्रभावकारी बनाउन सात बुँदे निर्देशन दिएको हो । सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्णरूपले मन्त्रालयको…

Read More

बिरगंज । बिरगंजमा जारी जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाईनल खेलमा त्रिभुवन आर्मीलाई २८ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी चुमेको हो । ुागर ढकालले ट र ललित राजबंशीले ४ बिकेट लिएपछि पुलिसलाई जित निकाल्न मद्धत मिलेको थियो । आर्मीलाई पुलिसले जितका लागि १०३ रनको सामान्य लक्ष्य दिएको थियो । तर, स्पिनलाई सहयोग गरेको पीचमा यो लक्ष्य आर्मीका लागि पहाड बन्यो । आर्मी २९दशमलव २ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो । चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन् । ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए…

Read More

म्याग्दी । म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतियोगिता गरिएको छ। बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर सङ्घको सहआयोजनामा बुधबार पुर्ख्यौली नाच प्रतियोगिता गरिएको हो। विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका–३ मुना पुर्ख्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका–८ को काफलडाँडा पुर्ख्यौली समूह द्वितीय हुन सफल भएका छन्। प्रतियोगितामा विजेता समूहलाई नगद ३५ हजार एक सय र उपविजेतालाई नगद २० हजार एक सयको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। प्रतियोगितामा सहभागी बिम पुर्ख्यौली समूह, ओखोरबोट पुर्ख्यौली समूह, निस्कोट पुर्ख्यौली समूह,…

Read More

काठमाण्डौं । बलिउड चर्चित अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेता खान माथि चक्कु प्रहार गरेका हुन् । बान्द्राको घरमै कलाकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ। उनी परिवारसहित घरमा सुतिरहेको समयमा एक व्यक्ति घरमा प्रवेश गरेका थिए। घरमा रहेका सहयोगीसँग झगडा परेपछि शैफ बचाउन गएका थिए। त्यसक्रममा दुई ती व्यक्तिले शैफमाथि चक्कु प्रहार गरेर भागेका थिए। शैफको हातमा, शरीरका विभिन्न ६ ठाउँमा चोट लागेको बताइएको छ। लिलावती अस्पतालका एक डाक्टरले शैफको हात, मेरूदण्ड र…

Read More

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुसँगको सामूहिक छलफल शुरु भएको छ । त्यसका लागि उनले बिहान ८ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएका छन् । बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरुलाई समेत बोलाइएको बुझिएको छ । सो बैठकमा मन्त्रीहरुले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुईरदुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो भने दोस्रो बैठक आज बस्दैछ । कांग्रेसबाट ओली सरकारमा १० मन्त्री…

Read More

काठमाण्डौं । लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ। सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल(थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्‍बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन्। छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिनेछ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने…

Read More

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । “उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, “आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।” “अहिले उत्पादन…

Read More

भद्रपुर । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी…

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ( इप्पान )  को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा सहभागि हुँदै घिसिङले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए । उनले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए । उनले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि…

Read More