Author: Transparentgroup

काठमाडौं। आज ३५औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ। आज स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरूको योगदानको चर्चा गरिन्छ। वृद्धवृद्धाहरूको आकांक्षा, उनीहरूको सुरक्षा र अधिकारका विषयमा छलफल हुन्छन्। ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदैछन्। नेपाली सांस्कृतिक परम्परा र पारिवारिक मुल्यको एउटा मुख्य विशेषता बृद्धबृद्धालाई सम्मान गर्नु हो। ‘मातृदेवो भवस्, पितृ देवो…

Read More

भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुला गरिएको छ। हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ। सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती छ। राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ। एक अर्को किंवदन्ती अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरमा कुमारीको रूपमा प्रवेश…

Read More

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवं कानुनको प्रतिकूल हुने गरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे। हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरे। यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय…

Read More

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ…

Read More

काठमाण्डौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन्। संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो।’ सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घट्नाक्रमका बारेमा जानकारी गराएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ। नेपाली युवा पुस्ता ९जेन–जेड०ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए । नेपालको इतिहासमा…

Read More

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ । विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी आन्दोलन जारी रहेकै बेला आन्दोलनको पक्षमा राजनीतिक दलका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा लगातार लेखेका थिए । जहाँ कार्कीले ओली, देउवासहित नेताहरूलाई थुन्नुपर्ने र भाग्न दिन नहुने लगायत उल्लेख गरेका थिए । अहिले उनले गरेका पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने कतिपय वरिष्ठ कानुन व्यवसायी तथा सर्वसाधारणले समेत आन्दोलनमा पक्षधरता देखिएकाले उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् । यसैबीच मानवअधिकार एलाइन्सले मंगलबार अपिल जारी गर्दै…

Read More

काठमाडौँ । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ुयात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।ु साथै दसैँको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख…

Read More

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेका छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत हुन् । नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक…

Read More

काठमाण्डौं । आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरूको सुझाव छ । चिकित्सकहर मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफैंमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ । पुष्पाञ्जली अस्पतालका फिजिसियन डा। भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दशैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्या उल्लेख्य वृद्धि हुने बताउँछन् । उनले एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म…

Read More

काठमाडौँ । नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनाएको थियो । तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेका आदिल आलमले ४ विकेट लिएपछि जवाफमा आएको वेस्टइन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै शृंखला नै जित्न सफल भएको हो । नेपालले शनिबार भएको पहिलो…

Read More