Author: Transparentgroup

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको बुधबारको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।’ त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयन ल्याउन पनि समितिले निर्देशन दिएको छ । उद्योगमा अहिले पनि १२ घण्टासम्म लोडसेडिङ भएको भन्ने…

Read More

मोरङ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतले जानकारी दिएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ( ३ )  को देहाय ( ग )  बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ । गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको…

Read More

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उनले स्पष्ट पारे । यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी…

Read More

काठमाण्डौं । सशस्त्र प्रहरी बलको २४ औ. बार्षिकोत्सव समाराहेका अवसरमा प्रधानमन्त्री दैविक उद्धार कोषमा ५१ लाख ३९ हजार ४ सय २ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । बार्षिकोत्सव समारोहमा गृहमन्त्री रमेश लेखकलाई सशस्त्र प्रहरी महानिरीक्षक .राजु अर्यालले विपद्मा रहेका नागरिकहरुलाई राज्यद्वारा प्रदान गरिने राहत वितरण कार्यमा हातेमालो गर्न सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुबाट संकलित रकमको चेक हस्तान्तरण गर्नु भएको हो । समारोहमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज बिष्टलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ तथा यस वर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक…

Read More

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बललाई संयुक्त राष्ट्र संघ ९यूएन० को शान्ति मिसन थप गर्न पहल भइरहेको बताएका छन् । २४ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्रको प्रधान कार्यालय हल्चोकमा आयोजित बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री लेखकले शान्ति मिसनमा सशस्त्र प्रहरीको संख्या थप गर्नेबारे पहल भइरहेको बताए । उनले सशस्त्र प्रहरीले १६ वर्षमा अवकाश पाउने विषय कानुनमा समावेश गरिएको बताएका छन् । ‘अघिल्लो पटक मालीको शान्ति मिसनमा जान ठिक्क परेको सशस्त्र प्रहरी विविध कारण यूएनले मिसन कटौती गरेपछि रोकिएको थियो । यसबारे फेरि थप पहल भइरहेको छ । राष्ट्र संघका पदाधिकारीको भेटमा यसमा विषयमा मैले कुरा समेत उठाएको…

Read More

काठमाण्डौं । आईसीसी १९ वर्षमुनिको महिला टी(२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनको फराकिलो अन्तरले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ। अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै केवल ५६ रन मात्रै बनाउन सक्यो। नेपालका कप्तान पूजा महतोले सबैभन्दा बढी १८ रन बनाइन्, जबकि अन्य खेलाडीहरू दहोरो अंकमा पनि पुग्न सकेनन्। अस्ट्रेलियाका हसरत गिल, जुलिटी मोर्टन र लिली बेसिंगथवाइटले २र२ विकेट लिए। यसअघि, मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। अस्ट्रेलियाका काओइम्हे ब्रेले ४५ रन बनाइन्। नेपालका कप्तान पूजा…

Read More

बुटवल। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो । यो आदेशसँगै पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित् हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेश दिएको छ । आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र उनका कानून व्यवसायीको जिम्मा लगाएको हो । यद्धपी लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित् गराउन अदालतले भनेको छ । लामिछानेमाथि सुप्रिम सहकारी ठगीमा संलग्नताको आरोप छ । भोली सुरुमा सरकारी वकिलको तर्फबाट बहस…

Read More

बुटवल । रूपन्देही अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको बयान भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार भैरहवा पुगेका थिए । जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा रविको बयान भएको हो । आज लामिछानेको बयान सकिएको र भोलिदेखिमात्रै थुनछेक बहस हुने बताइएको छ । नारायण बहादुर पहराई समेतको जाहेरीले नेपाल सरकारवादी रहेको सो मुद्दामा रवि र रविना रिमालसमेत गरी २२ जना प्रतिवादी छन् । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ…

Read More

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन् । नेपाल क्रिकेट संघ ( क्यान ) ले लामिछानेलाई अनुशासनको कारवाही गर्दै एक खेलको प्रतिबन्ध लगाएको छ । जय ट्रफी एलिट कपका समय अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेबापत उनलाई अनुशासनको कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले उनलाई एक खेलका लागि प्रतिबन्ध लगाउँदै स्पष्टीकरण सोधेको जानकारी दिए। सन्दीपले सामाजिक सञ्जालमा लेखेको उक्त कुरा खेलाडीसँगको सम्झौताको २।७ मा उल्लेख गरिएको नियम विपरित रहेको प्रवक्ता लामाको भनाइ छ । उक्त कारवाहीपछि सन्दीपले अब क्यानले आयोजना गर्ने प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।

Read More

काठमाडौँ । पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गरी उक्त सम्मेलन हुन लागेको र सम्मेलनमा ल एसियाका सदस्य तथा गैरसदस्यहरुसमेत गरी ३६ बढी देशका तीन सय बढी प्रतिनिधिहरु सहभागी हुने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलनले एसिया क्षेत्रका कानुन व्यवसायीहरुबीच संवाद, सहकार्य गर्ने र त्यसका लागि सञ्जाल निर्माण गरी नेपालको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘ल एसिया’ एसिया प्रशान्त क्षेत्रका ३६ भन्दा बढी देशको कानुन व्यवसायी, न्यायाधीश, विज्ञ र कानुन व्यवसायीको पेसागत संस्थाहरूको…

Read More