Author: Transparentgroup
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश विरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत गुहारेको छ । मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सातै जना धरौटी बुझाएर रिहा भएका थिए । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले उच्चमा निवेदन दर्ता भएको जानकारी दिइन् । ‘जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएका हौँ,’ उनले भनिन्, ‘अब यो केस उच्चमा दर्ता भएको छ । सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई…
हुम्ला । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ । विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो । आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रुपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो । हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् । रासस
कास्की । जिल्ला अदालत कास्कीले सहकारी ठगीको आरोपमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न अनुमति दिएको हो । अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन। यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो। तर अदालतले अनुमति दिएको थिएन। अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी…
काठमाण्डौं । विपक्षी दलहरूले सरकालाई तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न आग्रह गरेका छन्हिन् । हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने विपक्षी दलको चेतावनी छ। शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले ५ बुँदे वक्तव्य सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कावा सभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, आजपाका सह–अध्यक्ष तिलक थापामगर र नेसपाका अध्यक्ष महेन्द्रराय यादवले सो विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् । उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए । शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । ‘संविधान संशोधन त प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’ विपक्षी दलहरू…
काठमाण्डौं । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ राजनीतिक दलहरुले कांग्रेस(एमाले नेतृत्वको वर्तमान गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको दाबी गरेका छन् । शक्रबार विपक्षी गठबन्धनमा रहेका दलहरुले संयुक्त वक्तव्य जारी गरेर सो दाबी गरेको हुन् । आ जपाका सहअध्यक्ष तिलक थापा मगर, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षरसहित जारी गरेको उक्त वक्तव्यमा अहिलेको सरकार बहुमतको दम्भमा एकपछि अर्को जनविरोधी कदम चाल्न उद्धत रहेको निश्कर्ष निकालिएको छ । विपक्षी दलहरुले सरकारले…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई(मधेस द्रुतमार्गको निरीक्षण गरेका छन्। त्यस क्रममा उहाँले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए। उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौं(ललितपुर(मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धनले सरकार चलाउने नैतिक आधार नै गुमाइसकेको बताएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ दलको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले राजीनामा दिँदा नै राम्रो हुने बताएका छन् । तर, अहिले नै आफूहरुले सरकार ढाल्ने भनेर नभनेको उनको स्पष्टीकरण छ । उनले आफूहरुले सरकारको गलत क्रियाकलापको निरन्तर प्रतिवाद गर्नेपनि जानकारी गराए । विपक्षी ७ दलीय गठबन्धनले सरकारविरुद्ध ६ बुँदे सयुक्त वक्तव्य जारी गरेका छन् । जारी वक्तव्यमा आजपाका सहअध्यक्ष तिलक थापा मगर, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,…
काठमाडौँ । एमालेबाट निष्कासित डा. भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् । राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृध्दिको झण्डा उठाअैां, मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरूद्ध जुटौं बिहीबार सामाजिक सञ्जालमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् । रावलले सार्वजनिक गरेको अवधारणापत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने रावलको भनाइ छ ।
काठमाण्डौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले आयोजना गरेको ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि सुरु हुँदैछ । त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त खेलमा ८ वटा विश्वविद्यालयले सहभागिता जनाउने भएका छन् । आज पत्रकार सम्मेलन गरी नेविसंघले ९ दिनसम्म चल्ने टि–२० क्रिकेट प्रतियोगिताले खेलकुदको भावना जगाउनेमात्रै नभएर जलवायु परिवर्तनको महत्त्वपूर्ण मुद्दालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ । नेविसंघका अनुुसार नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय टोलीहरूले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पुरस्कार राशी ३० लाख रुपैयाँ रहेको नेविसंघले जनाएको छ । विजयी टोलीलाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क